menu bar

Thursday, July 9, 2015

१० परिचित नास्तिकहरू जो ख्रीष्टियान बने



विभिन्न दृष्टिकोण भएका मानिसहरूले येशूलाई मुक्तिदाताको रूपमा अङ्गालेका छन् कसैले अनुसन्धानपश्चात् उहाँलाई भेट्टाउन पुगेका छन् भने कोही ऐतिहासिक ख्रीष्टियान विश्वासलाई अप्रमाणित गर्ने क्रममा उपलब्ध साक्षीहरूमार्फत उहाँको सामु घुँडा टेक्न बाध्य भएका छन् यहाँ हामी यस्ता १० जना नास्तिकहरूको बारेमा चर्चा गर्छौं जसले येशूलाई आफ्नो मुक्तिदाताको रूपमा स्वीकार गरे यिनीहरूमध्ये केही अझै जीवितै छन्   

. सी. एस. लेविस (१८९८१९६३)
ख्रीष्टाब्द १८९८ मा आएरल्यान्डमा जन्मेका सी. एस. लेविस १५ वर्षको उमेरमा नास्तिक बनेका थिए तर आफ्ना मित्र टोल्किनका गहकिला तर्कहरूबाट प्रभावित भई लेविस बिस्तारै ख्रीष्टियान विश्वासतर्फ फर्के ३३ वर्षको उमेरमा तिनी ख्रीष्टका अनुयायी बने अक्सफोर्ड क्याम्ब्रिजजस्ता विश्वप्रसिद्ध कलेजहरूमा पढाएका लेविसले ७० भन्दा बेसी पुस्तकहरू लेखेका छन्   ख्रीष्टियान विश्वासको पक्षमा लेखिएको तिनको कृति मेएर क्रिस्चियानिटीलाई पढेर हजारौँ मानिसहरूले प्रभु येशूमाथि विश्वास गरेका छन् तर्क विश्वासलाई वैरीको रूपमा नभई साखको रूपमा देख्ने लेविसको बुझाइमा तर्क विश्वासतर्फ डोर्याउने एउटा उपयुक्त मार्ग हो आख्यान गैरआख्यान दुवै क्षेत्रमा कलम चलाएका लेविस उपन्यासकार, कवि, साहित्यिक समालोचक, निबन्धकारसाथै ख्रीष्टियान रक्षाशास्त्री थिए   

. जोस म्याकडोल (१९३९–)
ख्रीष्टाब्द १९३९ मा अमेरिकामा जन्मेका जोस म्याकडोल धर्म, बाइबल मण्डलीदेखि वाक्क भएका थिए तिनको बुझाइमा ख्रीष्टियान विश्वास कुनै पनि हालतमा बौद्धिक वृत्तमा टिक्न सक्दैनथ्यो बौद्धिक रूपमा ख्रीष्टियान धर्म झुटो भनी पुष्टि गरेर दिखाइदिन एउटा गतिलो किताब लेख्ने अठोट गरे तिनले ख्रीष्टियमत एउटा छल हो भनी भरपर्दा स्रोतहरू जुटाई प्रमाणित गर्न तिनी अमेरिका युरोपभरि चाहारे तर तिनको अनुसन्धानले तिनलाई आफूले अपेक्षा गरेको गन्तव्यमा डोर्याएन तिनी बौद्धिक रूपमा बेइमान हुन सकेनन् अन्तत: आफ्नो जीवन येशूमा सुम्पे तिनी सामान्य विश्वासी मात्र बनेर रहेनन् बरु आफ्नो प्रतिभासाथै वरदानलाई परमेश्वरको राज्य बिस्तारको लागि प्रयोग गरिरहेका छन् तिनले जोस विश्वप्रसिद्ध ख्रीष्टियान रक्षाशास्त्री, प्रचारसाथै लेखक बनेका छन् १३८ ओटा पुस्तकका लेखकसाथै सहलेखक म्याकडोलको मोर देन कार्पेन्टर नामक कृति ८५ ओटा भाषामा अनुवाद भइसकेका छन् भने करोड ५० लाख प्रति छापिएका छन् नेपाली भाषामा पनि उपलब्ध यस कृतिले येशूको वास्तविक पहिचानलाई तार्किक, वैज्ञानिक ऐतिहासिक रूपमा उदाङ्गो पारेको   

