menu bar

Wednesday, June 10, 2015

टाइटाइनिक दुर्घटनामा येशूलाई पाउन सफल जवान मानिसको गवाही



,५०० भन्दा बेसी मानिसहरूको ज्यान जाने गरी १४ अप्रिल १९१२ मा भएको भयानक टाइटानिक दुर्घटनामा परमेश्वरले गर्नुभएका केही अद्भूत कार्यहरूमध्ये एउटा होइङ्गल्यान्डका पास्टर जोन हार्परको सुसमाचारद्वारा स्कटल्यान्डका एक जना जवान मानिसले प्रभु येशूमाथि विश्वास गरेका थिए  

टाइटानिक दुर्घटनाको चार वर्षपछि क्यानडाको हामिल्टन सहरमा एउटा बैठकको आयोजना गरिएको थियो स्कटल्यान्डका एक जना जवान मानिस खडा भए तिनले भने, “ टाइटानिक दुर्घटनाबाट बाँच्ने व्यक्ति हुँ त्यस डरलाग्दो रातमा जब एकलै जहाजको मस्तुलमा भएको खम्बामा समातेर डुब्दै थिएँ पानीको प्रवाहले जोन हार्परलाई मेरो नजिकै ल्यायो उहाँले भन्नुभयो, ‘जवान मानिस, के तपाईं बाँच्नुभएको ?’

मैले जवाफ फर्काएँ, ‘अहँ, बाँचेको छैनँ

उहाँले भन्नुभयो, ‘प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस् अनि तपाईं बाँच्नुहुनेछ

पानीको प्रवाहले उहाँलाई फेरि पर लग्यो तर छक्क पार्ने कुरो के हो भने फेरि एकैछिनपछि पानीको धारले उहाँलाई त्यहीँ ल्याइपुर्यायो उहाँले भन्नुभयो, ‘के अहिले तपाईं बाँच्नुभएको ?’

बाँचेको छु भनी इमान्दारीसाथ भन्न सक्दिनँ’, मैले जवाफ फर्काएँ

उहाँले पुन: भन्नुभयो, ‘प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस् अनि तपाईं बाँच्नुहुनेछ उहाँ प्रस्थान गर्नुभएको केही समयपछि पानीको महासागरमा त्यस भयभीत रातमा मैले येशूमाथि विश्वास गरेँ उहाँले विश्वासमा डोर्याएकाहरूमध्ये अन्तिम व्यक्ति हुँ


  

Leave Your Comments Here.