आफ्नो
जीवनलाई अनैतिकताको सागरमा डोर्याएका
एक जना जवान
मानिसलाई परमेश्वरले नाटकीय रूपमा
रूपान्तरण गर्न खोज्दै
हुनुहुन्थ्यो । तिनी
बिहे नगरीकनै एउटी
केटीसित १३ वर्षसम्म
बसेका थिए जसबाट
एउटा छोरो पनि
जन्मिएको थियो ।
यो
ख्रीष्टाब्द ३८६ को
कुरो हो जुनबेला
तिनको उमेर ३२
वर्ष पुगेको थियो
। तिनी इटालीको
कुनै एउटा बगैँचामा
बसिरहेका थिए ।
तिनले एउटा बच्चाको
जस्तो आवाज सुने
जसले यसो भन्दै
थियो, “उठाऊ र
पढ । उठाऊ
र पढ ।”
गीतको भाकामा आएको
बच्चाको यस आवाजलाई
सुरुमा तिनले बेवास्ता गरे
तापनि यो परमेश्वरबाट
आएको आज्ञा हो
भनी ठानी तिनले
बाइबल खोले र
तिनका आँखा यी
वचनहरूमा परे, “दिउँसोजस्तै गरी
हामी ठीकसँग चलौं
। मोजमज्जामा, मतवालीपनामा,
व्यभिचारमा, भ्रष्टचारमा, झगडामा र डाहमा
होइन । तर
प्रभु येशू ख्रीष्टलाई
धारण गर र
पाप–स्वभावको अभिलाषा
पूरा गर्ने कुरामा
ध्यान नदेओ ।”
बाइबलका यी वचनहरू
(रोमी १३:१३–१४) ले
तिनको ह्दयमा प्रहार
गरे र तिनले
आफ्नो जीवन प्रभु
येशूमा सुम्पे ।
यसरी
येशूलाई आफ्नो प्रभु र
मुक्तिदाताको रूपमा स्वीकार गर्ने
व्यक्ति अरू कोही
नभएर अगस्टिन थिए
जसले १०० ओटा
भन्दा बेसी कृतिहरूको
रचना गरे ।
तिनी इतिहासको एक
प्रसिद्ध दार्शनिक, रक्षाशास्त्री र
ईश्वरशास्त्री बने ।
ख्रीष्टियान जगत्मा तिनको प्रभाव
आजको दिनसम्म पनि
कायम छ ।