जोन
गिब्सन पाटोन ख्रीष्टाब्द १८२४
मा स्कटल्यान्डमा जन्मेका
परमेश्वरका सेवक थिए
जो प्रशान्त महासागरको
दक्षिणी क्षेत्रमा पर्ने न्यु
हेब्रिडेस भन्ने टापुमा मिसनरी
भएर गए ।
तिनले त्यस टापुका
स्थानीयहरूको बिचमा शिक्षा र
ख्रीष्टियान सन्देशलाई पुर्याएका थिए ।
पाटोनको जीवनका थुप्रै सङ्घर्ष
र रोचक प्रसङ्गहरूमध्ये
यहाँ एउटा उल्लिखित
छ ।
पाटोन
त्यस्तो ठाउँमा मिसनरी बनेर
गएका थिए जहाँका
मानिसहरूले कहिल्यै सुसमाचार सुन्ने
मौका पाएका थिएनन्
। त्यहाँका स्थानीय
बासिन्दाहरू तिनीप्रति मैत्रीपूर्ण थिएनन्
। एक पटकको
कुरो हो ।
टुनामुना गर्ने त्यहाँका तिन
जना मानिसहरूले अर्को
आइतबारसम्ममा तिनीहरूको टुनामुनाद्वारा पाटोनलाई
मार्ने सार्वजनिक घोषणा गरे
। तिनीहरूले आफूसँग
मृत्युसम्म ल्याउने शक्ति भएको
दाबी गरे ।
तिनीहरूको मन्त्रलाई कार्यान्वयन गर्न
तिनीहरूलाई यस्तो खानाको आवश्यक
पथ्र्यो जसलाई पाटोनले आंशिक
रूपमा खाएको हुनुपथ्र्यो
भनी तिनीहरूले बताए
। पाटोनले तिन
ओटा रसिलो फललाई
अलि–अलि टोकी
बाँकी भाग ती
झाँक्रीहरूलाई दिए जसले
तिनको मृत्युको षड्यन्त्र
गर्दै थिए ।
आइतबार
आयो । मिसनरी
मुस्कुराउँदै गाउँमा प्रवेश गरे
। ती व्यक्ति
पाटोन हुन सक्दैनन्
भनी मानिसहरू एक
अर्कालाई हेर्दै छक्क परे
किनकि तिनी मर्नेथिए
भन्ने कुरामा गाउँलेहरू
विश्वस्त थिए ।
मिसनरीलाई मार्न टुनामुनासम्बन्धी आफ्ना
सबै विधिहरूलाई तिनीहरूले प्रयोग गरेका
थिए भनी ती
झाँक्रीहरूले स्वीकार गरे ।
तर तिनी मरेनन्
। ती टुनामुना
गर्नेहरू किन असफल
भए भनी तिनीहरूलाई
सोध्दा तिनीहरूले जवाफ फर्काए,
“मिसनरी हामीजस्तै पवित्र मानिस
हुन् । तर
तिनको परमेश्वर हाम्रो
परमेश्वरभन्दा महानतर हुनुहुन्छ ।”
त्यस क्षणदेखि तिनको
प्रभाव बढ्यो र छिट्टै
नै केही गाउँलेहरूले
प्रभु येशूमाथि विश्वास
गरे ।