menu bar

Saturday, June 6, 2015

अमेरिकाका प्रमुख उद्यमीले स्वीकार गरे, “येशू ख्रीष्ट मेरो मुक्तिदाता हुनुहुन्छ”



जर्मनीबाट अमेरिका बसाइँ सरेको एउटा परिवारमा ख्रीष्टाब्द १८४४ मा एक जना बालकको जन्म भयो हेन्री हेन्जको नाउँले चिनिने तिनले परिवारको आर्थिक सहायताको लागि किशोर अवस्थादेखि नै काम गर्न थालेका थिए बगैँचामा तरकारीहरू उमारी तिनलाई बेचेर तिनले परिवारको निम्ति आम्दानी गर्थे कलेजबाट दीक्षान्त समाप्त भएपछि बिहे गरेपछि तिनले एक जातको मुला बिक्री व्यवसाय गर्न थाले तर ख्रीष्टाब्द १८७५ मा देशको वित्तीय कम्पनी धराशायी भएपछि तिनको भर्खरै खोलिएको व्यवसाय टाट पल्टिन पुग्यो कम्पनीको ऋण तिर्न कानुनी रूपमा तिनी जवाफदेही नभए तापनि तिनको नैतिक नियमले गर्दा तिनल सबै ऋण चुक्दा गरिदिए  

ख्रीष्टाब्द १८८८ मा हेन्जले एच. जे. हेन्ज कम्पनी स्थापना गरे जसले विभिन्न किसिमका खाद्य सामग्रीहरू उत्पादन गथ्र्यो यही कम्पनीले तिनलाई अमेरिकाकै एक प्रमुख उद्यमीको रूपमा खडा गराइदियो

तिनी एक भक्त ख्रीष्टियान थिए आफ्ना कर्मचारीहरूलाई तिनले भद्रतापूर्वक व्यवहार गर्थे । आफ्नो इच्छापत्रको आरम्भमा तिनले लेखेका छन्, “यस इच्छापत्रको आरम्भमा नै सबैभन्दा महत्त्वपूर्ण कुरोको उल्लेख गर्न चाहन्छु त्यो होयेशू ख्रीष्ट मेरो मुक्तिदाता हुनुहुन्छ भन्ने मेरो विश्वास ”      

Leave Your Comments Here.