यो
वर्षौंअगिको कुरो हो
। रूसको राजधानी
मस्कोको कुनै एउटा
रङ्गशालामा एउटा नाटकको
आयोजना गरिएको थियो ।
उक्त नाटकको नाउँ
थियो: क्राइस्ट इन
अ
टुक्सेडो
। ख्रीष्टलाई अपमान
गर्ने हेतुले रचना
गरिएको यस नाटकमा
अलेक्ज्यान्डर रोस्तोसेभ नाउँका व्यक्तिले
ख्रीष्टको भूमिकालाई निर्वाह गर्नुपर्नेथियो
।
तिनको
भूमिकामा तिनले नयाँ करारमा
उल्लिखित डाँडाको उपदेश भनेर
चिनिने खण्डबाट दुई ओटा
पद पढ्नुपथ्र्यो; आफूले
लगाएको वस्त्र फुकाल्नुपथ्र्यो र
यसो भन्दै कराउनुपथ्र्यो,
“मेरो ज्याकेट र
टोपी दिनुस् ।”
तर जब तिनले
डाँडाको उपदेशबाट येशूका यी
वचनहरू पढ्न थाले,
“धन्य आत्मामा दीन
हुनेहरू, किनभने स्वर्गको राज्य
तिनीहरूको हो ।
धन्य शोक गर्नेहरू,
किनभने तिनीहरूले सान्त्वना पाउनेछन्”
तिनी काम्न थाले
। त्यसपछि नाटकको
लागि तयार पारिएको
लेखलाई पढ्नुको साटो तिनले
मत्ती पाँच अध्यायबाट
पढ्न जारी राखे
। तिनले आफ्ना
सङ्गी अभिनेताका खोकी,
फोन कललगायतका क्रियाकलापहरूलाई
तिनले बेवास्ता गरिदिए
।
अन्तत:
तिनले आफ्नो बाल्यावस्थामा
पढेको पदलाई स्मरण
गर्दै तिनी चिच्च्याए,
“हे येशू, तपाईं
आफ्नो राज्यमा आउनुहुँदा
मलाई सम्झनुहोस्” (लूका
२३:४२) ।
पर्दा खसालिनुअगि नै
अलेक्ज्यान्डरले येशूलाई आफ्नो मुक्तिदाताको
रूपमा स्वीकार गरिसकेका
थिए ।