. रबी जकरिया (१९४६–)
१७ वर्षको उमेरसम्म नास्तिक बनेका रबी जकरियाले जीवनमा अर्थ भेट्टाउन नसकेपछि विष सेवन गरेर आत्महत्या गर्ने कोसिस गरे तर तिनी मरेनन् अस्पतालको बेडमा नै तिनकी आमाले पढेको बाइबलको वचनले तिनको ह्दय छोयो तिनले आफ्नो जीवन प्रभु येशूमा सुम्पे ख्रीष्टाब्द १९४६ मा भारतमा जन्मेका रबी संसारभरि नै परिचित प्रचारकसाथै लेखक कहलाइएका छन् तिनी येशूको सुसमाचार सुनाउने क्रममा संसारका ७० भन्दा बेसी मुलुकहरूमा पुगिसकेका छन् हार्बड, जोन हप्किन्स, अक्सफोर्डजस्ता विश्वका नामी विश्वविद्यालयहरूमा प्रवचन तोडिसकेका रबीले बिसभन्दा बेसी पुस्तकहरू लेख्नुकासाथै सम्पादन गरेका छन् तिनी सीएनएन, फक्ससाथै अन्य अन्तर्राष्ट्रिय मिडियाहरूमा पनि देखा परेका छन् यसरी नास्तिक छँदा जीवनको अर्थ भेट्टाउन नसकेका रबीलाई बाइबलको वचनले जिउने शक्ति मात्र हालिदिएन तर सफलतालाई चुम्न चाहिने सृजनशील खुबी पनि थमाइदियो  

. लि स्ट्रोबेल (१९५२–)
पत्रकारिता कानुनका विद्यार्थी लि स्ट्रोबेल नास्तिक थिए तिनको बुझाइमा सर्वशक्तिमान् परमेश्वरको अवधारणा फजुलसिवाय केही थिएन तिनी अमेरिकामा प्रकाशित हुने सिकागो ट्रिबुन नामक दैनिक अखबारका कानुनी सम्पादक थिए एक दिन आफ्नी पत्नीले येशूमाथि विश्वास गरेपछि तिनको वैवाहिक सम्बन्ध टुट्ने भयो भनी ठाने तिनले तर श्रीमतीको जीवनमा देखा परेका सकारात्मक परिवर्तनले गर्दा तिनले उक्त विश्वासलाई जाँच्ने जमर्को गरे आफूसँग भएको प्रतिभालाई प्रयोग गरी तिनले एक वर्ष नौ महिना लगाएर ख्रीष्टियान धर्मको जाँच गरे त्यसको लागि तिनी विश्वका उत्कृष्ट बाइबल विद्वान्हरूको ढोका ढकढक्याउन पुगे; तिनीहरूसँग अन्तर्वार्ता लिए आफ्नो अनुसन्धानपश्चात् स्ट्रोबेल ख्रीष्टियमतबारे यति विश्वस्त हुन पुगे कि ३९ वर्षको उमेरमा तिनी ख्रीष्टका सच्चा सेवक बने आफ्नो खोजमा जम्मा भएका स्रोतहरूलाई प्रयोग गरी तिनले केस फर क्राइस्ट नामक पुस्तक लेखे जसले स्वर्ण पदक जित्यो हाल तिनी परिचित लेखक, पत्रकार, पास्टर रक्षाशास्त्री हुन्   
  
. अलिस्टर म्याकग्रेथ (१९५३–)
ख्रीष्टाब्द १९५३ मा आएरल्यान्डमा जन्मेका अलिस्टर म्याकग्रेथ झगडालु नास्तिकको रूपमा हुर्केका थिए तिनी नास्तिकवादमा लाग्नुका खास गरी दुई ओटा कारण थिए पहिलो, तिनले स्कुलमा विज्ञानसित सम्बन्धित विषयहरू लिएर पढेका थिए दोस्रोमा, ख्रीष्टाब्द १९६० को दसकमा माक्र्सवादी बन्नु प्रचलित थियो तर अध्ययनको क्रममा नास्तिकवादको तुलनामा ख्रीष्टियमत बेसी बौद्धिक अनुशासन भएको पाए तिनले यी आविष्कारहरूले तिनलाई नास्तिकवादबाट ख्रीष्टियान विश्वासतर्फ रूपान्तरित हुन आकर्षित गर्यो तिनले ख्रीष्टियान विश्वासलाई अङ्गाले ६३ वर्षे अलिस्टर म्याकग्रेथ हाल वैज्ञानिक, ईश्वरशास्त्री, बौद्धिक इतिहासकार ख्रीष्टियान रक्षाशास्त्री हुन् तिन ओटा विद्यावारिधि प्राप्त गर्न सफल म्याकग्रेथ नव नास्तिकवादको कडा विरोधी हुन्

