menu bar

Wednesday, July 22, 2015

चन्द्र लिला: ब्राम्हण परिवारमा जन्मेर सुसमाचारको राजदूत बनेकी नेपाली चेली



दु:खै दुखले भरिएको भारी जीवन लिएर एक जना केटी शान्तिको खोजीमा भौतारिँदै थिइन् एक दिन बाइबल बोकेको अर्को जवान केटीसित उनको भेट भयो ती खोजकर्ताले आफै बाइबल पढ्न थालिन् उनलाई बाइबलको वचन अति रुचि लाग्न थाल्यो उनले सुसमाचारको सन्देशलाई निलिन् आफ्नो स्वअध्ययनद्वारा उनले आफ्नो  जीवन प्रभु येशूमा समर्पित गरिन् बाँकी जीवनभरि उनी ख्रीष्टको भक्त रहिन् वर्षौंसम्म आफूले परिश्रमसाथ खोजी गरेको शान्ति आफूले कहिल्यै अपेक्षा नगरेको स्रोतबाट प्राप्त गर्न सफल भइन् उनी उनको नाउँ होचन्द्र लिला

चन्द्र लिलाको जन्म ख्रीष्टाब्द १८४० मा राजकीय पूजाहारीको छोरीको रूपमा नेपालको काठमाडौँमा भएको थियो विवाहको महत्त्व नै थाहा नपाईकन उनी सात वर्षको कलिलो उमेरमा वैवाहिक बन्धनमा बाँधिन पुगिन् तर दुई वर्षपश्चात् नौ वर्ष पुग्दा उनी विधवा हुन पुगिन् हिन्दु धर्मशास्त्रअनुसार उनका पतिको मृत्युको कारण उनी नै थिइन् भन्ने उनको बुझाइ रहेको थियो यसरी तात्कालीन रीतिरिवाजअनुसार उनको कपाल खौरियो; उनको दुब्लो शरीरबाट उनको शरीरलाई सिँगार्ने गरगहनाहरू फुकालिए रङ्गीचङ्गी वस्त्रलाई सेतो वस्त्रले प्रतिस्थापन गर्यो

अर्को वर्ष उनले आफ्नी आमा गुमाइन् उनको दर्दको घाउ झनै गहिरियो तर दयालु पिताले मलहम पट्टी लगाउने कोसिस गरे बुबाले उनलाई संस्कृत भाषा पढ्न लेख्न सिकाए यद्यपि त्यस बेलाको चलनअनुसार त्यो बिल्कुलै अनौठो अभ्यास थियो

केही वर्षपश्चात् उनी बुबासँगै भारतका भूमिहरूमा तीर्थयात्रामा सामेल भइन्, शान्तिको खोजीमा तर ती सबै व्यर्थ ठहरिए यात्राबाट आएको केही समयपछि उनका पिता बिरामी परे तिनी परलोक भए यसरी चौध वर्षको उमेरमा चन्द्र लिलाले आफ्ना भन्नेहरू सबैलाई गुमाए उनले बाँकी जीवन एकलै गुमाउनुपर्यो  

बुबाका ती पवित्र भन्ने किताबहरू पढेर उनले पत्ता लगाइन् कि भारतको चार धामसाथै बनारसमा तीर्थ यात्रा गएको खण्डमा उनले खोजेको शान्ति फेला पार्नेथिइन् शान्तिको खोजीमा उनी पछिल्लो १७ वर्ष भारतको विभिन्न पवित्र स्थलहरू चाहारिन् तर हात लाग्यो शून्य उनले शान्तिको खोजीको लागि केचाहिँ गरिनन् ? सन्यासी बनिन्; व्रत बसिन्; शरीर शिरमा खरानी धसिन्; आगोको रापमा बसिन्; तातो घाममा आफ्नो शरीरलाई डढाइन्; जाडो महिनामा दिनरात पानीमा बसिन् उनले तिन वर्षसम्म यस्तो खालको जीवन जिइन् तर सबै प्रयास निरर्थक ठहरिए

अन्तत: चन्द्र लिलाले खोजेको शान्ति बाइबल पढेर पाइन् अब उनी ख्रीष्टियान भक्त बनिन्; सुसमाचारको योद्धा बनिन् यसरी चन्द्र लिला ब्राम्हण परिवारमा जन्मेर सुसमाचारको राजदूत बनेकी नेपाली चेली हुन्  

(नोट: यहाँ उल्लिखित सबै जानकारी डा. सिन्डी पेरीद्वारा लिखित पुस्तक A Biographical History of the Church in Nepal बाट लिइएको हो )

  

Leave Your Comments Here.