menu bar

Friday, July 31, 2015

ख्रीष्टियान मिसनरीको विरुद्धमा लेख्न तम्सिएका लेखक आफै नै ख्रीष्टको अनुयायी बने



हडसन टेलर जिनिअस हुन् हाल ओभरसिज मिसनरी फेलोसिप भनेर चिनिने चाइना इनल्यान्ड मिसनका संस्थापक हुन् टेलर जसले हाम्रो छिमेकी मुलुक चीनमा ५१ वर्ष बिताए उन्नाइसौँ शताब्दीको पूर्वाद्धमा इङ्गल्यान्डमा जन्मेका टेलरद्वारा स्थापित संस्था हजारौँ मानिसहरू प्रभु येशूमा आउने माध्यम बनेको

वर्षौंअगिको कुरो हो चीनको साम्यवादी सरकारले एक जना लेखकलाई हडसन टेलरको जीवनी लेख्ने आज्ञा दिए जसमा लेखकले सत्यतालाई बङ्ग्याई टेलरलाई खराब पात्रको रूपमा प्रस्तुत गर्नुपथ्र्यो सुसमाचारको निम्ति समर्पित यी मिसनरीको नाउँलाई तिनीहरूले अपमान गर्न चाहेका थिए लेखकले अनुसन्धान गर्दै जाँदा टेलरको स्वच्छ चरित्र भक्त जीवनदेखि तिनी यति प्रभावित भए कि आफ्नो मिसनलाई निरन्तरता दिन तिनलाई निकै गार्हो भयो तिनी आफ्नो विवेकमा बेइमान हुन सकेनन् अन्ततोगत्वा, आफ्नो जीवनै जाने खतरा मोलेर तिनले आफ्नो कलमलाई पाखा लगाए; नास्तिकवादलाई त्यागे येशूलाई आफ्नो व्यक्तिगत प्रभु मुक्तिदाताको रूपमा अङ्गाले    

Leave Your Comments Here.


Thursday, July 30, 2015

ख्रीष्टियान परमेश्वर महानतर हुनुहुन्छ भनी टुनामुना गर्नेहरूद्वारा स्वीकार



जोन गिब्सन पाटोन ख्रीष्टाब्द १८२४ मा स्कटल्यान्डमा जन्मेका परमेश्वरका सेवक थिए जो प्रशान्त महासागरको दक्षिणी क्षेत्रमा पर्ने न्यु हेब्रिडेस भन्ने टापुमा मिसनरी भएर गए तिनले त्यस टापुका स्थानीयहरूको बिचमा शिक्षा ख्रीष्टियान सन्देशलाई पुर्याएका थिए पाटोनको जीवनका थुप्रै सङ्घर्ष रोचक प्रसङ्गहरूमध्ये यहाँ एउटा उल्लिखित

पाटोन त्यस्तो ठाउँमा मिसनरी बनेर गएका थिए जहाँका मानिसहरूले कहिल्यै सुसमाचार सुन्ने मौका पाएका थिएनन् त्यहाँका स्थानीय बासिन्दाहरू तिनीप्रति मैत्रीपूर्ण थिएनन् एक पटकको कुरो हो टुनामुना गर्ने त्यहाँका तिन जना मानिसहरूले अर्को आइतबारसम्ममा तिनीहरूको टुनामुनाद्वारा पाटोनलाई मार्ने सार्वजनिक घोषणा गरे तिनीहरूले आफूसँग मृत्युसम्म ल्याउने शक्ति भएको दाबी गरे तिनीहरूको मन्त्रलाई कार्यान्वयन गर्न तिनीहरूलाई यस्तो खानाको आवश्यक पथ्र्यो जसलाई पाटोनले आंशिक रूपमा खाएको हुनुपथ्र्यो भनी तिनीहरूले बताए पाटोनले तिन ओटा रसिलो फललाई अलिअलि टोकी बाँकी भाग ती झाँक्रीहरूलाई दिए जसले तिनको मृत्युको षड्यन्त्र गर्दै थिए

