menu bar

Saturday, June 13, 2015

किशोर अवस्थामा नास्तिक बनेका मार्भिनले ख्रीष्टियान बनेपछि जीवनमा उद्देश्य फेला पारे



१२ जुन १९५० मा अमेरिकामा जन्मेका मार्भिन ओलास्की किशोर अवस्थामा नास्तिक बनेका थिए कलेजमा माक्र्सवादको शिष्य बनी ख्रीष्टाब्द १९७२ मा तिनी कम्युनिस्ट पार्टी युएसएमा लागे त्यही समयतिर तिनले बिहे गरे; सम्बन्धविच्छेद गरे तिनको आफ्नै स्वीकारमा तिनले दस आज्ञाकोहत्या नगर्नूभन्ने आज्ञासिवाय हरेक आज्ञाको उल्लङ्घन गरे अनैतिकताले भरिएको जीवन जिएका मार्भिन बिस्तारै माक्र्सवादबाट वाक्क हुन थाले तिनलाई माक्र्सवादी अवधारणाहरू चरम लाग्न थाले त्यहाँ जे पनि गर्न मिल्ने भो भन्ने तिनको बुझाइ थियो तसर्थ, जीवनको उद्देश्य तिनले त्यस वादमा भेट्टाउन सकेनन् अन्तत: तिनले कम्युनिस्ट पार्टीलाई त्यागिदिए

जीवनमा उद्देश्य खोजी हिँडेका मार्भिनले बाइबलको नयाँ करारका अतिरिक्त ख्रीष्टियानहरूले लेखेका अन्य मनग्गे पुस्तकहरू पढे तिनले खोजेका शान्ति उद्देश्य तिनले बाइबलको पानामा फेला पारे ख्रीष्टाब्द १९७६ मा तिनी ख्रीष्टियान बने

हाल तिनी अमेरिकामा प्रकाशित हुने वल्र्ड नामक परिचित पत्रिकाको प्रधान सम्पादक हुन् जुन पत्रिका ख्रीष्टियान विश्वासको फैलावटमा समर्पित तिनी बिस ओटाभन्दा बेसी कृतिका लेखक हुन्

नास्किवादसाथै माक्र्सवादलाई त्यागी ख्रीष्टियान विश्वासलाई अङ्गालेका मार्भिनले के हात पारे ? यस ब्लगरको विश्लेषणमा मनग्गे प्राप्तिहरूका अतिरिक्त एउटा सफल जीवन जुन तिनले कहिल्यै प्राप्त गर्न सक्दैनथ्ये   

   

Leave Your Comments Here.