दुई
हजार वर्षअगि एक
जना सामान्य सिकर्मी
प्रचारको लागि प्राचीन
इस्राएल देशको विभिन्न भूभागमा
पुग्नुभयो । उहाँको
सन्देशले संसारलाई परिवर्तन गरिदियो
। विश्वको हरेक
कुनामा उहाँको प्रभावको सुगन्धलाई
सुँघ्न सकिन्छ । इतिहासको
धारलाई परिवर्तन गर्न येशूको
आगमनले जे जति
गरेको छ त्यति
अन्य कुनै धार्मिक,
सामाजिक वा राजनीतिक
अगुवाको आगमनले गरेको छैन
। येशूको सन्देशले
युरोप, अमेरिका, ब्रिटेन र
अङ्ग्रेजी बोल्ने भूभागहरूलाई मात्र रूपान्तरण
गरेको छैन तर
अफ्रिकासाथै एसियामा पनि उहाँको
प्रभाव बढ्दो छ । येशू आफैले
भन्नुभएको थियो, “म त तिनीहरूले जीवन पाऊन्,
र त्यो प्रशस्त
मात्रामा पाऊन् भन्ने हेतुले
आएँ” (यूहन्ना १०:१०) ।
ती मानिसहरू जसले
येशूबाट प्रशस्तताको जीवनको अनुभव
गरेका थिए तिनीहरूले
संसारका मनग्गे क्षेत्रमा रूपान्तरण
ल्याए: यसको नीतिशास्त्र,
स्वास्थ्य, शिक्षा, अर्थतन्त्र, विज्ञान,
कानुन, कला, साहित्य,
सङ्गीत, सरकार इत्यादि । उहाँको
आगमनले संसारमा पारेका मनग्गे
नमुनाहरूमध्ये यहाँ हामी
दस ओटालाई ध्यान
दिनेछौँ ।
१. येशूको
जन्मले
पात्रोलाई
दुई
भागमा
विभाजन
गर्यो
।
येशूको
आगमनले पात्रोलाई दुई भागमा
विभाजन गरिदिएको छ । उहाँको जन्मभन्दा अगिको
समयलाई ख्रीष्टपूर्व भनिन्छ भने उहाँको
आगमनपछिको समयलाई ख्रीष्टाब्द ।
ख्रीष्टपूर्व अङ्ग्रेजी Before
Christ को अनुवाद हो जसलाई
छोटकरीमा B. C. भनिन्छ
। उहाँको जन्मपछिको
समयलाई उल्लेख गर्न ल्याटिन
पदावली Anno Domini (छोटकरीमा
A. D.) को
प्रयोग गरिन्छ जसलाई प्रायश:
“हाम्रा प्रभुको वर्षमा” भनेर
अनुवाद गरिन्छ । उहाँको
आगमानपछिको समयलाई उल्लेख गर्न
नेपालीमा भने ख्रीष्टाब्द
शब्दको प्रयोग गरिन्छ ।
उहाँको जन्म अर्थात्
अवतारले समयलाई रूपान्तरण गरिदियो
। मितिको गणनाको
लागि सारा संसारले
यही पद्धतिलाई पछ्याइरहेको
छ ।
२. येशू
दुई
ओटा
पर्वको
लागि
केन्द्रिय
पात्र
हुनुहुन्छ
।
सारा
संसारभरि हरेक साल
दुई ओटा ठुला–ठुला पर्वहरू
मनाइन्छन्: ख्रीष्टमस र इस्टर
। यी दुई
ओटै पर्व येशूको
जीवनीसित जोडिएका छन् ।
येशूको जन्मको स्मरण गर्दै
ख्रीष्टमस मनाइन्छ भने उहाँको
पुनरुत्थानलाई सम्झेर इस्टर मनाइन्छ
। ख्रीष्टमस उहाँको
जन्मको सम्झनामा मनाइने वार्षिक
पर्व हो जुन
डिसेम्बर २५ अर्थात्
पौष १० गते
मनाइन्छ । यो
मूलत: ख्रीष्टियानहरूको बडादिन
भए तापनि संसारका
ख्रीष्टियानसाथै गैरख्रीष्टियान दुवै थरीका
अरबौँ मानिसहरू उहाँको
जन्मोत्सवमा रमाउँछन् । इस्टर
पर्व सालैपिच्छे फरक–फरक मितिमा
पर्छ । आफू
मर्नुभएको तेस्रो दिनमा उहाँले
मृत्युमाथि विजय हासिल
गर्नुभएको उत्सवको रूपमा इस्टर