आइतबार आयो मिसनरी मुस्कुराउँदै गाउँमा प्रवेश गरे ती व्यक्ति पाटोन हुन सक्दैनन् भनी मानिसहरू एक अर्कालाई हेर्दै छक्क परे किनकि तिनी मर्नेथिए भन्ने कुरामा गाउँलेहरू विश्वस्त थिए मिसनरीलाई मार्न टुनामुनासम्बन्धी आफ्ना सबै विधिहरूलाई तिनीहरूले प्रयोग गरेका थिए भनी ती झाँक्रीहरूले स्वीकार गरे तर तिनी मरेनन् ती टुनामुना गर्नेहरू किन असफल भए भनी तिनीहरूलाई सोध्दा तिनीहरूले जवाफ फर्काए, “मिसनरी हामीजस्तै पवित्र मानिस हुन् तर तिनको परमेश्वर हाम्रो परमेश्वरभन्दा महानतर हुनुहुन्छ त्यस क्षणदेखि तिनको प्रभाव बढ्यो छिट्टै नै केही गाउँलेहरूले प्रभु येशूमाथि विश्वास गरे   


   

Leave Your Comments Here.


Wednesday, July 29, 2015

पण्डिता रामाबाई: ब्राम्हण परिवारमा जन्मेर ख्रीष्टको सच्चा सेवक बनेकी सामाजिक सुधारक



उनको पुस्तकालयमा एउटा सानो पुस्तिका थियो उनलाई थाहा थिएन त्यो कहाँबाट आएको थियो सायद उनका  स्वर्गवासी पतिले ल्याएको थियो उनले त्यस पुस्तिकालाई उठाइन् बडो रुचिसाथ पढ्न थालिन् त्यो बङ्गाली भाषामा लेखिएको लूकाको सुसमाचार थियो उनी ब्राम्हण परिवारमा जन्मेको भए तापनि आफ्नो अध्ययनद्वारा उनले हिन्दु धर्मप्रति आफ्नो सम्पूर्ण विश्वास गुमाइसकेकी थिइन् त्यसैले उनको भोकलाई तृप्त पार्ने उत्तम कुरोको खोजीमा थिइन् उनी त्यो सानो पुस्तिका उनको लागि मिठो फल नै साबित् भयो उनले उत्सुकतापूर्वक ख्रीष्टियान विश्वासको बारेमा अध्ययन गरिन् त्यसले उनलाई सन्तुष्ट पारेको खण्डमा आफू ख्रीष्टियान हुने घोषणा गरिन् पछि ख्रीष्टियान विश्वासले उनलाई सन्तुष्ट पार्यो उनी ख्रीष्टका सच्चा सेवक बनिन् उनको नाउँ होपण्डिता रामाबाई

पण्डिता रामाबाई भारतका सामाजिक सुधारक, कवि, विद्वान्, स्त्रीहरूको स्वतन्त्रताको लागि हिमायतीसाथै शिक्षाका अगुवा हुन् पुरै बाइबललाई अनुवाद गर्ने उनी पहिलो स्त्री हुन् हाई कास्ट हिन्दु वुमन् नामक अङ्ग्रेजी भाषामा प्रकाशित उनको कृतिले व्यापक प्रचारप्रसार पाएको थियो उनी नै मुक्ति मिसनका संस्थापक हुन् जुन मिसन खाँचोमा परेका विधवा, टुहुराटुहरी अन्धाहरूको निम्ति आजको दिनसम्म सक्रिय     

उनी भारतमा त्यस्तो समयमा बाँचेकी थिइन् जुन समयमा स्त्रीहरूलाई पढ्ने वा काम गर्ने अनुमति थिएन; तिनीहरू पुरुषहरूभन्दा नीच ठानिन्थे पतिबाट बच्चाबच्ची जन्माउनुबाहेक समाजमा तिनीहरूको अन्य महत्त्वपूर्ण भूमिका हुँदैनथ्यो बाल विवाह व्यापक थियो   कैयौँ स्त्रीहरू सानै उमेरमा विधवा बन्थे अनि परिवार समाज दुवैबाट तिनीहरू हेलाका पात्र बन्थे तिनीहरूलाई सरापको रूपमा हेरिन्थ्यो तिनीहरू दर्दनाक जीवन जिउन बाध्य हुन्थे

