menu bar

Sunday, July 19, 2015

आफ्नो परिवारको हत्यारलाई क्षमा दिइन् इलिबागिजाले



अप्रिल १९९४ मा पूर्वी अफ्रिकी मुलुक रुवान्डाका राष्ट्रपति सवार विमानलाई खसालियो परिणामत: विमानमा सवार सबै नै मरे राष्ट्रपति हुटु जातिका थिए त्यसपछि टुट्सी जातिलाई लक्षित नरसंहार सुरु भयो विकिपिडियाअनुसार झण्डै १०० दिन लम्बिएको उक्त जातिय नरसंहारमा रुवान्डाका पाँच लाखदेखि दस लाख मानिसहरू मरेको अनुमान गरिएको

इम्माक्युली इलिबागिजा एक जना स्त्रीको नाउँ हो जो उक्त नरसंहारमा बाँच्न सफल भइन् उक्त अनपेक्षित नरसंहार हुँदा उनी केवल २२ वर्षकी थिइन्   अन्य केही स्त्रीहरूसँगै १२ फिट क्षेत्रफल भएको सानो कोठामा उनी ९१ दिनसम्म लुकेकी थिइन् उनको शरीरको तौल २२ किलो घटेको थियो लडाईंको बेलामा हुटु लडाकाहरूले इलिबागिजाका प्राय: सबै आफन्तहरूलाई मारिदिएका थिए उनले आफ्ना बुबाआमासाथै परिवारका अन्य सदस्यहरू गुमाएकी थिइन् उनी विदेशमा अध्ययन गरिरहेका उनका जेठा दाजु एम्बल मात्र बाँचे

हाम्रो मानवीय स्वभाव बदलातिर लक्षित भए तापनि इलिबागिजाले आफ्ना परिवारका हत्याराहरूलाई क्षमा दिने छनौट गरिन् आफ्नो जीवनलाई घृणाले शासन गर्न दिइननन् उनले सजिलो नभए तापनि उनले क्षमालाई नै रोजिन् उनले एक जना हत्यारालाई व्यक्तिगत रूपमा आमनेसामने भेट गरिन् आफूले त्यस हत्यारालाई क्षमा दिएको कुरो प्रत्यक्ष रूपमा व्यक्त गरिन्

हाल इलिबागिजा अमेरिकामा बस्छिन्, आफ्ना सन्तानका साथ उनले आफ्नो अनुभवबारे एउटा उत्कृष्ट पुस्तक लेखेकी छन्ले फ्ट टु टेल: डिसकभरिङ्ग गड अमिड्स्ट रुवान्डन होलोकास्ट उनी आज प्रेरणादायी वक्ता कहलाइएकी छन्

परमेश्वरको कृपाको सन्देशलाई फैलाउन उनी कटिबद्ध छन् क्षमाको विषयमा येशूको नमुनासाथै ख्रीष्टियान शिक्षाले उनले पालेको बदलाको भावनालाई मात्र पगालेनन् बरु उनी आज क्षमाको नमुना बन्न सफल भएकी छन्             

Leave Your Comments Here.