कोरेसको
सिलिन्डर प्राचीन माटोले बनेको
एउटा सिलिन्डर हो
जसमा फारसका राजा
कोरेसको नाउँ उल्लेख
गरिएको छ ।
ख्रीष्टाब्द १८७९ मा
मेसोपोटामियाको बेबिलोन (अर्थात् आधुनिक
इराक) मा यसलाई
पत्ता लगाइएको हो
। छैटौँ ख्रीष्टपूर्व
अर्थात् आजभन्दा २,६००
वर्षअगि बनाइएको यस सिलिन्डरलाई
अहिले ब्रिटिस सङ्ग्राहलयमा राखिएको
छ । ५३९
ख्रीष्टपूर्वमा फारसले बेबिलोनी साम्राज्यमाथि
विजय हासिल गरेपछि
राजा कोरेसले यसको
निर्माण गरेका थिए ।
करिब ९ इन्च
लामो यो माटोको
सिलिन्डरलाई हर्मोन रासमले पत्ता
लगाएका थिए ।
यस
सिलिन्डरमा राजा कोरेसले
बेबिलोनी सहरमाथि आफूले प्राप्त
गरेको विजयलाई वर्णन
गरेका छन् ।
आफूले कब्जा गरेको
देशसाथै तिनीहरूका देवीदेवता र
धर्मको सम्बन्धमा पनि तिनले
आफ्नो नीतिलाई यस
सिलिन्डरमा उल्लेख गरेका छन्
।
बाइबलका
विद्यार्थीहरूका लागि कोरेस
कुनै अपरिचित नाउँ
होइन । तिनी
क्याम्बिसस प्रथमका छोरा थिए
। फारस साम्राज्यका
संस्थापक कोरेस सर्वप्रथम ५५९
ख्रीष्टपूर्वमा सिंहासनमा बसेका थिए
। नौ वर्षपश्चात्
तिनले मादीहरूलाई जितेर
मादी–फारसलाई संयुक्त
राज्य बनाए ।
५३९ ख्रीष्टपूर्वमा कोरेसले
बेबिलोनलाई आफ्नो हातमा पारेका
थिए । बेबिलोन
कब्जा गरिएको केही
वर्ष बित्न नपाउँदै
मन्दिरको पुनर्निर्माण गर्न यहूदीहरू
आफ्नो देशमा फर्केर
जान सक्छन् भनी
तिनले उर्दी निकाले
।
एज्राले
तिनको घोषणालाई यसरी
अभिलिखित गरेका छन्, “फारसका
राजा कोरेस यसो
भन्छन्, ‘परमप्रभु, स्वर्गका परमेश्वरले
पृथ्वीका सबै राज्य
मलाई दिनुभएको छ
। उहाँले नै
मलाई यहूदाको यरूशलेममा
उहाँको निम्ति एउटा मन्दिर
बनाउन आज्ञा गर्नुभएको
छ । तिमीहरूका
बीचमा हुने उहाँका
प्रजाको प्रत्येक मानिससँग परमेश्वर
रहून् । सो
यहूदाको यरूशलेममा उक्लेर जाओस्,
र यरूशलेममा हुनुहुने
परमेश्वर, इस्राएलका परमेश्वर, परमप्रभुको
मन्दिर त्यसले पुनर्निर्माण गरोस्
। बाँचेको प्रत्येक
यहूदी जहाँ–जहाँ
छ त्यस ठाउँका
बासिन्दाहरूले यरूशलेम स्थित परमेश्वरका
मन्दिरको निम्ति त्यसलाई सुन,
चाँदी, धन–सम्पत्ति
र गाईबस्तुहरू तथा
राजीखुशीको भेटी जुटाइनुपर्नेछ’”
(एज्रा १:२–४) । यरूशलेममा
मन्दिर पुनर्निर्माण गरिनुपर्छ र यस
महान् कार्यको लागि
इच्छुक निर्वासित व्यक्तिहरूलाई जान
अनुमति छ (एज्रा
१:१–११)
भन्ने बाइबलको विवरणसित
यस नवआविष्कृत पुरातात्त्विक
खोज बेमेल छैन
।
बाइबलीय विवरणलाई स्वतन्त्रण रूपमा
पुष्टि गर्ने यो एउटा
महत्त्वपूर्ण पुरातात्त्विक खोज हो
। किनकि यसले
बाइबल धर्मशास्त्रले भनेझैँ
फारसका राजा कोरेस,
बेबिलोनमाथि तिनको विजय र
मन्दिर पुनर्निर्माणको निम्ति प्रदान गरिएको
तिनको अनुमतिलाई उल्लेख
गर्छ ।