२३ अप्रिल १८५८ मा पण्डिता रामाबाईको जन्म भारतमा भएको थियो तिनका पिता अनन्त शास्त्री ब्राम्हण पूजाहारी, विद्वान्साथै सुधारक थिए विधुर भएपछि ४४ वर्षको उमेरमा अनन्तले वर्षकी लक्ष्मीबाई नाउँ गरेकी केटीसित बिहे गरे लक्ष्मीबाईले अनन्तको निम्ति छोरी रामाबाई (जो पछि पण्डिता रामाबाईको नाउँले प्रसिद्ध भइन्) अर्को छोरो जन्माइन्

रामाबाई परिवार गरिब थियो तरै पनि तात्कालीन हिन्दु समाजको विरुद्धमा भए पनि अनन्तले आफ्नी छोरीलाई शिक्षा दिए रामाबाई पढ्नमा टाठी थिइन् १२ वर्षको उमेरसम्म आइपुग्दा उनले १८,००० ओटा संस्कृतका श्लोकहरू कण्ठस्थ पारिसकेकी थिइन् रामाबाई मराठी भाषामा पनि माहिर थिइन् जुन भाषामा पछि उनले बाइबललाई अनुवाद गरेकी थिइन् अन्तत: उनी आठ ओटा भाषामा पारङ्गत बनिन्

अनिकालमा परेर पण्डिता रामाबाईले आफ्ना प्रिय बुबासहित परिवारका अन्य सदस्यहरू गुमाइन् शान्तिको खोजीमा भौतारिएका रामाबाई कलकत्ता पुगिन् त्यहाँका ब्राम्हणहरू उनको ज्ञानदेखि यति प्रभावित भए कि तिनीहरूले उनलाईपण्डिताको उपाधि दिए

रामाबाई बङ्गाली वकिल बिपिन बिहारी मेधावीसित विवाह बन्धनमा बाँधिइन् तिनीहरूबाट एक जना छोरीको जन्म भयो हिन्दु धर्मको दृष्टिकोणमा अनुचित भए तापनि रामाबाईले एक शुद्रसित बिहे गर्ने आँट गरेकी थिइन्  

आफ्नो जीवनको आखिरी वर्षहरूमा पण्डिता रामाबाईले मराठी भाषामा बाइबल अनुवादको थालनी गरिन् उनले पहिले ग्रिक हिब्रू भाषा सिकिन् त्यसपछि आफू जहाँ जाँदा पनि उनले अनुवादलाई निरन्तरता दिइन् उनको मृत्युको दुई वर्षअगि उनकी छोरी मानोराम्बाईको निधन भयो रामाबाई बैरी हुँदै गइन् तथापि उनले बाइबल अनुवाद गर्न भने छाडिनन् उनी रोगले ग्रस्त भइन् तर उनको अनुवादको काम सकिएको थिएन त्यसैले उनले सम्पादनको काम सक्न परमेश्वरलाई थप १० दिनको लागि बिन्ती चढाइन् दस दिनपश्चात् उनले आफ्नो सम्पादनको काम सकिन् अनि अप्रिल १९२२ मा उनी आफ्नो अनन्त घरमा प्रस्थान गरिन्

उनी ख्रीष्टियान भएकोले उनको ख्यातिलाई दबाइएको भए तापनि भारतका नारीवादी स्त्रीहरूले बिसौँ शताब्दीको उत्तराद्र्धमा उनको काम सामाजिक योगदानलाई चर्चामा ल्याएका थिए ख्रीष्टाब्द १९८९ मा रामाबाईको सम्मानमा भारत सरकारले हुलाक टिकट निकाल्यो लेखक अमृतलाल शाहले उनको बारेमा भनेका छन्, “पण्डिता रामाबाई सरस्वती आधुनिक भारतद्वारा उत्पादित महानतम नारी थिइन् सारा इतिहासमा उनी महानतम भारतीयहरूमध्ये एक हुन्

Leave Your Comments Here.


