menu bar

Tuesday, July 28, 2015

बाइबलका आलोचकहरूलाई स्तब्ध पार्ने २,७०० वर्ष पुरानो पुरातात्त्विक खोज



बाइबलमा उपलब्ध कथनसित मेल खाने गरी पुरातात्त्विक खोज पत्ता नलागेकोले भूगोल, व्यक्ति अन्य कुराहरूको बारेमा बाइबलमा त्रुटि भनी धेरै पटक निष्कर्ष निकालियो तर मौनतालाई नै साक्षीको रूपमा पेस गरेकाले फेरि एक चोटि बाइबलका आलोचकहरू स्तब्ध पारिए यस्तै भएको अश्शूरका राजा सर्गानको सवालमा

यशैया २०: मा लेखिएको , “जुन साल अश्शूरका राजा सर्गानको हुकुमअनुसार उनका सर्वोच्च सेनापतिले अश्दोदमा आएर आक्रमण गरी त्यो कब्जा गरे, त्यस बेला परमप्रभुले आमोजका छोरा यशैयाद्वारा बोल्नुभयो उहाँले तिनलाई यसो भन्नुभयो, ‘जा, तेरो शरीरबाट भाङ्ग्रा उतार् तेरा खुट्टाबाट जुत्ता फुकाल् अनि तिनले त्यसै गरे, तिनी नाङ्गै खालि खुट्टा हिँड्न लागे

पुरै बाइबलमा अश्शूरी राजा सर्गानको नाउँ यही खण्डमा मात्र एक पटक उल्लेख गरिएको राजा १७: मा तिनलाईअश्शूरका राजाभनिएको अन्य कुनै प्राचीन साहित्यमा सर्गानको नाउँ उल्लेख भएको पाईंदैन अश्शूरी साम्राज्यबाट मनग्गे शिलालेखहरू पुरातात्त्विक खोजहरू फेला पारिएका छन् तर ती खोजमा पनि यी राजाको नाउँ कतै पाइएको थिएन त्यसैले, विद्वान्हरूले निष्कर्ष निकाले कि सर्गानको नाउँ उल्लेख गरेकाले कि लेखक यशैया भुलमा हुनुपर्छ कि भने सर्गान अश्शूरी राजाको अर्को नाउँ हुनुपर्छ बाइबलमा नै गल्ती भनी बाइबलका आलोचकहरूले निर्धक्कसँग निष्कर्ष निकालेका थिए

तर ख्रीष्टाब्द १८४३ को पुरातात्त्विक खोजले बाइबलका आलोचकहरूमाथि वज्रपात प्रहार गर्यो पावल इमाइल बोट्टाले इराकको आधुनिक खोर्साबाद भन्ने ठाउँमा राजा सर्गानको दरबार नै फेला पारे यस खोजसँगै एक पटक काल्पनिक ठानिएको राजा सर्गान आलोचकहरूको दृष्टिकोणमा पनि ऐतिहासिक भएको पुष्टि भएको सर्गानले ७२२७०५ ख्रीष्टपूर्वसम्म शासन गरेका थिए अश्शूरको प्राचीन राजधानी निनवेमा तिनको बारेमा कुनै सङ्केत फेला नपारिनुको कारणचाहिँ यही हो कि तिनले आफ्नो महल निनवेमा नभई दुर सरुकिन (इराकको आधुनिक खोर्साबाद) मा ठड्याएका थिए पुरातात्त्विक खोजले तिनको ऐतिहासिकलाई मात्र पुष्टि गरिदिएको छैन तर यशैया २०: मा उल्लेख भएझैँ अश्दोदमाथि तिनको कब्जालाई तिनले आफ्नो महलका भित्ताहरूमा कुँदेको पनि प्रमाणित गरिदिएको फेला पारिएको एउटा शिलालेखमा यसरी लेखिएको , “अश्शूरका राजा सर्गान जसले सामरिया इस्राएलको पुरै क्षेत्रमाथि कब्जा गरे, अश्दोदका मानिसहरूलाई निर्वासनमा लगे

यसरी कैयौँ वर्षसम्म प्रश्न तेर्साइएको बाइबलको खण्डलाई उन्नाइसौँ शताब्दीको पुरातात्त्विक खोजले ऐतिहासिक प्रमाणित गरी बाइबलका आलोचकहरूको मुख बन्द गरिदिएको

Leave Your Comments Here.