तिनी
नास्तिक थिए ।
तिनको बुझाइमा धार्मिक
विश्वास आधारभूत रूपमा अन्धविश्वाससिवाय
केही थिएन ।
तर्कको लागि त्यहाँ
कुनै ठाउँ थिएन
न त त्यहाँ
खोज र अनुसन्धान
नै हुन्थ्यो ।
मेडिकल
क्षेत्रमा पढ्ने क्रममा अस्पतालका
बिरामीहरू रोगसित जुधिरहेका तिनले
देखेका थिए ।
त्यस्तो दर्दनाक अवस्थामा तिनीहरूले
परमेश्वरलाई सराप्नुको साटो सान्त्वनाको
लागि तिनीहरू आ–आफ्ना विश्वासमा भरोसा
गरेका देखिन्थे ।
ती बौद्धिक व्यक्तिले
तिनीहरूको आस्थालाई बुझ्न सकेनन्
। तिनी बेचैन
भए । तिनले
धार्मिक विश्वासलाई इन्कार गर्दै
आएका थिए तर
तिनले वास्तवमै केलाई
इन्कार गरेका थिए त्यो
भने तिनलाई थाहा
थिएन । एउटा
वैज्ञानिकले उपलब्ध तथ्याङ्कविना निर्णय
लिँदैन । तर
तिनी वैज्ञानिक भएर
पनि तिनले त्यस्तो
निर्णय लिएकोमा तिनी चिन्तित
थिए ।
आफ्नो
चिन्तालाई दूर गर्न
तिनी एक जना
ख्रीष्टियान सेवककहाँ गए ।
तिनी ती सेवकको
अफिसमा बसे र
तिनले ती सेवकको
विश्वासको निन्दा गरे र
ईश्वर–निन्दक वचनहरू
बोले । तथापि
तिनले इमान्दारीपूर्वक आफूले
जान्न चाहेको कुरो
जान्ने अपेक्षा पनि गरे
। केही समय
छलफलमा बितेपछि ती ख्रीष्टियान
अगुवाले भने, “तपाईंको कथाले
मलाई कुनै एक
जना व्यक्तिको बारेमा
याद दिलाउँछ जसले
आफ्नो अनुभवको बारेमा लेखेका छन्
। तिनको नाउँ
हो— सी. एस.
लेविस जो अक्सफोर्डका
विद्वान् थिए ।”
ती
ख्रीष्टियान सेवकले नास्तिकवादबाट बिसौँ
शताब्दीका विख्यात लेखक बनेका
सी. एस. लेविसद्वारा
लिखित पुस्तक मेएर क्रिस्चियानिटीको एक
प्रति पनि ती
खोजकर्ताको हातमा थमाइदिए ।
परमेश्वर अस्तित्वमा हुनुहुन्छ र
एउटा तर्कसङ्गत व्यक्तिको
लागि विश्वास नगर्नभन्दा
विश्वास गर्न सजिलो
हुन्छ भन्ने लेविसका
तर्कहरूले तिनलाई प्रभावित तुल्यायो
। तरै पनि
तिनी विश्वास गर्न
अनिच्छुक थिए; तिनी
तयार थिएनन्; तिनले
चाहेका थिएनन् ।
लेविसद्वारा
लिखित त्यस पुस्तकलाई
पढेपछि तिनी केही
हप्तासम्म बेचैन भए ।
तिनले ठोस निर्णय
लिनुपर्ने समय आइपुगेको
थियो यद्यपि तिनी
त्यसो गर्न चाहँदैनथ्ये
। परमेश्वर अस्तित्वमा
हुनुहुँदैन भन्ने अवधारणाबाट तिनी
निकै खुसी थिए
। विश्वास गर्ने
या नगर्ने भन्ने
सङ्घर्षमा तिनले झण्डै एक
वर्ष बिताए ।
एक
दिन एउटा पहाडमा
उक्लँदै गर्दा त्यहाँको सौन्दर्यले
तिनलाई मोहित तुल्यायो ।
तिनले भने, “म
अझै यसको विरोध
गर्न सक्दिनँ ।
यसको महसुस नगनरीकनै
जीवनभरि वास्तवमा मैले चाहेको
कुरो यही नै
हो । अब
हो भन्ने समय
आएको छ ।”
तिनले
आफ्नो जीवन परमेश्वरमा सुम्पे । त्यसबेला
तिनी २७ वर्ष
पुगेका थिए ।
त्यो तिनको जीवनको
सबैभन्दा महत्त्वपूर्ण क्षण थियो
।
तिनको
नाउँ हो— फ्रान्सिस
कोलिन्स । तिनी
वंशाणुसम्बन्धी अमेरिकाका प्रसिद्ध वैज्ञानिक
हुन् । याले
विश्वविद्यालयबाट रसायनशास्त्रमा विद्यावारिधि गरेका फ्रान्सिस नेसनल इन्स्टिच्युट अफ
हेल्थका अध्यक्ष
हुन् । ६६
वर्षका तिनले नास्तिकवाददेखि ख्रीष्टियान
विश्वाससम्मको तिनको आत्मिक यात्रालाई
आफ्नो कृति द ल्याङ्ग्वेज अफ
गड:
अ
साइन्टिस्ट
प्रिजेन्ट्स्
एभिडेन्स
फर
बिलिफमा उल्लेख
गरेका छन् ।