menu bar

Tuesday, June 16, 2015

क्रूर राष्ट्रपति अमिनका पाँच जना गोप्य प्रहरीले येशूमाथि विश्वास गरे



पूर्वी अफ्रिकी मुलुक युगान्डाका तेस्रो राष्ट्रपति इदी अमिन दुष्ट भ्रष्ट थिए तिनको शासनकालमा युगान्डा त्रस्त थियो

त्यही देशमा केफा सेम्पाङ्गी नाउँका एक जना जवान पास्टर प्रभुको सेवा गरिरहेका थिए ख्रीष्टियान भएकै कारणले एक जना मानिसलाई अमिनका सिपाहीहरूले क्रूरतापूर्वक पिटेर हत्या गरेको पास्टरलाई राम्ररी थाहा थियो तर ती जवान पास्टर साहसिला निर्भीक थिए

ख्रीष्टाब्द १९७३ को इस्टर कार्यक्रममा पास्टर सेपाङ्गीले ,००० जना मानिस अटाउने फुटबल रङ्गशालामा पुनरुत्थान हुनुभएका प्रभु येशूको विषयमा खुलमखुला साहसपूर्वक प्रचार गरे कार्यक्रम सकिएपछि अमिनका पाँच जना गोप्य बन्दुकधारी प्रहरीले पास्टरको पिछा गरे तिनीहरू पास्टरको चर्चसम्म पुगे चर्चभित्र प्रवेश गरेपछि तिनीहरूले ढोका बन्द गरी पास्टरलाई केरकार गर्न थाले पाँच ओटा बन्दुक पास्टरको अनुहारमा तेर्साइए कप्तनाले भने, “तपाईंले अमिनको आज्ञालाई उल्लङ्घन गर्नुभएकोले हामी तपाईंलाई मारिदिन्छौँ तपाईंलाई केही कुरो भन्नुछ भने मर्नुभन्दा अगावै भन्नुस्

आफ्नी प्यारी पत्नी सानी छोरीको सम्झना गर्दै पास्टर सेम्पाङ्गी काम्न थाले तर तिनको ह्दयमा बास गर्नुभएका प्रभुले तिनलाई यसो भन्ने उत्साह दिनुभयो, “तपाईंहरूले जे गर्नुपर्छ त्यही गर्नुस् परमेश्वरको वचनले भन्छ कि ख्रीष्टमा पहिले नै मरिसकेको छु मेरो वास्तविक जीवन उहाँसँगै परमेश्वरमा लुकेको खतरामा परेको जीवन मेरो होइन बरु तपाईंहरूको हो पुनरुत्थान हुनुभएका प्रभुमा जीवित छु तर तपाईंहरू आफ्ना पापमा अझै मरिरहनुभएको परमेश्वरले तपाईंहरूलाई अनन्त विनाशबाट बचाउनुभएको होस्

अगुवाले सेम्पाङ्गीलाई लामो समयसम्म हेरिरहे त्यसपछि आफ्नो बन्दुकलाई तल झार्दै तिनले भने, “के तपाईं हाम्रा लागि प्रार्थना गरिदिनुहुन्छ ?” पास्टरले तिनीहरूका निम्ति प्रार्थना गरिदिए अनि तिनको साहस देखेर ती पाँचै जना गोप्य प्रहरीले येशूमाथि विश्वास गरे ती पाँच जना केवल विश्वासी मात्र भएनन् तर पास्टरको रक्षक पनि बने

Leave Your Comments Here.