डाँडाको उपदेशमा प्रभु येशूले
पुरानो करारलाई मान्ने आफ्ना
यहूदी स्रोताहरूलाई भन्नुभयो,
“तिमीहरूले यसो भनेको
सुनेका छौ, ‘तिम्रो
छिमेकीलाई प्रेम गर, र
तिम्रो शत्रुलाई घृणा गर’”
(मत्ती ५:४३)
। परमेश्वर जो
प्रेम हुनुहुन्छ (१
यूहन्ना ४:१६)
के पुरानो करारमा
उहाँले आफ्ना शत्रुहरूलाई घृणा गर
भनेर आदेश दिनुभएको
हो त ? कदापि
होइन ।
आफ्ना
शत्रुहरूलाई घृणा गर
भनेर परमेश्वरले कहिल्यै
पनि आफ्ना मानिसहरूलाई आदेश
दिनुभएको छैन ।
यस्तो आदेश दिने
पद पुरानो करारमा
कहीँ पनि पाईंदैन
। यसको विपरीत
पुरानो करारको लेवीको पुस्तकमा
परमेश्वरले आफ्नो छिमेकीलाई आफैलाई
झैँ प्रेम गर
भन्ने आदेश दिनुभएको
छ (१९:१८)
। महानतम आज्ञाहरूमा
परमेश्वरलाई प्रेम गर्ने र
छिमेकीलाई आफैलाई झैँ प्रेम
गर्ने आज्ञाहरू पर्छन्
भनी येशू आफैले
पनि सिकाउनुभएको छ
(मत्ती २२:३४–४०) ।
त्यसो
भए मत्ती ५:४३ मा
येशूको भनाइको अर्थ के
हो त ? यस
पदमा उल्लिखित दुई
ओटा आज्ञामध्ये पहिलो
आज्ञा (छिमेकीलाई प्रेम गर)
पुरानो करारको हो (लेवी
१९:१८) भने
दोस्रो आज्ञा (शत्रुलाई घृणा
गर) फरिसीहरूको परम्पराबाट
उल्लेख गरिएको हो ।
परमेश्वरले छिमेकीलाई प्रेम गर
भन्ने आज्ञा दिनुभएकोले
शत्रुलाई घृणा गर्नुपर्छ
भनी फरिसीहरूले गलत
तरिकाले अर्थ खोले
। येशूले पुरानो
करारको वचनबाट उद्धृत गर्नुहुँदा
उहाँले भन्नुहुन्छ, “लेखिएको छ” (जस्तै: मत्ती
४:४,७,१०) ।
तर उहाँले यहाँ
त्यसो भन्नुभएको छैन
बरु उहाँले भन्नुभयो,
“तिमीहरूले यसो भनेको
सुनेका
छौ ... ।” यसको
अर्थ यहूदी परम्परा
हो जुन पुरानो
करारको व्यवस्थावरिपरि वृद्धि हुँदै आएको
थियो जसको खातिर
फरिसीहरूले परमेश्वरको वचनलाई बेकम्मा
तुल्याएका थिए (मत्ती
१५:३,६)
।
पुरानो
र नयाँ करार
दुवैमा परमेश्वरले आफ्नो छिमेकीलाई
प्रेम गर भन्ने
आज्ञा दिनुभएको छ
र कहिल्यै पनि
शत्रुलाई घृणा गर
भन्ने आज्ञा दिनुभएको
छैन ।