menu bar

Thursday, July 16, 2015

आफूलाई तिन गोली हान्नेलाई क्षमा दिए स्टिभेनले



स्टिभेन म्याकडोनाल्ड न्युयोर्क पुलिस विभागका गुप्तचर हुन् १२ जुलाई १९८६ का दिन तिनी आफ्ना सहकर्मीसँगै न्युयोर्कस्थित सेन्ट्रल पार्कमा गस्ती गर्दै थिए तिनीहरूले त्यहाँ साइकल चोरी भएको खबर पाएका थिए १३१५ वर्ष उमेरका तिन जना केटाहरू शंकास्पद देखिए तिनीहरूसित सोधपुछ गर्ने क्रममा साभोद जोन्स नाउँ गरेका १५ वर्षे ठिटोले म्याकडोनाल्डलाई तिन गोली हान्यो पहिलो गोली आँखामाथि टाउकोमा, दोस्रो गोली घाँटीमा तेस्रो गोली मेरुदण्डमा लाग्न पुगे तरै पनि  म्याकडोनाल्ड मरेनन्

उपचारपश्चात् डाक्टरहरूले म्याकडोनाल्डको जीवन बचाए तर त्यस अनपेक्षित घटनाले तिनलाई सदाको लागि पक्षाघाती बनाइदियो तिनले रेस्पिरेटर (कृत्रिम रूपमा स्वासप्रश्वास गराउने यन्त्र) को माध्यमद्वारा मात्र सास फेर्न सक्ने भए

ह्दयलाई छियाछिया बनाउने यस्तो घटना त्यस बेलामा घट्न पुगेको थियो जुन बेला म्याकडोनाल्ड बुबा बन्ने तरखरमा थिए आफ्नो जीवनमा जस्तोसुकै परिस्थिति आइपरे तापनि बदला तिनले चाहेको उत्तर थिएन भनी भनी तिनले निर्णय गरे ह्दयमा वैमनस्य पाल्नुको साटो तिनले आफूलाई गोली हान्ने ठिटोलाई क्षमा दिए तिनको क्षमा यति पूर्ण थियो कि जोनले झ्यालखानामा नै जेल जीवन बिताइरहँदा म्याकडोनाल्डले तिनलाई भेट्न खोजेका थिए यद्यपि त्यो सम्भव भएन

वर्ष जेल जीवन बिताएपछि जोन रिहा भए तर तिनी जेलमुक्त भएको तिन दिनपश्चात् मोटरसाइकल दुर्घटनामा परेर तिनको निधन हुन पुग्यो

म्याकडोनाल्डका मित्रसाथै पास्टर जे. सी. अर्नोल्डद्वारा लिखित ह्वाइ फरगिभनेस ? नामक पुस्तकमा म्याकडोनाल्डले प्रस्तावना लेखेका छन् जसमा तिनले आफूले क्षमा दिनुको कारणलाई सबिस्तार ढङ्गमा प्रस्तुत गरेका छन्

क्षमा येशूले सिकाउनुभएको अभ्यास गर्नुभएको एउटा उच्चतर सद्गुण हो जसलाई मनग्गे मानिसहरूले आफ्नो जीवनमा उतारेका छन्      

  

Leave Your Comments Here.