एक
पटक येशू कफर्नहुममा
प्रवेश गर्नुहुँदा उहाँलाई एक
जना कप्तानको नोकरको
चङ्गाइको लागि बिन्ति
गरियो । यो
कथालाई मत्ती (८:५–१३) र
लूका (७:१–१०) दुई
जना सुसमाचारीय लेखकहरूले
अभिलिखित गरेका छन् ।
मत्तीको विवरणअनुसार कप्तानको नोकरको
चङ्गाइको लागि तिनी
आफै नै येशूकहाँ
गएको जस्तो देखिन्छ,
“येशू कफर्नहुममा पस्नुहुँदा
एक जना कप्तान
उहाँकहाँ आएर बिन्ती
गर्न लागे ।
तिनले भने, ‘हे
प्रभु, मेरो नोकर
पक्षाघातले सार्है दु:ख पाएर
घरमा ओछयान परेको
छ’” (मत्ती ८:५–६)
। तर लूकाको
विवरणअनुसार कप्तानले यहूदी धर्म–गुरुहरूलाई बिन्ती गर्न
पठाए, “जब येशूको
बारेमा तिन [कप्तान] ले
सुने, तब तिनको
कमारालाई निको पारिदिनोस्
भनी तिनले यहूदीहरूका
धर्म–गुरुहरूलाई बिन्ती
गर्न पठाए” (लूका
७:३) ।
के सन्देहवादीहरूले भने
जस्तै यी दुई
ओटा विवरणहरूमा अन्तर्विरोध
छ त ?
यस्तो
विविधतालाई त्रुटि भनी निष्कर्ष
निकाल्नेहरू बाइबलीय लेखकहरूको लेख्ने
शैलीलाई ठम्याउन नसकेर भुल
गर्न पुग्छन् ।
वास्तविक काम अरूले
नै गरे तापनि
त्यसको श्रेय भने अधिकारमा
हुनेलाई दिइएका उदाहरणहरू बाइबलमा
मनग्गे छन् ।
उदाहरणको लागि, यूहन्नाले लेखेका
छन्, “तब पिलातसले
येशूलाई लगेर कोर्रा
लाउन लाए” (१९:१) ।
यसको अर्थ यही
हो कि हाकिम
पिलातसले येशूलाई कोर्रा लगाउने
आज्ञा दिए ।
त्यसै गरी, “यूहन्नाले
भन्दा येशूले धेरै
चेलाहरू बनाउँदैहुनुहुन्छ र बप्तिस्मा
पनि दिँदैहुनुहुन्छ” (यूहन्ना
४:१) भन्दा
यसको अर्थ उहाँका
चेलाहरूले बप्तिस्मा दिँदै थिए
भन्ने हुन्छ जुन
कुरोलाई यूहन्नाले पछिल्लो पदमा
प्रस्ट पारेका छन्, “वास्तवमा
येशू आफैले त
होइन, तर उहाँका
चेलाहरूले बप्तिस्मा दिन्थे” (यूहन्ना
४:२) ।
व्यक्तिको
पक्षमा मानिसहरूलाई बोल्न पठाइएका
नमुनाहरू बाइबलमा हामी थुप्रै
पाउँछौँ । आज
पनि यस्तो अभ्यास
कायमै छ । नेपालको अर्थमन्त्रीले कुनै
सम्झौतामा हस्ताक्षर गर्दा त्यो
प्रधान मन्त्रीले गरे बराबर
नै हुन्छ यद्यपि
प्रधान मन्त्री अनुपस्थित हुन
सक्छ । कप्तानले
तिनको नोकरको चङ्गाइको
लागि अरूलाई येशूकहाँ
बिन्ती गर्न पठाउँदा
तिनी गए बराबर
नै थियो ।
यसरी मत्ती र
लूकाको विवरणमा हामी कुनै
भुल देख्दैनौँ ।