८,००० भन्दा
बेसी भजनसाथै गितका
दृष्टिविहीन रचयिता हुन्, फेन्नी
जे. क्रज्बी ।
मानवीय दृष्टिकोणबाट आफू असक्षम
हुँदाहुँदै पनि उनी
जीवनमा सफलताको त्यो उचाइसम्म
पुग्न सफल भइन्
जहाँसम्म थोरै असक्त
मानिसहरू मात्र पुग्न सक्छन्
।
कुनै
एउटा रातमा फेन्नी
केही जवान केटाहरूको
बिचमा बोल्दै थिइन्
। एउटा केटो
आफ्नी आमाबाट तर्केर
आएको छ जसलाई त्यस रातमा
उद्धार नगरिएको खण्डमा ऊ
सदाको निम्ति हराउनेथियो
भन्ने विचार फेन्नीको
मनमा नाचिरहेको थियो
। यदि त्यस्तो
कोही केटो त्यहाँ
उपस्थित छ भने
आफूलाई बताउन उनले बिन्ती
गरिन् । सेवाको
अन्त्यमा अठार वर्षको
एक जना जवान
मानिस अगाडि आए
र यसो भने,
“फेन्नी ज्यू, तपाईंले मलाई
भन्नुभएको हो ? स्वर्गमा
भेट्नेछु भनी मैले
मेरी आमासित प्रतिज्ञा
गरेको थिएँ ।
तर अहिले म
जुन किसिमले बाँचिरहेको
छु त्यसको कारणले
गर्दा त्यो असम्भव
छ ।” तर
फेन्नीले तिनको लागि प्रार्थना
गरिन् अनि तिनलाई
प्रभु येशूमा डोर्याइन्
। दुवैले प्रार्थना
गरेपछि भर्खरै प्रभुमा आएका
ती जवान मानिसले
भने, “अब, स्वर्गमा
मेरी आमालाई भेट्न
म तयार भएको
छु किनकि मैले
परमेश्वरलाई पाएको छु ।”
ख्रीष्टाब्द
१८६९ मा अमेरिकाको
न्युयोर्कमा फेन्नीले यस्तो अनुभव
गरेपछि तिनले रेस्क्यु द
पेरिसिङ्ग
(हराइरहेकाहरूलाई छुटकारा देऊ) नामक
भजनका शब्दहरू कोरेकी
थिइन् ।