सन्डेमा मानिसहरू रमाउने गर्छन्
।
३. येशूको
आगमनले
शिक्षाको
उन्नतिमा
उल्लेखनीय
प्रभाव
पार्यो
।
येशू
संसारले चिनेको महानतम शिक्षक
हुनुहुन्छ भन्ने सत्यतामा थोरैले
मात्र वादविवाद गर्लान्
। बाइबलले बताउँछ,
“तिनीहरू उहाँ [येशू]
का शिक्षामा चकित
भए । किनकि
उहाँले तिनीहरूलाई शास्त्रीहरूले जस्तो
होइन, तर अधिकारसँग
सिकाउनुभयो” (मर्कूस १:२२)
। येशूले यसरी
सिकाउनुभयो कि उहाँलाई
पछ्याउनेहरूले अरूलाई सिकाउन सकून्
। आदि ख्रीष्टियानहरू
मूलत: यहूदीहरू थिए
जसले लामो समयदेखि
शिक्षालाई महत्त्व दिँदै आएका
थिए । सोर्हौँ
शताब्दीमा सुधारवादी अभियानले नै
विश्वव्यापी शिक्षाको लागि उल्लेखनीय
योगदान पुर्याएको थियो ।
आज स्कुलको अवधारणा
निकै सामान्य भइसकेको
छ । यसको
महत्त्व कसैलाई पनि बताइरहनुपर्दैन
। सरकारी स्कुलको
अवधारणालाई पहिलो पटक सुधारवादी
मार्टिन लुथरले नै जन्माएका
थिए । शिक्षाप्रतिको
लगावको कारणले ख्रीष्टियान मठाश्रमहरूको
उदय भएका थिए
जसबाट विश्वविद्यालयहरू जन्मिए
भनी उपलब्ध साक्षीहरूले अङ्कित गर्छन्
। क्याम्ब्रिज, अक्सफोर्ड,
हार्वडजस्ता विश्वका ख्यातिप्राप्त विश्वविद्यालयहरू
येशूको शिक्षाका नतिजास्वरूप देखिएका
शैक्षिक संस्थाहरू हुन् ।
प्रत्येक मानिस परमेश्वरको स्वरूपमा
सृष्टि गरिएको छ भन्ने
सत्यताले विश्वव्यापी शिक्षाको लागि
इन्धन भर्ने काम
गरेको थियो ।
यसरी, शिक्षा येशू
ख्रीष्टको हितकर प्रभावको अर्को
एउटा अवयव हो
।
४. येशूको
शिक्षाले
बालबालिकालाई
मानवीय
प्राणीसरह
दर्जा
दियो
।
आदि
ख्रीष्टियान कालमा रोमी र
ग्रिकहरूको बिचमा शिशुहत्या विश्वव्यापी
अभ्यास थियो ।
विभिन्न कारणले गर्दा शिशुहरूको
हत्या गरिन्थ्यो ।
छोरी जन्मेको खण्डमा
वा अशक्त भएर
जन्मेको खण्डमा बच्चलाई मारिन्थ्यो
। बालबालिकाहरू दासत्वमा
बेचिन्थे । प्राचीन
संसारमा शिशुहत्या वैधानिक मात्र
थिएन तर यसको
प्रशंसा पनि गरिन्थ्यो
। एउटा रोमी
नागरिकलाई मार्नु हत्या हुन्थ्यो
तर उही राष्ट्रमा
कसैले आफ्ना छोराछोरीलाई मार्नुलाई
उचित कार्यको रूपमा
ग्रहण गरिन्थ्यो ।
तर येशूको आगमन
र उहाँको शिक्षाले
यस दुष्ट अभ्यासको
सुधारमा क्रान्ति नै ल्यायो
। एकातिर केटाकेटीहरू
परमेश्वरको स्वरूपमा सृजित छन्
भने अर्कोतिर तिनीहरूप्रति
येशूको उच्च आदर
थियो, “बालकहरूलाई मकहाँ आउन
देओ, तिनीहरूलाई नरोक
। किनभने स्वर्गको
राज्य यस्तैहरूको हो”
(मत्ती १९:१४)
। मानव–जाति
परमेश्वरको प्रतिरूपमा सृष्टि भएको
हो भन्ने ख्रीष्टियान
अवधारणाको कारणले ख्रीष्टियान मण्डलीले
अन्ततोगत्वा यस्तो अभ्यासको निर्मूलन
गर्यो
।
५. येशूले
लैङ्गिक
