गंगाप्रसाद
प्रधान पहिलो अभिषिक्त नेपाली
ख्रीष्टियान पास्टर, नेपाली बाइबलको
मुख्य अनुवादकसाथै अङ्ग्रेजी–नेपाली शब्दकोशको सहलेखक
हुन् ।
पिता
रूपनारायण र माता
राजमती प्रधानका कान्छो छोरोको
रूपमा गंगाप्रसादको जन्म
४ जुलाई १८५१
मा काठमाडौँको ठमेलमा
भएको थियो ।
काम गर्ने उद्देश्यले
गंगाको परिवार दार्जिलिङ जाँदा
तिनी केवल १०
वर्षका थिए ।
१९
वर्षको उमेरमा स्कुलमा भर्ना
भएका गंगा प्रसादले
कान्छी आमाको कचकचले गर्दा
स्कुल छाड्नु परेको
थियो । तर
जवान गंगामा असाधारण
क्षमता देखेका विदेशी विलियम
म्याकफर्लेनको पहलमा तिनले पुन:
पढ्ने मौका पाए
। तिनी पढ्नमा
निकै टाठा थिए
।
तिनले
पढ्न जानेपछि हिन्दी
भाषामा उपलब्ध बाइबललाई आफैले
पढ्न थाले ।
आफ्नो बाइबल अध्ययनबाट
मूर्तिमा कुनै शक्ति
छैन भन्ने कुरोमा
तिनी विश्वस्त हुन
पुगे । पूजामा
सहभागी नहुने र धार्मिक
चाड पर्वको बेलामा
मूर्तिहरूलाई चढाइएको मासु नखाने
कठिन निर्णय लिए
तिनले । तिनको
त्यस्तो चाला देखेर
परिवारका सदस्यहरू भने चिन्तित
भए । तिनले
आफ्नो जीवनमा ख्रीष्टको
खाँचो देखिसकेका थिए
। परिणामत: ख्रीष्टाब्द
१८७४ मा तिनले
येशूलाई आफ्नो प्रभु र
मुक्तिदाताको रूपमा अङ्गाले ।
२४
जनवरी १८७५ मा
विनकुपद्वारा पानीको बप्तिस्मा लिएका
गंगाप्रसाद भर्खरै उम्रँदै गरेको
दार्जिलिङ मण्डलीको दोस्रा नेपाली
ख्रीष्टियान बने ।
प्रभु येशूको अनुयायी
बनेपछि तिनको परिवारले तिनलाई
स्वीकार नगरे तापनि
सुसमाचारको निम्ति तिनी जोसिला
थिए । तिनी
पहिलो नेपाली प्रचारक
बने ।
इङ्गल्यान्डबाट
भारतमा मिसनरी बनेर आएका
विलियम केरीले ख्रीष्टाब्द १८२१
मा नै नयाँ
करारलाई नेपाली भाषामा अनुवाद
गरिसकेको भए तापनि
त्यो प्रचलनमा आउन
सकेको थिएन ।
तसर्थ, जनमानसले बुझ्ने भाषामा
नेपाली बाइबलको उपलब्धता खटकिएको
थियो । मूलत:
गंगा प्रसादको प्रयत्नमा
ख्रीष्टाब्द १९१४ मा
पुरै बाइबललाई नेपाली
भाषामा उतारियो । यो
नै नेपाली भाषामा
उपलब्ध प्रथम नेपाली बाइबल
थियो ।
साहित्यमा
औधी रुचि भएका
गंगाप्रसादले ख्रीष्टाब्द १९०१ मा
गोर्खे
खबर्
कागत्को पहिलो
प्रकाशन गरे ।
यो नै नेपाली
भाषामा छापिएको पहिलो पत्रिका
हो । यसको
प्रकाशनको चार महिनापश्चात्
मात्रै गोरखापत्रको पहिलो अङ्क
छापिएको थियो ।
गोर्खे
खबर्
कागत्
नेपालीहरूको बिचमा अति लोकप्रिय
बन्यो । ख्रीष्टाब्द
१९३२ मा तिनी
अनन्तको घरमा प्रस्थान
नगरुञ्जेलसम्म यस पत्रिकाले
निरन्तरता पाइरह्यो । आफ्नो
कामलाई निरन्तरता दिन तिनले
गोर्खा प्रेस नामक आफ्नै
छापाखानाको पनि थालनी
गरेका थिए ।
नेपाली साहित्यको विकासमा गंगाप्रसादको
प्रभाव अद्भूत देखिन्छ ।
वास्तवमा
गंगाप्रसाद शिक्षक, प्रचारक, अनुवादक,
लेखक, सम्पादक, प्रकाशक
मात्र नभएर सङ्गीतकार
पनि थिए ।
प्रभु अर्जी सुनिलेऊ
(२), गोर्खालीले मुक्ति
पाउने ढोका खोलिदेऊ
(ख्रीष्टीय
भजन
नम्बर ३९९) तिनले
लेखेका भजनहरूमध्ये औधी लोकप्रिय
थियो ।
ख्रीष्टाब्द
१८७५ मा गंगाप्रसादले
एलिजाबेथ राईसँग बिहे गरे
र तिनीहरूबाट दुई
छोरा र छ छोरी जन्मे
।
२८
मार्च १९३२ मा
तिनी सधैँको लागि
प्रभुको साथमा गए ।
आफूसँग भएको प्रतिभालाई
परमेश्वरको महिमाको लागि प्रयोग
गर्ने परमेश्वरका प्रतिभावान्
साधक थिए गंगाप्रसाद
।