प्रशान्त
महासागरको दक्षिणी क्षेत्रमा पर्ने
एउटा मुलुकको नाउँ
हो, फिजी ।
यो एउटा टापु
हो । कुनै
समय यस ठाउँमा
मान्छेको मासु खाने
आदिवासीहरू बस्दथे जो निकै
हिंसक थिए ।
उन्नाइसौँ
शताब्दीको पूर्वाद्र्धमा इङ्गल्यान्डमा जन्मेका जेम्स कल्भर्ट
ख्रीष्टाब्द १८३८ मा
ती डरलाग्दा आदिवासीहरूलाई
सुसमाचार सुनाउन फिजी गए
। जहाजका कप्तानले
यसो भन्दै ती
मिसनरीलाई घर फर्काउने
चेष्टा गरे, “त्यस्तो जङ्गली
जातिको बिचमा जानुभयो भने
तपाईं र तपाईंसित
जानेहरूले जीवन गुमाउनुहुनेछ
।” तर जेम्सले
जवाफ दिए, “यहाँ
आउनुभन्दा अगि नै
हामी मरिसक्यौँ ।”
कप्तानको
चेताउनीलाई पर्वाह नगरी जेम्स
फिजी गए र
त्यहाँ तिनले १८ वर्ष
बिताए । तिनले
अद्भूत सफलता हासिल गरे
। तिनको सेवा–कार्यद्वारा फिजीका तत्कालीन
राजा थाकोम्बुले पनि
येशूमाथि विश्वास गरे ।
सीआईए
वल्र्ड
फ्याक्टबुकअनुसार त्यहाँका ६४
प्रतिशतभन्दा बेसी मानिसहरूले
ख्रीष्टियान विश्वासलाई अङ्गाल्दछन् ।
ख्रीष्ट येशूको सुसमाचारको परिणामस्वरूप
आज तिनीहरू जङ्गली
जातिबाट सभ्य जातिको
रूपमा बामे सर्दै
छन् ।