असमानताको
तगारोलाई
तोडिदिनुभयो
।
प्राचीन
संस्कृतिहरूमा पत्नीलाई उसको पतिको
सम्पत्तिको रूपमा हेरिन्थ्यो ।
ग्रीससाथै रोमी संसारमा
स्त्रीहरूको सामाजिक मूल्य मान्यता
ज्यादै निम्नस्तरको भएकोले छोरी
जन्मिएको खण्डमा ऊ मरोस्
भन्ने हेतुले त्यसै
छाडिनु सामान्य अभ्यास थियो
। नारीलाई व्यक्तिको
रूपमा होइन, सम्पत्तिको
रूपमा हेरिन्थ्यो ।
सार्वजनिक धार्मिक जीवनबाट सबै
नारीहरू वञ्चित थिए ।
कुनै पनि कारणले
पतिले आफ्नी पत्नीलाई सम्बन्धविच्छेद
गर्न सक्थ्यो ।
तर कुनै पनि
आधारमा पत्नीले सक्दिनथी ।
नारीसँग धेरै बोल्नेको
भाग्य अन्त्यमा नरक
हुन्छ भनी सिकाइन्थ्यो
। नारीहरू घरमा
बस्नुपथ्र्यो; तिनीहरूले घुम्टोले अनुहार
ढाक्नुपथ्र्यो र पुरुषहरूसँग
बसेर खान पाउँदैनथ्ये
। चाडपर्वमा सहभागी
हुनु तिनीहरूको उत्तरदायित्व
थिएन । नारीहरूलाई
साधारणत: शिक्षा दिईंदैनथ्यो ।
तर येशूको जन्म
नारी इतिहासमा एउटा
निर्णाएक मोड साबित
भयो । ग्रिक,
रोमी र यहूदी
स्त्रीहरूको अति नै
तल्लो स्तरलाई येशूको
प्रकटीकरणले आमूल रूपमा
परिवर्तन ल्याइदियो । सामाजिक
रूपमा, बौद्धिक रूपमा र
आत्मिक रूपमा स्त्रीहरू पुरुषहरूको
तुलनामा कनिष्ठ हुन्छन् भन्ने
मान्यताको विरुद्धमा जानुभयो येशू
। उहाँका
क्रियाकलाप र शिक्षाले
स्त्रीहरूलाई नयाँ उचाइ
प्रदान गरे ।
झण्डै २,०००
वर्षअगि समानताको विषयमा येशूका
एक जना अनुयायीले
लेखे, “अब ...
न त पुरुष न स्त्री
छ, किनभने ख्रीष्ट
येशूमा तिमीहरू सबै एउटै
हौ” (गलाती ३:२८) ।
६. दया
र
परोपकारको
क्षेत्रमा
येशूले
आमूल
रूपान्तरण
ल्याइदिनुभयो
।
एक
पटक येशूले भन्नुभयो,
“किनभने म भोकाएको
थिएँ, तिमीहरूले मलाई
खान दियौ ।
म तिर्खाएको थिएँ,
तिमीहरूले मलाई पिउन
दियौ । म परदेशी थिएँ, तिमीहरूले
मलाई आश्रय दियौ
। नाङ्गै थिएँ,
तिमीहरूले मलाई वस्त्र
लगाइदियौ । बिरामी
थिएँ, तिमीहरू मलाई
हेर्न आयौ ।
झ्यालखानमा थिएँ, तिमीहरू मकहाँ
आयौ” (मत्ती २५:३५–३६)
। येशूका यी
वचनहरूसाथै उहाँले भन्नुभएको असल
सामरीको दृष्टान्त (लूका १०:३०–३७)
ले आदि मण्डलीको
समझमा औधी प्रभाव
पारेको थियो ।
तिनीहरूले येशूको शिक्षालाई जीवनमा
उतारे । हरेक
पटक दया कार्यान्वयनमा
भएको देख्दा त्यसको
श्रेय येशू ख्रीष्टलाई
जान्छ । जाति,
धर्म, वर्ग र
राष्ट्रियताको भेदभाव नगरी आपत्–विपत्मा परेकाहरूलाई सहायता
गर्न आफ्ना अनुयायीहरूलाई प्रेरित
गर्ने व्यक्तित्व येशू
नै हुनुहुन्थ्यो ।
सुसमाचारहरू येशूको दयाका उदाहरणहरूले
भरिएका छन् ।
निस्सन्देह, उहाँ दयाको
खानी हुनुहुन्थ्यो ।
७. येशूको
शिक्षाको
प्रभावमा
नै
अस्पतालहरू
निर्माण
गरिए
।
मानव–जातिको आत्मिक अवस्थासित
