वास्तवमा
आश्चर्यकर्महरूले प्राकृतिक नियमलाई उल्लङ्घन
गर्दैनन् ।
सी. एस.
लेविस,
साहित्यकारसाथै
ख्रीष्टियान
रक्षाशास्त्री
आश्चर्यकर्महरूबारे
सबैभन्दा अविश्वसनीय कुरो यो
हो कि तिनीहरू
घट्छन् ।
जी. के.
खेस्टर्टोन,
ख्रीष्टियान
रक्षाशास्त्री,
दार्शनिकसाथै
ईश्वरशास्त्री
नोआको
जस्तो कथामा आशङ्का
गर्नु स्वाभाविक नै
हो । तथापि
बाइबलको महानतम आश्चर्यकर्म नोआ
र जलप्रलय होइनन्
। बाइबलको महानतम
आश्चर्यकर्म पहिलो पदमा उल्लेख
गरिएको छ, “आदिमा
परमेश्वरले आकाशमण्डल र पृथ्वी
सृष्टि गर्नुभयो ।” यदि
त्यो आश्चर्यकर्म साँचो
हो भने नोआको
जहाजसाथै बाइबलको हरेक आश्चर्यकर्म
सम्भव हुन्छ ।
यदि परमेश्वरले विश्वको
सृष्टि गर्नुभयो भने यसभित्र
उहाँले चाहनुभएको जुनसुकै कुरो
गर्न सक्नुहुन्छ ।
फ्रयाङ्क टुरिक, लेखक,
वक्तासाथै
ख्रीष्टियान
रक्षाशास्त्री
हामीले
व्याख्या गर्न नसक्ने
अद्भूत घटनाको अर्थमा आश्चर्यकर्महरूले
हामीलाई चारैतिर घेरेका छन्:
जीवन आफै नै
आश्चर्यकर्महरूको आश्चर्यकर्म हो ।
जर्ज बर्नाड
सा,
नाटककारसाथै
समालोचक
आश्चर्यकर्महरू
प्रकृतिको विपरीत छैनन्; तर
हामीले प्रकृतिको बारेमा जे
जानेका छौँ त्यसको
विपरीत मात्र छन् ।
अगस्टिन, ख्रीष्टियान
ईश्वरशास्त्रीसाथै
दार्शनिक
आइन्स्टाइनको
समयदेखि ‘प्राकृतिक नियम’ को
बारेमा भएको अगिल्लो
ज्ञानको कारणले गर्दा कुनै
पनि घटनाको सम्भावनालाई
नियम विरुद्ध छ
भनी घोषणा गर्ने
अधिकार वर्तमान समयको कुनै
व्यक्तिलाई छैन ।
जोन मोन्टगोमरी,
प्राध्यापकसाथै
लेखक
धर्ममाथि
पहिल्यै विश्वास गरिएकोले गैरख्रीष्टियान
धर्महरूमा आश्चर्यकर्महरूलाई विश्वास गरिन्छन् ।
तर, बाइबलीय धर्ममा
आश्चर्यकर्महरू साँचो धर्मलाई स्थापित
गर्ने माध्यमहरू हुन्
। यो भिन्नता
ज्यादै महत्त्वपूर्ण छ ।
आश्चर्यकर्मको श्रृङ्खलाद्वारा इस्राएललाई अस्तित्वमा ल्याइयो;
अलौकिक घटनाहरूको वरिपरि व्यवस्था
प्रदान गरियो; आश्चर्यकर्म गर्न
सक्ने शक्तिहरूद्वारा धेरै
अगवमवक्ताहरू परमेश्वरका प्रवक्ता थिए
भनी चिनिए ।
येशू प्रचार गर्दै
मात्र आउनुभएन, तर
आश्चर्यकर्महरू गर्दै पनि ।
प्रेरितहरूले पटक–पटक
अचम्मका कामहरू गरे ।
हरेक बुँदामा धर्मलाई
प्रमाणित गर्ने तत्त्व त
आश्चर्यकर्म नै थियो
।
बर्नाड र्याम,
रक्षाशास्त्रीसाथै
ईश्वरशास्त्री
आश्चर्यकर्महरू
असम्भव छन् भने
ती वास्तविक होइनन्
। र, आश्चर्यकर्महरू
वास्तवमा कहिल्यै घटेका थिएनन्
भने ख्रीष्टियमत झुटो
