बाइबल
परमेश्वरको वचन हो
भन्नाका लागि पुरा
भएका भविष्यवाणीहरू एउटा
दृढ साक्षी हो
। बाइबलमा हामी
अचुक रूपमा पुरा
भएका कैयौँ भविष्यवाणीहरू
पाउँछौँ । एक
जना बाइबल विद्वान्ले
बाइबलमा १,८१७
ओटा भविष्यवाणीको सूची
दिएका छन् जसमध्ये
पुरानो करारमा १,२३९
र नयाँ करारमा
५७८ ओटा छन्
। बाइबलीय भविष्यवाणीको
समाप्तिको अध्ययनले परमेश्वर मानवीय
इतिहासको नियन्त्रक हुनुहुन्छ भनी
दृढतापूर्वक पुष्टि गर्छ ।
भविष्यको बारेमा सविस्तार ढङ्गमा
परमेश्वरबाहेक कसैले बताउन सक्दैन
। न शैतान,
न त त्यसका
दूतहरूलाई भविष्यको विषयमा ज्ञान
छ । बाइबलका
भविष्यवाणीहरू अस्पष्ट अनुमान वा
अडकलहरू होइनन् । यी
त मानवीय अनिश्चितताका
घटनाहरूसँग सम्बन्धित छन् जसको
विषयमा साधारणतया भविष्यवाणी गर्न
पनि सकिँदैन ।
इतिहासमा पुरा भएका
अनगिन्ती भविष्यवाणीहरूमध्ये यहाँ हामी
दस ओटा भविष्यवाणीलाई
ध्यान दिनेछौँ ।
१. फारसका राजा
कोरेसले
यहूदीहरूलाई
आफ्नो भूमिमा फर्केर जाने
अनुमति
दिनेथिए
।
यशैया
अगमवक्ताले लेखे, “जसले कोरेसका
बारेमा भन्छ, ‘त्यो मेरो
गोठाला हो, र
मेरो सबै इच्छा
त्यसले पूरा गर्नेछ
। यरूशलेमको बारेमा
त्यसले यसो भन्नेछ,
‘त्यो फेरि बनाइयोस्’,
र मन्दिरको बारेमा
चाहिँ, ‘यसको जग
बसालिओस् ।’ परमप्रभुले
आफ्नो अभिषिक्त कोरेसलाई
यही भन्नुहुन्छ, जाति–जातिहरूलाई पराजित गर्न,
राजाहरूलाई हातहतियाररहित तुल्याउन, त्यसको सामुन्ने
ढोकाहरू खोल्न, र मूल
ढोकाहरू बन्द हुन
नदिन म त्यसको
दाहिने हात समात्छु”
(४४:२८–४५:१) ।
कोरेसको जन्मभन्दा करिब १५०
वर्षअगि गरिएको यो भविष्यवाणी
बाइबलका ज्यादै विशिष्ट भविष्यवाणीहरूमध्ये
एक हो ।
यशैया अगमवक्ता ७४०–६९० ख्रीष्टपूर्वमा
बाँचेका थिए ।
करिब ५३८ ख्रीष्टपूर्वमा
कोरेसले निर्वासित यहूदीहरूलाई आफ्नो
भूमि इस्राएलमा फर्कने
अनुमति दिएर यस
भविष्यवाणीलाई नजानिदो किसिमले पुरा
गरेका थिए (एज्रा
१:१–४)
।
२. यरीहोको
पुनर्निर्माणमा
त्यसको
जग
बसाल्दा
पुनर्निर्माण
गर्नेको
जेठो
छोरो
मर्नेथियो
।
यरीहो
सहरलाई विनाश गरेपछि यहोशूले
इस्राएलीहरूलाई शपथ खुवाएर
भने, “जो यो
यरीहो सहर बनाउन
खडा हुन्छ ... त्यसको
जग बसाल्दा त्यसको
जेठो छोरो मर्नेछ”
(यहोशू ६:२६)
। करिब १,४५१ मा
यहोशूद्वारा गरिएको यो भविष्यवाणी
बेथेलका हीएलको समयमा आएर
पुरा भयो भनी
बाइबलले बताउँछ (१ राजा
१६:३४) ।
यो घटना करिब
९२५ ख्रीष्टपूर्वमा भएको
थियो । यसरी
यहोशूले भविष्यवाणी गरेको करिब
५०० वर्षपछि यो
भविष्यवाणी अक्षरश: पुरा भयो
।
३. विश्व
साम्राज्यहरू
(बेबिलोन,
मादी–फारस,
ग्रिस
र
रोम)
क्रमैसँग
देखा
पर्नेथिए
।
दानिएल
दुई अध्यायमा बेबिलोनी
राजा नबूकदनेसरले देखेको
सपनाको अर्थ दानिएलले
यसरी खोलेका छन्,
“... हजूर नै त्यो
सुनको टाउको हुनुहुन्छ
। हजूरपछि, हजूरको
भन्दा अलि कमजोर
राज्य खडा हुनेछ
। त्यसपछि काँसाको