मात्र येशूले सरोकार
राख्नुभएन तर उसको
शारीरिक अवस्थासित पनि ।
उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो,
“[म]
बिरामी थिएँ, तिमीहरू मलाई
हेर्न आयौ” (मत्ती
२५:३६) ।
येशूका यी वचनहरू
प्रभावशाली ठहरिए । इतिहासले
हामीलाई बताउँछ कि आदि
ख्रीष्टियानहरूले गर्भपतन, शिशुहत्याजस्ता अमानवीय
अभ्यासको विरोध मात्र गरेनन्
तर जुनसुनै जाति,
धर्म वा वर्गका
मानिसहरूलाई तिनीहरूले हेरचाह गर्थे
। ख्रीष्टभन्दा अगिको
संसार अस्पतालविनाको संसार
थियो जहाँ परोपकारको
मूल्य थिएन न
त मानवीय जीवनलाई
नै आदर गरिन्थ्यो
। अस्पताल ख्रीष्टियमतको
आविष्कार थियो ।
त्यसैले क्रूसको चङ्गाइको प्रतीकले
अस्पतालको प्रतिनिधित्व गर्छ ।
ख्रीष्टकी भक्त स्त्री
फ्लोरेन्स नाइटिङ्गेलजस्ता नारीहरूले नर्सिङ पेसाको
स्थापना गरेका थिए ।
इतिहासको एउटा महानतम
मानवतावादी अभियानको रूपमा चिनिएको
अन्तर्राष्ट्रिय
रेड
क्रस
ख्रीष्टियानहरूद्वारा नै स्थापना
गरिएका थिए ।
औषधीको क्षेत्रमा डा. लुई
पास्चरजस्ता ख्रीष्टियानहरूले इन्धन भर्ने काम
गरेका छन् जसका
अवधारणाहरूले चिकित्सा क्षेत्रमा क्रान्ति
नै ल्याइदिए ।
सम्भवत: पास्चरले आफ्ना आविष्कारहरूद्वारा अन्य
कुनै एकल व्यक्तिले
भन्दा बेसी मानिसहरूको
ज्यान जोगाए ।
८. येशूका
अनुयायीहरूले
आधुनिक
विज्ञानको
उदय
गराए
।
यो
अखण्डनीय सत्यता हो कि
ख्रीष्टियमतले नै आधुनिक
विज्ञानको उदय गराएको
थियो । सुधारवादी
अभियानसँगै वैज्ञानिक क्रान्तिको थालनी
भएको थियो र
वैज्ञानिक आविष्कारको विकासमा बाइबलले
महत्त्वपूर्ण भूमिका निर्वाह गरेको
थियो । विज्ञानको
प्रत्येक मुख्य शाखा बाइबल
विश्वास गर्ने ख्रीष्टियानहरूद्वारा नै
विकास गरिएका थिए
। सारमा बाइबलले
नै विज्ञानको सृजना
गर्यो
। विगत शताब्दीका
महान् वैज्ञानिकहरू बाइबल
विश्वास गर्ने ख्रीष्टियानहरू थिए
भनी थाहा पाउँदा
हामी छक्क पर्नुपर्दैन
। गुरुत्वाकर्षणको नियमका
प्रतिपादक सर आइज्याक
न्युटनले दृढतापूर्वक परमेश्वरको वचन
र सृष्टिमाथि विश्वास
गर्थे । वैज्ञानिक
ज्ञानको अनुहारलाई परिवर्तन गर्ने
अनि परमेश्वरमाथि विश्वास
गर्नेहरूमा थर्मोडाइनामिक्स विज्ञानका प्रतिपादक लर्ड
केल्भिन, शल्यक्रिया चिकित्सामा क्रान्ति
ल्याउने लुई पास्चर,
आधुनिक खगोलशास्त्रका प्रतिपादक जोहानन केप्लर,
आफ्नो युगको
सबैभन्दा महान् रसायनशास्त्री रोबर्ट
बोएले केही उदाहरणहरू
मात्र हुन् ।
यसरी आज चाहे
हामी कारभित्र प्रवेश
गरौँ वा शल्यक्रियाको
लागि अस्पतालमा जाऔँ
यसको लागि हामी
येशूको शिक्षाप्रति ऋणी छौँ
।
९. येशूको
शिक्षाको
प्रभावमा
दास
प्रथा
उन्मूलन