. फ्रान्सिस कोलिन्स (१९५०–)
अमेरिकामा जन्मेका फ्रान्सिस कोलिन्स नास्तिक थिए तिनको बुझाइमा धार्मिक विश्वास आधारभूत रूपमा अन्धविश्वाससिवाय केही थिएन तर एक दिन आफ्नो उत्सुकतालाई मेट्न तिनी एक जना ख्रीष्टियान सेवककहाँ गए जसले बातचितको क्रममा तिनको हातमा एउटा पुस्तक थमाइदिएमेएर क्रिस्चियानिटी ख्रीष्टियान विश्वासको पक्षमा लेखिएका रचनाकारका तर्कसङ्गत प्रस्तुतीकरणबाट कोलिन्स ज्यादै प्रभावित भए तिनी ख्रीष्टियान हुन चाहेका थिएनन् तर तिनले आफ्नो बौद्धिक खुबीलाई इन्कार गर्न सकेनन् अन्तत: एक दिन पहाड चढ्ने क्रममा २७ वर्षको उमेरमा तिनले आफ्नो जीवन प्रभु येशूमा सुम्पे तिनी वंशाणुसम्बन्धी अमेरिकाका प्रसिद्ध वैज्ञानिक हुन् याले विश्वविद्यालयबाट रसायनशास्त्रमा विद्यावारिधि गरेका फ्रान्सिस नेसनल इन्स्टिच्युट अफ हेल्थका अध्यक्ष हुन् ६६ वर्षका कोलिन्सले नास्तिकवाददेखि ख्रीष्टियान विश्वाससम्मको तिनको आत्मिक यात्रालाई आफ्नो कृति ल्याङ्ग्वेज अफ गड: साइन्टिस्ट प्रिजेन्ट्स् एभिडेन्स फर बिलिफमा उल्लेख गरेका छन्   

. रिचार्ड उम्ब्रान्ड (१९०९२००१)
ख्रीष्टाब्द १९०९ मा मध्य युरोपेली मुलुक रोमानियामा जन्मेका रिचार्ड उम्ब्रान्ड १४ वर्षको उमेरमा नास्तिक बनाइएका थिए एक जना पाका ख्रीष्टियानबाट प्राप्त बाइबल पढेपछि तिनी येशूका अनुयायी बने आफ्नो जीवन येशूको निम्ति समर्पित गरेका रिचार्डले भूमिगत मण्डलीको सुरुआत गरे जुन गैरकानुनी थियो दुई पटक गरी १४ वर्ष जेल जीवन बिताएका रिचार्डले साम्यवादी जेलमा आफूले भोगेका अवर्णनीय यातनाहरूलाई आफ्नो प्रसिद्ध कृतिमा उतारेका छन्: ख्रीष्टको निम्ति प्रताडित पूर्वी साम्यवादी युरोपका पावलको रूपमा चिनिएका रिचार्डको जीवनको लक्ष्य नै साम्यवादीहरूलाई येशू चिनाउनु थियो त्यसैले तिनले साम्यवादी संसारको लागि येशू नामक संस्था खोले जसलाई पछि सहिदहरूको आवाज भनियो ख्रीष्टाब्द १९५६ मा रिचार्ड जेलमुक्त हुँदा तिनका छोरा मिहाइले बुबालाई सोधे, “तपाईंले भोग्नुभएका यी सबै दु: कष्टबाट तपाईंले के सिक्नुभएको ?” बुबाले उत्तर दिए, “पहिलो कुरा, परमेश्वर अस्तित्वमा हुनुहुन्छ दोस्रोमा, ख्रीष्ट हाम्रा मुक्तिदाता हुनुहुन्छ तेस्रोमा, अनन्त जीवन चौथोमा, प्रेम नै सर्वोत्तम मार्ग हो