तेस्रो राज्यले सारा पृथ्वीमाथि
अधिकार जमाउनेछ । अन्त्यमा,
फलामजस्तै बलियो चौथो राज्य
आउनेछ, किनभने फलामले सबै
थोक चकनाचूर पारिदिएझैँ
त्यसले अरू सबैलाई
तोडफोड गरी तितरबितर
पार्नेछ” (पदहरू ३८–४०)
। यस
भविष्यवाणीमा चार ओटा
विश्व साम्राज्यलाई दानिएलले
साङ्केतिक ढङ्गमा उल्लेख गरेका
छन् । बेबिलोन
(६०५–५३९ ख्रीष्टपूर्व),
मादी–फारस (५३९–३३१ ख्रीष्टपूर्व),
ग्रिस (३३१–६३
ख्रीष्टपूर्व) र रोम
(६३ ख्रीष्टपूर्व उप्रान्त)
गरी चार विश्व
साम्राज्यको अनुक्रमणलाई दानिएलले यहाँ
भविष्यवाणी गरेका छन् ।
विश्वको इतिहास पढ्ने जोसुकैलाई
पनि यस अनुक्रमणको
बारेमा ज्ञान छ । दानिएलले करिब ५३०
ख्रीष्टपूर्वमा यो भविष्यवाणी
गरेका थिए ।
दानिएलले भनेजस्तै अनुगामी इतिहासमा
यो भविष्यवाणी पुरा
भयो ।
४. एदोम
सदाको
लागि
उजाड
हुनेथियो
।
मृत
सागरको पूर्वमा अवस्थित एदोम
मानवीय दृष्टिकोणबाट दुर्जेय देखिए तापनि
अगमवक्ताको भनाइअनुसार यो एक
पटक पतन भएपछि
सदाको लागि उजाड
हुनेथियो (यर्मिया ४९:१६–१७) ।
यर्मियाले यो भविष्यवाणी
करिब ६२७–५८६
ख्रीष्टपूर्वको बिचमा गरेका थिए
। ख्रीष्टाब्द ७०
मा भएको यरूशलेमको
पतनसँगै एदोमीहरूले छुट्टै जातिय
समूहको रूपमा आफ्नो अस्तित्व
गुमाए । पछि
ख्रीष्टाब्द ६३६ मा
यो भूमि मुस्लिमहरूद्वारा
कब्जा गरिए अनि
यो उजाड–स्थानमा
परिणत भयो ।
५. रानी
ईजेबेलको
मासु
कुकुरहरूले
खानेथिए
।
उत्तरी
राज्य इस्राएलका राजा
आहाबकी दुष्ट पत्नी थिइन्
ईजेबेल । उनको
दुष्टताको कारणले करिब ८५५
ख्रीष्टपूर्वमा एलिया अगमवक्ताले उनको
पतनको विषयमा यसो
भन्दै भविष्यवाणी गरे,
“यिजरेलको पर्खालनेर ईजेबेललाई कुकुरहरूले
खानेछन्” (१ राजा
२१:२३) ।
यस भविष्यवाणीको केही
दसक बित्न नपाउँदै
ख्रीष्टाब्द ८४१ मा
अगमवक्ताको भनाइमुताबिक ईजेबेलको मासु
कुकुरहरूले खाए (२
राजा ९:३६)
।
६. यहूदीहरू
बेबिलोनीहरूद्वारा
निर्वासनमा
लगिनेथिए
।
यहूदीहरूलाई
बेबिलोनीहरूले निर्वासनमा लैजानेथिए भनी
लगभग ७०१ ख्रीष्टपूर्वमा
यशैया अगमवक्ताले भविष्यवाणी
गरेका थिए (यशैया
३९:५–७)
। यहूदीहरू ६०५,
५९७ र ५८६
ख्रीष्टपूर्वमा गरी तिन
पटक बेबिलोनहरूद्वारा टाढाको
देश बेबिलोनमा निर्वासनमा
लगिँदा यशैयाको भविष्यवाणी पुरा
भएको थियो ।
अन्तिम पटकको आक्रमणमा अर्थात्
५८६ मा बेबिलोनीहरूले
यरूशलेम र त्यहाँस्थित
मन्दिरलाई ध्वस्त बनाइदिएका थिए
।
७. प्राचीन
टुरोस
सहर
फेरि
कहिल्यै
निर्मित
हुनेछैन
।
५८६
ख्रीष्टपूर्वमा इजकिएल अगमवक्ताले टुरोस
सहरको स्थायी विनाशबारे
भविष्यवाणी गरे, “तँ फेरि
कहिल्यै निर्मित हुनेछैनस्, किनभने
म परमप्रभुले नै
यो भनेको हुँ,
परमप्रभु यसो भन्नुहुन्छ”
(२६:१४) ।
अगमवक्ताको समयबाट आज हामीले
झण्डै २,५००
सय वर्ष बिताइसकेका
छौँ र तिनले
भनेजस्तै आज यो
प्राचीन टुरोस सहर निर्मित
भएको छैन ।
यो सहरको मुख्य
भूभाग आज भूमध्य
सागरमुनि छ ।
