ख्रीष्टाब्द
१८१७ मा अमेरिकामा
स्थापित हार्वड ल
स्कुलमा कानुनका
एक जना बौद्धिक
प्राध्यापकले पढाउँदै थिए ।
पढाउने क्रममा तिनले आफ्ना
विद्यार्थीहरूलाई भन्दै थिए कि
येशूको पुनरुत्थान केवल मिथ्या
हो । तिनी
नास्तिक भएकाले तिनले आश्चर्यकर्ममाथि
विश्वास गर्दैनथ्ये । तर
तिनका तिन जना
विद्यार्थीहरूले तिनको भनाइको खण्डन
गर्दै साक्षीबारे तिनका
प्रशंसित नियमहरूलाई येशूको पुनरुत्थानमा
लागु गर्न चुनौती
दिए ।
त्यसबारे
निकै मनन गरेपछि
तिनले चुनौतीलाई आत्मसात्
गरे र तिनी
अनुसन्धानको लागि अगाडि
बढे । इतिहासको
सत्यताको विषयमा आफूसित भएको
उत्कृष्ट समझको प्रयोग गरी
येशूको पुनरुत्थानको विवरण झुटो हो
भनी प्रमाणित गर्ने
कोसिस गरे तिनले
।
तर
तिनले ऐतिहासिक अभिलेखलाई
जति धेरै अनुसन्धान
गरे येशू वास्तवमै
चिहानबाट बौरी उठ्नुभएको
थियो भन्ने मजबुत
साक्षी देखेर तिनी त्यति
नै धेरै चकित
परे । मानवीय
इतिहासको मार्गलाई नै बदल्ने
घटनाले तिनको सन्देहवादलाई चुनौती
दिँदै थियो ।
येशूको
मृत्युपछि देखा परेका
नाटकीय परिवर्तनहरूलाई व्याख्या गर्न तिनी
असक्षम भएका थिए
। चेलाहरूको व्यवहारमा
आएको परिवर्तनले तिनलाई
छक्क पारेको थियो
। एक वा
दुई जनाले मात्र
नभई सबै चेलाले
येशू बौरी उठ्नुभयो
भनी दाबी गर्दै
थिए । सत्यताको
निम्ति साक्षीका आफ्नै नियमहरूलाई
प्रयोग गरी तिनी
निर्णयमा पुगे— क्रूसारोहणपश्चात् देखा
परेको दृश्यको लागि
उहाँको पुनरुत्थान नै सबैभन्दा
उत्कृष्ट व्याख्या हो ।
तिनी
आफूले बटुलेका साक्षीहरूबाट
यति विश्वस्त बने
कि तिनले आफ्नो
जीवन येशूमा सुम्पे
अर्थात् तिनी पक्का
ख्रीष्टियान बने ।
आफूले जम्मा पारेका
सामग्रीहरूबाट तिनले येशूको पुनरुत्थानको
पक्षमा एउटा गतिलो
पुस्तक लेखे: द टेस्टिमुनी
अफ
द
इभान्जलिस्टस्
। यस पुस्तकको
अन्त्यमा तिनले येशूको पुनरुत्थानबारे
भएको सत्यतालाई खोजी
गर्नेहरूलाई निष्पक्ष रूपमा त्यसको
जाँच गर्ने चुनौती
दिएका छन् ।
तिनी विश्वास गर्छन्
कि पूर्वाग्रही नभईकन
उपलब्ध साक्षीलाई इमान्दारीपूर्वक जाँच
गर्ने व्यक्ति उही
निष्कर्षमा पुग्छ जुन निष्कर्षमा
तिनी पुगेका थिए—
येशू वास्तवमै बौरी
उठ्नुभयो ।
अठारौँ
शताब्दीको उत्तराद्र्धमा जन्मेका ती प्राध्यापकको
नाउँ हो, सिमोन ग्रिनलिफ
जसले अ ट्रिटिज
अन
द
ल
अफ
एभिडेन्स
नामक तिन ठेलीको
कानुनसम्बन्धी सर्वोत्कृष्ट कृतिको रचना गरेका
छन् ।