. सिमोन ग्रिनलिफ (१७८३१८५३)
अमेरिकाको हार्वड स्कुलमा कानुनका बौद्धिक प्राध्यापक सिमोन ग्रिनलिफले पढाउने क्रममा आफ्ना विद्यार्थीहरूलाई भन्दै थिए कि येशूको पुनरुत्थान केवल मिथ्या हो तिनी नास्तिक भएकाले तिनको बुझाइमा येशूको पुनरुत्थानजस्तो आश्चर्यकर्म असम्भव थियो तर तिनका विद्यार्थीहरूले दिएको चुनौतिलाई गम्भीर रूपमा लिई तिनले येशूको पुनरुत्थानबारे अनुसन्धान थाले सत्यताको निम्ति साक्षीका आफ्नै नियमहरूलाई प्रयोग गरी तिनी निर्णयमा पुगेक्रूसारोहणपश्चात् देखा परेको दृश्यको लागि उहाँको पुनरुत्थान नै सबैभन्दा उत्कृष्ट व्याख्या हो तिनी आफूले बटुलेका साक्षीहरूबाट यति विश्वस्त बन्न पुगे कि तिनी पक्का ख्रीष्टियान बने आफूले जम्मा पारेका सामग्रीहरूबाट तिनले येशूको पुनरुत्थानको पक्षमा एउटा गतिलो पुस्तक लेखे: टेस्टिमुनी अफ इभान्जलिस्टस् तिनी विश्वास गर्छन् कि पूर्वाग्रही नभईकन उपलब्ध साक्षीलाई इमान्दारीपूर्वक जाँच गर्ने व्यक्ति उही निष्कर्षमा पुग्छ जुन निष्कर्षमा तिनी पुगेका थिएयेशू वास्तवमै बौरी उठ्नुभयो    

. जेकब डे साजर (१९१२२००८)
जेकब डे साजर अमेरिकाका एक जना नास्तिक पाइलट थिए दोस्रो विश्वयुद्ध हुँदा अमेरिकाले जापानमाथि हवाइ आक्रमण गर्ने क्रममा प्रतिआक्रमणमा परेर तिनी समातिएका थिए तिनलाई जापानको जेलमा हालियो बाँच्ने कुनै आशा थिएन तर तिनले साहसपूर्वक झ्यालखानाका हाकिमहरूलाई अनुरोध गरे, “मलाई एउटा बाइबल ल्याइदिनुहुन्छ कि ?” तिनको अनुरोधलाई तिनीहरूले खिल्लीमा उडाइदिए तिनीहरूलाई लाग्यो कि यो कुनै ठट्टा थियो तिनले निरन्तर रूपमा कर लगाएकोले केही सिप नलागी तिनको हातमा बाइबल दिइयो, केवल तिन हप्ताको लागि यो छोटो अवधिमा तिनले बाइबलाई जुन रफ्तारले पढेका थिए; त्यसमाथि मनन गरेका थिए जीवनको अर्थसाथै मानवजातिको आखिरी गन्तव्यको विषयमा बाइबलका वचनहरूमा डुबेका थिए त्यसले तिनको जीवनमा नाटकीय परिवर्तन ल्याइदिसकेको थियो पछि तिनी जापानी निर्वासनबाट जेलमुक्त भए १९४८ मा आफ्नी पत्नी भर्खरैको छोरो लिएर तिनी फेरि जापानमा नै गए: तर यस पटक कैदीको रूपमा नभएर मिसनरीको रूपमा मिसनरी भएर तिनले जापानमा ३० वर्ष बिताए      

१०. मार्भिन ओलास्की (१९५०–)
ख्रीष्टाब्द १९५० मा अमेरिकामा जन्मेका मार्भिन ओलास्की किशोर अवस्थामा नास्तिक बनेका थिए कलेजमा माक्र्सवादको शिष्य बनी ख्रीष्टाब्द १९७२ मा तिनी कम्युनिस्ट पार्टी युएसएमा लागे तर माक्र्सवादबाट वाक्क भएर जीवनमा उद्देश्य खोजी हिँडेका मार्भिनले बाइबलको नयाँ करारका अतिरिक्त ख्रीष्टियानहरूले लेखेका अन्य मनग्गे पुस्तकहरू पढे तिनले खोजेका शान्ति उद्देश्य तिनले बाइबलको पानामा फेला पारे ख्रीष्टाब्द १९७६ मा तिनी ख्रीष्टियान बने हाल तिनी अमेरिकामा प्रकाशित हुने वल्र्ड नामक परिचित पत्रिकाको प्रधान सम्पादक हुन् जुन पत्रिका ख्रीष्टियान विश्वासको फैलावटमा समर्पित तिनी बिस ओटाभन्दा बेसी कृतिका लेखक हुन्







Leave Your Comments Here.