थाइल्यान्डको
उत्तरपूर्वमा अवस्थित एउटा प्रान्तको
नाउँ हो, कालासिन
। कृषिको लागि
यो उर्बरायुक्त क्षेत्र
हो । सामान्य
वृष्टि हुँदा यहाँ वर्षेनी
दुई पटक धानको
कटनी गरिन्छ ।
तर ख्रीष्टाब्द १९९४
मा यहाँ खडेरी
पर्यो
।
लुन
पुबुआनक एक जना
स्थानीय मिसनरीको नाउँ हो
जसले कालासिन प्रान्तको
एउटा गाउँमा प्रभुको
सेवा गरिरहेका थिए
। एक दिन
आइतबार तिनीहरूले आराधना सेवा
गरिरहँदा गाउँका स्थानीय अगुवाहरू
आएर सेवालाई बिथोलिदिए
। तीमध्येको एक
जना अगुवाले भने,
“यदि तपाईंले आफ्नो
परमेश्वरलाई वृष्टिको लागि बिन्ती
चढाउनुभयो र उहाँले
हामीलाई वृष्टि दिनुभयो भने
हाम्रा सबै मानिसहरूले
तपाईंको परमेश्वरलाई पुज्नेछन् र
हामी सबै नै
ख्रीष्टियान हुनेछौँ ।” तिनीहरूको
भनाइप्रति लुनलाई सुरुमा त
विश्वास लागेन । त्यसैले
तिनले भने, “तपाईं
जीवित परमेश्वरसित ठट्टा
गर्न सक्नुहुन्न ।”
तर
अगुवाचाहिँले कसम खाँदै
भने, “यदि हामीले
आफ्नो प्रतिज्ञा पुरा
गरेनौँ भने परमेश्वरले
हामीमाथि न्याय ल्याउनुभएको होस्
।”
त्यसपछि
ख्रीष्टियानहरूले तुरुन्तै उपवास र
प्रार्थनामा समय बिताउन
थाले । परमेश्वरले
तिनीहरूको प्रार्थनाको जवाफ दिनुभयो
। चौथो दिनमा
बेसरी पानी पर्यो
।
पानी
यति धेरै परेको
थियो कि गाउँलेहरूले
येशू नै साँचो
र जीवित परमेश्वर
हुनुहुन्छ भनी स्वीकार
गरे । गाउँमा
भएका सबै १३४
परिवार नै ख्रीष्टियान
बने र त्यो
खबर वनको डढेलोझैँ
वरिपरिका जिल्लाहरूमा फैलियो ।