गरियो
।
दास
प्रथा नेपाललगायत विश्वका
विभिन्न भूभागमा अभ्यास गरिएको
एउटा अमानवीय प्रथा
थियो जुन कतिपय
ठाउँहरूमा विभिन्न रूपमा अझै
पनि कायमै छ
। राजा, पूजाहारीसाथै
दार्शनिकहरूले यसको अनुमोदन
गरेको पाइन्छ ।
व्यापक रूपमा अभ्यास गरिएको
यस कुप्रथालाई हटाउन
ख्रीष्ट येशूद्वारा स्थापित ख्रीष्टियमतका
अनुयायीहरूको योगदानलाई कदापि भुल्न
सकिँदैन । सतावटकर्ताबाट सुसमाचारको राजकुमार बनेका
प्रेरित पावलले फिलेमोनलाई बिन्ती
गरेका छन् कि
तिनका कमारा ओनेसिमसलाई
तिनले कमाराको रूपमा
नभई प्रिय भाइजस्तै
व्यवहार गर्नुपर्छ (फिलेमोन १६)
। ओनेसिमस आफ्ना
मालिक
फिलेमोनबाट भागेर
गएका कमारा थिए
जो तिनीकहाँ फर्कंदै
थिए । ख्रीष्टियान
भएको नाताले हामीले
अब उसो दास
प्रथाको अभ्यास गर्नुहुँदैन भनी
पावल मालिक फिलेमोनलाई
पत्र लेखेर बिन्ती
गर्दै छन् ।
त्यसै गरी, पावलले
अर्को पत्रमा पनि
भनेका छन्, “अब
... न कमारा छ
न फुक्का, ... किनभने
ख्रीष्ट येशूमा तिमीहरू सबै
एउटै हौ” (गलाती
३:२८) ।
दास प्रथाको निर्मूलन
र जातिभेदको इन्कार
दुवैको जरा आदि
ख्रीष्टियान शिक्षामा गडेका छन्
। चाहे दास
प्रथा विरुद्ध विलियम
विल्बरफोर्सको अभियान होस् या
रङ्गभेद विरुद्ध मार्टिन लुथर
किङ्गको आन्दोलन होस् यी
सबै नै आदि
ख्रीष्टियान अभ्यासलाई बिउँताउने प्रयत्न
मात्रै थिए ।
१०. कुप्रथाहरूको
निर्मूलनमा
येशूको
आगमनले
उल्लेखनीय
भूमिका
निभायो
।
येशू
सामाजिक सुधारक पनि हुनुहुन्थ्यो
। उहाँको शिक्षाको
प्रभावमा परेर ख्रीष्टियान
अगुवाहरूले समाजमा विद्यमान अमानवीय
प्रथाहरूलाई निमिट्टयान्न पार्न भरमग्दुर प्रयत्न
गरे । प्राचीन
रोममा दर्शकहरूको मनोरञ्जनको
निम्ति योद्धाहरू हातमा हतियार
लिएर लड्ने गर्थे
। यस्तो खालको
अमानवीय हिंसात्मक कुप्रथालाई हटाउन
पाँचौँ शताब्दीका ख्रीष्टियान सन्यासी
टेलेमाकसकले महत्त्वपूर्ण भूमिका निभाए ।
प्राचीन संसारको कतिपय समुदायहरूमा
मान्छेले मान्छेको मासु खाने
गर्थे । अज्ञानताद्वारा
जन्मेको यस्तो डरलाग्दो र
घिनलाग्दो मानवीय अवमूल्यनको उन्मूलनको
लागि ख्रीष्टियान मिसनरीहरूको
देनलाई कुनै पनि
हालतमा बिर्सन हुन्न ।
हाम्रै छिमेकी मुलुक भारतमा
विगतमा अभ्यास गरिँदै आएका
शिशुहत्या, किशोरी वेश्यागमनको खरो
विरोध गरी सती
प्रथालाई कानुनबाट हटाउन हिन्दु
सुधारवादीहरूलाई सहयोग गर्ने व्यक्ति
अरू कोही नभएर
आधुनिक मिसनका पिता भनी
चिनिने विलियम केरी थिए
। बाइबलकै आधारमा
दासत्व, सतीप्रथा, बालविवाह, अनमेल
विवाह, बहुविवाहजस्ता कुप्रथाहरू हटेका हुन्
भने विधवा–विवाहले
प्रोत्साहन पाएको छ भनी
डा. रमेश खत्रीले
बताएका छन् ।