जोसेफ
स्टालिन बिसौँ शताब्दीको तेस्रो
दसकदेखि ख्रीष्टाब्द १९५३ मा
आफ्नो मृत्यु नहोउञ्जेलसम्म
सोभियत
युनियनका नास्तिकवादी
अगुवा थिए ।
स्कुलहरूमा विशेष नास्तिकवादी शिक्षा
लादेर, धर्मको विरुद्धमा व्यापक
प्रचार–प्रसार गरेर, विश्वासीहरूको
विरुद्धमा त्रासदीपूर्ण गतिविधिहरू गरेर तिनको
सरकारले नास्तिकवादलाई बढावा दिएको थियो
।
स्टालिनका
दुई छोरा र
एक छोरी थिए
। एउटा छोरो
ख्रीष्टाब्द १९४१ मा
नाजीहरूद्वारा कब्जा गरिए र
पछि बन्दी शिविरमा
उसको मृत्यु भयो
। अर्को छोरो
दुव्र्यसनमा फसी ४०
वर्षको उमेरमा यस धरतीबाट
बिदा भएर गयो
।
स्टालिनको
स्भेटलना अलिलुएभा नाउँ गरेको
एक जना छोरी
थिए । उनले
ख्रीष्टाब्द १९६७ मा
साम्यवाद र रुसलाई
त्यागी सनसनी मच्चाइदिइन् ।
धेरै मानिसहरू तिन
छक खाए ।
उनले किन साम्यावादलाई
त्याग गरेकी थिइन्
भन्ने पत्रकारहरूको प्रश्नमा
उनले न्युयोर्कमा बताइन्,
“ह्दयमा परमेश्वरलाई नअङ्गाली जिउन
असम्भव भएको पाएँ
मैले । कसैको
सहायता वा प्रचारविना
म आफै नै
त्यो निष्कर्षमा पुगेँ
। त्यो एउटा
ठुलो परिवर्तन थियो
किनकि त्यस क्षणदेखि
उसो साम्यवादका मुख्य–मुख्य सिद्धान्तहरू मेरा
लागि कुनै महत्त्वका
रहेनन् । म
यहाँ आत्मविकासको खोजीको
लागि आएको छु
जसलाई रुसमा धेरै
लामो समयदेखि इन्कार
गरिएको थियो ।”
स्भेटलनाले
सङ्घर्षपूर्ण जीवन बिताइन्
। रुसलाई छाड्न
उनले त्यसको राजधानी
सहरमा भएका दुई
छोरीलाई पनि छाड्नुपर्यो
र उनले महसुस
गरिन् कि त्यहाँ
फर्केर जान उनको
लागि असम्भव भइसकेको
थियो ।