मत्ती
१२:१–२ मा लेखिएको
छ, “त्यस समय
येशू शबाथमा अन्नका
खेतहरूबाट भएर जाँदैहुनुहुन्थ्यो
। उहाँका चेलाहरू
भोकाएका थिए र
अन्नका बाला टिप्दै
खान लागे ।
तर फरिसीहरूले यो
देखेर उहाँलाई भने,
‘हेर्नोस्, तपाईंका चेलाहरू शबाथमा
जे गर्नु अनुचित
छ, त्यही गर्दछन्’
।” के शबाथमा
अन्न टिपेर खाँदा
फरिसीहरूले आरोप लगाएझैँ
येशूका चेलाहरूले शबाथको उल्लङ्घन
गरे त ?
भोकाएको
बेलामा शबाथको दिनमा अन्नको
बाला टिपेर खाँदा
येशूका चेलाहरूले परमेश्वरको व्यवस्थाको
उल्लङ्घन गरेनन् । तर
निश्चय नै तिनीहरूले
फरिसीहरूको व्यवस्था भने तोडे
। परमेश्वरको व्यवस्थामा
फरिसीहरूले आफ्ना परम्पराहरू थपेका
थिए जसको लागि
येशूले तिनीहरूलाई बारम्बार हप्काउनुभयो
(मत्ती ५:४३
र १५:६
लाई पनि हेर्नुस्)
। पुरानो करारअनुसार
शबाथ–दिनमा दया
र आवश्यक कामहरू
गर्न मिल्थ्यो ।
यस खण्डमा येशूका
चेलाहरूले अन्नको कटनी गरिरहेका
छैनन् बरु तिनीहरूले
केवल अन्नको बाला
टिपेर खाँदै छन्
जुन कार्य गर्न
पुरानो करारको व्यवस्थाले अनुमति
दिएको थियो (व्यवस्था
२३:५) ।
शबाथको
विषयमा येशूले भन्नुभएको छ,
“शबाथ–दिन मानिसको
लागि बनेको हो,
मानिस शबाथ–दिनको
निम्ति होइन” (मर्कूस २:२७) ।
उहाँ नै शबाथको
प्रभु हुनुहुन्छ भनेर
पनि उहाँले दाबी
गर्नुभएको छ ।
येशूको भनाइको अर्थ यही
हो कि शबाथ
उच्चतम नियम थिएन
किनकि न्याय, दयाजस्ता
विषयहरू उच्च कोटीमा
पर्छन् (मत्ती २३:२३
लाई हेर्नुस्) ।
येशू जो परमेश्वरको
पुत्र हुनुहुन्छ उहाँ
शबाथको नोकर हुनुहुन्थेन,
उहाँ त यसको
मालिक हुनुहुन्थ्यो ।
उहाँले यसको सृजना
गर्नुभयो र उहाँले
चाहनुभएको खण्डमा यसलाई बद्लन
सक्नुहुन्थ्यो जस्तो उहाँले पछि
गर्नुभयो ।
यसरी,
हामी देख्छौँ कि
फरिसीहरूले येशूका चेलाहरूलाई गलत
अभियोग लगाएका थिए ।
येशू र उहाँका
चेलाहरू होइन तर
फरिसीहरू गलत थिए
।