हो । किनभने
अवतार, पुनरुत्थान, उद्धार, प्रेरणाजस्ता
ख्रीष्टियमतका आधारभूत दाबी र
सिद्धान्तहरू सबै आश्चर्यकर्महरू
नै हुन् ।
पिटर क्रिफ्ट
र
रोनाल्ड
टासेल्ली
मेरो
आफ्नै विषयमा भन्नुपर्दा,
मलाई विश्वासमा आउनको
लागि कन्याबाटको जन्म
एउटा मुख्य अवरोध
भएको थियो ।
यस्तो कुरो म
विश्वास गर्न सक्दिनथेँ
। तर जब
मैले परमेश्वरले सारा
विश्वको सृष्टि गर्नुभयो भन्ने
तथ्यमाथि मनन गर्न
थालेँ तब एउटी
स्त्रीलाई गर्भवती बनाउन उहाँको
निम्ति कठिन कुरो
थिएन । जब
एउटा गैरख्रीष्टियानले परमेश्वर
को हुनुहुन्छ भनी
बुझ्दछ तब आश्चर्यकर्महरूको
समस्या उसको निम्ति
समस्या हुन छोड्दछ
।
विलियम लेन
क्रेग,
ख्रीष्टियान
रक्षाशास्त्री,
दार्शनिकसाथै
लेखक
मेरो
विचारमा यदि तपाईंले
हिन्दु धर्मबाट आश्चर्यकर्महरूलाई हटाइदिनुभयो
भने यसका अपरिहार्य
तत्त्वहरू अक्षत नै रहन्छन्
र इस्लाम धर्मको
विषयमा पनि झण्डै
उही कुरो साँचो
हुन्छ । तर
तपाईंले ख्रीष्टियमतमा यसो गर्न
सक्नुहुन्न । यो
निश्चय नै एउटा
महान् आश्चर्यकर्मको कथा
हो । प्रकृतिवादी
ख्रीष्टियमतले जुन वास्तवमा
ख्रीष्टियान हो ती
सबैलाई हटाइदिन्छ ।
सी. एस.
लेविस,
साहित्यकारसाथै
ख्रीष्टियान
रक्षाशास्त्री
येशू
ख्रीष्टको पुनरुत्थानको प्रचारको लागि पावल
न्यायिक जाँचबुझमा खडा हुँदा
उपस्थित भएकाहरूलाई तिनले प्रश्न
गरे, “परमेश्वरले मृतकहरूलाई
जीवित पार्नुहुन्छ भन्ने
कुरा किन तपाईंहरू
कसैलाई पत्यार नलागेको (प्रेरित
२६:८) ?” परमेश्वरले
मरेको मानिस (येशू)
लाई जीवन दिन
सक्नुहुन्छ भनेर पत्याउन
धेरै अविश्वासीहरूलाई निकै
गार्हो
हुन्छ; तिनीहरूलाई यसमा निकै
अविश्वास छ ।
तर पनि परमेश्वर
अस्तित्वमा हुनुहुन्छ र उहाँले
स्वर्गसाथै आकाशमण्डलको सृष्टि गर्नुभयो
भनेर विश्वास गर्नमा
यीमध्ये धेरै मानिसहरूलाई
कुनै समस्या छैन
। मेरो लागि
यो त छक्क
पार्ने कुरो हो
! मसँगै यसलाई विचार गर्नुस्
। परमेश्वरले खरबौँ
तारापुञ्जहरू र शून्यताबाट
लाखौँ प्रकारका जीवित
प्राणीहरू भएको विश्वको
सृष्टि गर्न सक्नुहुन्छ
भने येशूको शरीरलाई
उहाँले जीवनमा फर्काउनुहुन्छ भनेर
विश्वास गर्नका लागि तर्कको
सिमाभित्र निश्चय नै सम्भव
छ जस्तो देखिन्छ
। भनिन्छ, यदि
तपाईंले उत्पत्ति १:१ लाई विश्वास
गर्न सक्नुहुन्छ भने
मत्ती २८:६
(उहाँले भन्नुभएबमोजिम उहाँ जीवित
भई उठ्नुभएको छ)
लाई विश्वास गर्न
तपाईंलाई कुनै आपत्ति
हुँदैन ।
चार्ली क्याम्पबेल,
लेखकसाथै
शिक्षक