menu bar

Wednesday, July 15, 2015

कोरी टेन बुम: सतावटमा परेका यहूदीहरूका मुक्तिदाता



वर्षसम्म जारी (ख्रीष्टाब्द १९३९१९४५) दोस्रो विश्वयुद्धमा तानाशाही एडोल्फ हिटलरले यहूदी जातिलाई यस धरतीबाट निर्मूलन पार्ने कुचेष्टा गरेका थिए जर्मनीको सामाजिक आर्थिक समस्याको कारण नै यहूदी जाति हो भनी हिटलरले आरोप लगाए त्यसैले, तिनले युरोपबाट त्यस जातिलाई नै निमिट्टयान्न पार्ने भाकल गरे यस्तो कुनै सहर, नगर वा गाउँ थिएन जहाँ यहूदीहरूले यातना भोगेका थिएनन् जर्मनीका नाजीहरूले ६० लाख यहूदीहरूलाई व्यवस्थित रूपमा मृत्युको मुखमा धकेलिदिएका थिए

यस्तो भयावह स्थितिमा एक जना ख्रीष्टियान महिना दृश्यमा देखा परिन् जो यहूदीहरूका लागि मुक्तिदाता नै साबित भइन् उनको नाउँ होकोरी टेन बुम   बुम हल्यान्डका एक ख्रीष्टियान महिला हुन् जसले आफ्ना पिता परिवारका अन्य सदस्यहरूसित मिलेर कैयौँ यहूदीहरूको जीवन जोगाउन मदत पुर्याएकी थिइन्

बुबा क्यास्पर आमा कर्नेलियाबाट कान्छी छोरीको रूपमा बुमको जन्म १५ अप्रिल १८९२ मा हल्यान्ड (अर्थात् नेदरल्यान्ड) मा भएको थियो कट्टर ख्रीष्टियान परिवारमा जन्मेकी बुमको परिवार उदारता सामाजिक प्रतिबद्धताको निम्ति लामो समयदेखि चिनिँदै आएको थियो तिनीहरूको घर खाँचोमा परेको कुनै पनि व्यक्तिको लागि खुला थियो

ख्रीष्टाब्द १९४० मा नाजीहरूले उनको देश नेदरल्यान्डमाथि आक्रमण गरे जुन बेला उनी ४८ वर्ष पुगेकी थिइन् यहूदीहरूमाथि भएको ज्यादतीलाई उनले आफ्नै आँखाले देखेकी थिइन् तसर्थ, यहूदीहरूको ज्यान जोगाउन उनले केही गर्ने निर्णय गरिन् उनले आफ्नो विचारलाई आफ्ना पिता दाजुको सामु राखिन् त्यसलाई तुरुन्तै अनुमोदन गरियो हिंसामा संलग्न नभई उनले नाजीहरूको आज्ञालाई उल्लङ्घन गरी यहूदीहरूलाई जोगाउन खोजेकी थिएन् जुन ख्रीष्टियान विश्वास मूल्य मान्यतासित मेल खान्थ्यो

२८ फेब्रुअरी १९४४ मा कसैले बुमको सेवाबारे नाजीहरूलाई अवगत गराइदिएपछि बुमसहित उनको पुरै परिवारलाई गिरफ्तार गरी झ्यालखानामा हालियो त्यही वर्षको २८ डिसेम्बरमा उनी रिहा भइन् मुक्त भएपछि उनले हाइडिङ प्लेस नामक एउटा पुस्तक लेखिन् जसमा उनले आफ्नो कथालाई सार्वजनिक गरेकी छन्

आफू ५३ वर्ष पुगेपछि आफ्नो विश्वास अनुभूति बाँड्न उनी ६० ओटा भन्दा बेसी मुलुकहरूमा पुगिन् उनी एक सार्वजनिक वक्ता कहलाइन्

बुमको बुझाइमा उनको जीवन परमेश्वरले दिनुभएको वरदान थियो त्यसलाई अरूको सेवाको लागि प्रयोग गरिनुपर्छ उनले आफ्नो दृष्टिकोणलाई व्यवहारमा नै उतारिन् आफू नाजीहरूको बन्दी शिविरमा हुँदा उनले सिकेकी थिइन्, “यस्तो गहन दर्द छैन जहाँ परमेश्वरको प्रेम पुग्न सक्दैन

१५ अप्रिल १९८३ अर्थात् आफ्नो एकानब्बेऔँ जन्मदिनमा उनी प्रभुको अनन्त घरमा प्रस्थान गरिन् आफू जन्मेकै दिनमा उनको स्वर्गवास हुनु निश्चय नै अद्भूत कुरो हो यहूदी परम्पराअनुसार परमेश्वरबाट विशेष आशिष् पाएका व्यक्तिहरूले मात्रै उही दिनमा जन्मेर उही दिनमा मर्ने सौभाग्य पाउँछन्         

Leave Your Comments Here.