८. मादी–फारसीहरूले
बेबिलोनीहरूलाई
पराजित
गर्नेथिए
।
करिब
७३२ ख्रीष्टपूर्वमा बेबिलोनको
पतनभन्दा कैयौँ वर्षअगि बेबिलोन
मादीहरूका हातमा पर्नेथियो भनी
यशैया अगमवक्ताले भविष्यवाणी
गरे, “हेर, म
मादीहरूलाई तिनीहरूका विरुद्धमा उठाउनेछु,
...” (यशैया १३:१७–१८) ।
५३९ ख्रीष्टपूर्वमा बेबिलोन
फारसका राजा कोरेसको
हातमा पर्दा यशैयाको
भविष्यवाणी जस्ताको तस्तै पुरा
भएको थियो ।
९. प्राचीन
संसारको
निनवे
सहर
पूर्णत:
विनाश
हुनेथियो
।
निनवेको
पूर्ण विनाशको सम्बन्धमा
६४१–६१२ ख्रीष्टपूर्वको
बिचमा सेवा गरेका
सपन्याह अगमवक्ताले प्रस्ट रूपमा
भविष्यवाणी गरे, “उहाँले निनवेलाई
पूर्ण रूपमा उजाड
र मरुभूमिजस्तो सुक्खा
तुल्याउनुहुनेछ । ... त्यो कस्तो
भग्नावशेष भयो, वन–पशुहरूको ओडार” (२:१३,१५)
। दुर्जय निनवे
पतन हुनेथियो र
यसको कहिल्यै पुनर्निर्माण
हुनेथिएन भन्ने सपन्याहको भविष्यवाणीलाई
इतिहासले पुरा गरिदिएको
छ । निनवेको
पतनपश्चात् यो इतिहासबाट
पूर्ण रूपमा गायब
भयो । ख्रीष्टाब्द
१८४२ बाट फ्रान्सेली
बोट्टा र अङ्ग्रेजद्वय
लेयार्ड र रलिन्सोनले
यस क्षेत्रको उत्खनन
गरे र एक
पटकको गौरवपूर्ण यस
सहरका भग्नावशेषहरू पत्ता
लगाए ।
१०. इस्राएलीहरू
जाति–जातिहरूका
बिचमा
छरपष्ट
हुनेथिए
।
मोशाले
बताएअनुसार इस्राएलीहरूको पापको परिणामस्वरूप तिनीहरू
संसारको चारै कुनामा
छरपष्ट हुनेथिए, “जसरी परमप्रभुले
खुसीसाथ तिमीहरूको भलाइ र
वृद्धि गर्नुभयो, त्यसरी नै
तिमीहरूलाई खुसीसाथ ध्वंस र
विनाश गर्नुहुनेछ ।
अनि तिमीहरूले अधिकार
गर्नलाई पस्न लागको
देशबाट तिमीहरू उखेलिने छौ
। तब पृथ्वीका
एक छेउदेखि अर्को
छेउसम्म विभिन्न जातिका बीचमा
परमप्रभुले तिमीहरूलाई तितरबितर पार्नुहुनेछ
। त्यहाँ तिमीहरू
र तिमीहरूका पूर्खाहरूले
नजानेका काठ र
ढुङ्गाका अन्य देवताहरू
तिमीहरूले पुज्नेछौ” (व्यवस्था २८:६३–६४)
। मोशाले यो
पुस्तकलाई करिब १४४०
ख्रीष्टपूर्वमा मा लेखेका
थिए । यस
भविष्यवाणीमा भएको सार्थक
पक्ष भनेको तिनीहरू
“विभिन्न जातिका बीचमा” छरपष्ट
हुनेथिए भनी बताइनु
हो । इस्राएलले
मसीहलाई इन्कार गरेपछि ख्रीष्टाब्द
७० मा पुनर्निर्मित
यरूशलेमको मन्दिर नष्ट गरियो
अनि इस्राएलीहरू चारैतिर
तितरबितर भए ।
पृथ्वीको एक छेउदेखि
अर्को छेउसम्म विभिन्न
जातिका बिचमा भएको इस्राएलको
तितरबितरले झण्डै १९०० वर्षसम्म
निरन्तरता पायो ।
यी
भविष्यवाणीहरू संयोगवश पूरा हुने
सम्भावना यथार्थत: शून्य छ
। यीसाथै अन्य
अनगिन्ती भविष्यवाणीहरू पुरा हुनुको
कारण परमेश्वरले ती
प्रत्येक लेखकलाई ईश्वरीय प्रेरणा
दिनुभएको थियो भनी
तार्किक निष्कर्ष निकाल्नुबाहेक अर्को
विकल्प छैन ।
बाइबलको ईश्वरीय प्रेरणाको लागि
योभन्दा दृढतर प्रमाण के
हुन सक्छ र
? भविष्यको विषयमा उहाँले सयौँ
कुराहरू बोल्नुभयो अनि उहाँले
भन्नुभएजस्तै गरी ती
एकपछि अर्को गर्दै
पुरा हुन आए
।