menu bar

Monday, July 6, 2015

१५ वर्षको लगातार प्रार्थनापछि टोरीका दाजुले विश्वास गरे



आर. . टोरी उन्नाइसौँ शताब्दीको मध्यतिर अमेरिकामा जन्मेका प्रचारक, पास्टर, शिक्षक लेखक थिए

लाग्थ्यो, टोरीका जेठो दाजुले प्रभुलाई कहिल्यै विश्वास गर्दैनथ्ये तर प्रार्थनामा औधी विश्वास गर्ने टोरीले आफ्नो दाजुको परिवर्तनको निम्ति १५ वर्षसम्म निरन्तर रूपमा प्रार्थना गरिरहे तिनले दाजुको लागि प्रार्थना गर्न एक दिन पनि छुटाएनन्

जाडो महिना थियो अमेरिकाको सिकागो सहरमा टोरी घुँडा टेकेर प्रार्थना गरिरहँदा तिनले परमेश्वरको आवाज सुने, “मैले तिम्रो प्रार्थना सुनेको छु अब तिमीले प्रार्थना गर्नुपर्दैन तिम्रो दाजुले विश्वास गर्नेछन्

दुई हप्तापछि टोरीका दाजु तिनको घरमा आए तिनी बिरामी परेका थिए त्यसैले तत्कालै घर छाडेर जान सक्ने अवस्थामा थिएनन् घरबाट प्रस्थान गर्नुभन्दा ठिक एक दिनअगि विख्यात प्रचारक डी. एल. मुडीको अफिसमा टोरीका दाजुले आफ्नो जीवन प्रभु येशूमा सुम्पे

कुनै एउटा सहरमा बैठक भइरहँदा टोरीले परमेश्वरको यस शक्तिलाई त्यहाँ प्रस्तुत गरेका थिए बैठकको अन्त्यमा एक जना वृद्धा अगाडि आई यसो भनिन्, “मेरो दाजुले प्रभुमा विश्वास गरोस् भनी मैले धेरै वर्षदेखि प्रार्थना गर्दै आएको थिएँ उहाँ अहिले ६३ वर्षको हुनुहुन्छ तर केही समयअगि मैले प्रार्थना गर्न छाडिदिएँ तर फेरि प्रार्थनालाई निरन्तरता दिनेछु दुई हप्ता पनि बित्न नपाउँदै ती वृद्धाले भनिन्, “मैले मेरो दाजुबाट खबर पाएको छु कि उहाँले ख्रीष्टलाई स्वीकार गर्नुभएको ”       

Leave Your Comments Here.