प्रशान्त
महासागरमा साना ठुला गरेर बिस हजारभन्दा बेसी टापुहरू छन् । दोस्रो विश्व युद्धको बेलामा
(ख्रीष्टाब्द १९३९–१९४५)
एक जना अमेरिकी सिपाही कुनै एउटा टापुमा पुगेछ । उसले त्यहाँको कोही एक जना स्थानीय
बासिन्दालाई भेट्यो जसले पढ्न सक्थ्यो र उसको हातमा बाइबल थियो । बाइबललाई देखेर सिपाहीले
भन्यो, “हामी शिक्षित मानिसहरू यस किताबमा त्यति धेरै विश्वास गर्दैनौँ ।” त्यो स्थानीय बासिन्दा
त्यो जातिको थियो जुन जातिले पहिले मान्छेको मासु खान्थ्यो । उसले जवाफ दियो, “हामीले
यस किताबमाथि विश्वास गरेर राम्रै गरेका छौँ नत्रभने हाम्रा मानिसहरूले आज तिमीलाई
खाइदिन्थे ।”
वास्तवमा
बाइबल र ख्रीष्टियान शिक्षाले उसको जातिमा परिवर्तन ल्याइदिएको थियो । मान्छेको मासु
खाने जातिलाई बाइबलले सभ्य जाति बनाइदिएको थियो । मानवीय जीवन मूल्यवान् छ भनी तिनीहरूले
सिके । बाइबलले ल्याएका मनग्गे सामाजिक रूपान्तरणहरूमध्ये यो एउटा हो ।