Tuesday, July 28, 2015

बाइबलका आलोचकहरूलाई स्तब्ध पार्ने २,७०० वर्ष पुरानो पुरातात्त्विक खोज



बाइबलमा उपलब्ध कथनसित मेल खाने गरी पुरातात्त्विक खोज पत्ता नलागेकोले भूगोल, व्यक्ति अन्य कुराहरूको बारेमा बाइबलमा त्रुटि भनी धेरै पटक निष्कर्ष निकालियो तर मौनतालाई नै साक्षीको रूपमा पेस गरेकाले फेरि एक चोटि बाइबलका आलोचकहरू स्तब्ध पारिए यस्तै भएको अश्शूरका राजा सर्गानको सवालमा

यशैया २०: मा लेखिएको , “जुन साल अश्शूरका राजा सर्गानको हुकुमअनुसार उनका सर्वोच्च सेनापतिले अश्दोदमा आएर आक्रमण गरी त्यो कब्जा गरे, त्यस बेला परमप्रभुले आमोजका छोरा यशैयाद्वारा बोल्नुभयो उहाँले तिनलाई यसो भन्नुभयो, ‘जा, तेरो शरीरबाट भाङ्ग्रा उतार् तेरा खुट्टाबाट जुत्ता फुकाल् अनि तिनले त्यसै गरे, तिनी नाङ्गै खालि खुट्टा हिँड्न लागे

पुरै बाइबलमा अश्शूरी राजा सर्गानको नाउँ यही खण्डमा मात्र एक पटक उल्लेख गरिएको राजा १७: मा तिनलाईअश्शूरका राजाभनिएको अन्य कुनै प्राचीन साहित्यमा सर्गानको नाउँ उल्लेख भएको पाईंदैन अश्शूरी साम्राज्यबाट मनग्गे शिलालेखहरू पुरातात्त्विक खोजहरू फेला पारिएका छन् तर ती खोजमा पनि यी राजाको नाउँ कतै पाइएको थिएन त्यसैले, विद्वान्हरूले निष्कर्ष निकाले कि सर्गानको नाउँ उल्लेख गरेकाले कि लेखक यशैया भुलमा हुनुपर्छ कि भने सर्गान अश्शूरी राजाको अर्को नाउँ हुनुपर्छ बाइबलमा नै गल्ती भनी बाइबलका आलोचकहरूले निर्धक्कसँग निष्कर्ष निकालेका थिए

तर ख्रीष्टाब्द १८४३ को पुरातात्त्विक खोजले बाइबलका आलोचकहरूमाथि वज्रपात प्रहार गर्यो पावल इमाइल बोट्टाले इराकको आधुनिक खोर्साबाद भन्ने ठाउँमा राजा सर्गानको दरबार नै फेला पारे यस खोजसँगै एक पटक काल्पनिक ठानिएको राजा सर्गान आलोचकहरूको दृष्टिकोणमा पनि ऐतिहासिक भएको पुष्टि भएको सर्गानले ७२२७०५ ख्रीष्टपूर्वसम्म शासन गरेका थिए अश्शूरको प्राचीन राजधानी निनवेमा तिनको बारेमा कुनै सङ्केत फेला नपारिनुको कारणचाहिँ यही हो कि तिनले आफ्नो महल निनवेमा नभई दुर सरुकिन (इराकको आधुनिक खोर्साबाद) मा ठड्याएका थिए पुरातात्त्विक खोजले तिनको ऐतिहासिकलाई मात्र पुष्टि गरिदिएको छैन तर यशैया २०: मा उल्लेख भएझैँ अश्दोदमाथि तिनको कब्जालाई तिनले आफ्नो महलका भित्ताहरूमा कुँदेको पनि प्रमाणित गरिदिएको फेला पारिएको एउटा शिलालेखमा यसरी लेखिएको , “अश्शूरका राजा सर्गान जसले सामरिया इस्राएलको पुरै क्षेत्रमाथि कब्जा गरे, अश्दोदका मानिसहरूलाई निर्वासनमा लगे

यसरी कैयौँ वर्षसम्म प्रश्न तेर्साइएको बाइबलको खण्डलाई उन्नाइसौँ शताब्दीको पुरातात्त्विक खोजले ऐतिहासिक प्रमाणित गरी बाइबलका आलोचकहरूको मुख बन्द गरिदिएको

Leave Your Comments Here.