पुरानो
करारको इतिहासमा महत्त्वपूर्ण भूमिका
निर्वाह गरेको एउटा जातिको
नाउँ हो— हित्ती
। कैयौँ वर्षसम्म
बाइबलभन्दा बाहिर यस जातिको
बारेमा पुरातत्त्वविद्साथै इतिहासकारहरूलाई केही थाहा
थिएन । त्यसैले
बाइबलका आलोचकहरूले भन्ने गर्थे
कि बाइबलमा हित्ती
जातिको उल्लेख बाइबल मिथ्या
हो भन्ने प्रमाण
हो । बाइबलभन्दा
बाहिर अन्य ऐतिहासिक
दस्तावेजहरूमा पनि उल्लेख
नभएको र पुरातत्त्वविद्याले
पनि यस जातिको
बारेमा केही पत्ता
नलगाएकोले यो जाति
कहिल्यै अस्तित्वमा थिएन भनी
बाइबलका आलोचकहरूले तर्क गर्दै
आएका थिए ।
तर ख्रीष्टाब्द १८७६
बाट कैयौँ पुरातात्त्विक
खोजहरू प्रकाशमा आएका छन्
जसले यस जातिको
ऐतिहासिकतालाई पुष्टि मात्र गरेका
छैनन् तर पन्ध्रौँ
र सोर्हौँ शताब्दी
ख्रीष्टपूर्वमा यो एउटा
शक्तिशाली जाति पनि
रहेछ भनी प्रमाणित
गरेका छन् ।
बाइबलमा
हित्ती जातिको बारेमा झण्डै
पचास पटक उल्लेख
गरिएको छ ।
बाइबलीय विवरणअनुसार हित्तीहरू हेतका
सन्तान थिए (उत्पत्ति
१०:१५) ।
हेत कनानका छोरा
थिए जसका पिता
हाम थिए जो
नोआका तिन जना
छोरामध्ये एक हुन्
। हित्तीहरूले सिरिया
र टर्कीको पूर्वी
क्षेत्रमा शासन गरेका
थिए । तिनीहरूले
सिमानाको लागि मिश्रसाथै
बेबिलोनसित लडाईं गरे ।
विश्वासका पिता अब्राहाम
यस जातिसित परिचित
थिए । आफ्नी
पत्नी साराको लागि
तिनले यस जातिबाट
जग्गा किने भनी
बाइबलले बताउँछ (उत्पत्ति २३
अध्याय) । हित्ती
उरियाह बाइबलमा उल्लिखित एक
परिचित नाउँ हो
जो दाऊदका एक
जना सिपाही थिए
(२ शमूएल ११:३) ।
विभाजित इस्राएल राज्यको शासन
अवधिमासाथै निर्वासनबाट यहूदीहरूको फिर्ती
हुँदासम्म यस जातिको
उल्लेख भएको पाइन्छ
(एज्रा ९:१)
। वरिपरिको संस्कृतिमा
मिसिन गई तिनीहरूले
आफ्नो छुट्टै पहिचान
गुमाए भनी अनुमान
गरिएको छ ।
ए.
एच. सेइसले टर्कीमा
केही शिलालेखहरू फेला
पारे र तिनले
आफ्नो खोजसाथै हित्ती
जातिको बारेमा द हित्ताइज:
द
स्टोरी
अफ
अ
फरगटन
एम्पाएर
नामक पुस्तक लेखे ।
दस वर्षपछि टर्कीको
बोघाज–कुई भन्ने
ठाउँमा माटाका पात्रहरू फेला
पारिए । जर्मन
पुरातत्त्वविद्साथै इतिहासकार ह्युगो विंकलरले
ती पात्रहरूको अनुसन्धान
गरी ख्रीष्टाब्द १९०६
मा तिनी आफै
त्यस ठाउँमा प्रस्थान
गरे, थप अध्ययनको
लागि । तिनको
दलले हजारौँ त्यस्ता
माटाका पात्रहरू फेला पारे
। बोघाज–कुई
हित्ती जातिको राजधानी सहर
नै भएको पुष्टि
भयो जसलाई सुरुमा
हतुसा भनेर चिनिँदोरहेछ
। विंकलरको दलले
ठुला–ठुला मन्दिरहरू,
बडेमाका चिहानहरूसाथै मजबुत कील्लाहरू पनि
पत्ता लगाए ।
यसरी
बाइबलका आलोचकहरूद्वारा एक पटक
काल्पनिक ठानिएको जातिलाई पुरातात्त्विक
खोजले ऐतिहासिक प्रमाणित
गरिदिएको छ ।
यसले एकातिर बाइबलको
विशुद्ध ऐतिहासिकतालाई पुष्टि गरिदिएको छ
भने अर्कोतिर यसका
आलोचकहरूको मुख बन्द
गरिदिएको छ ।