उनको
पुस्तकालयमा एउटा सानो
पुस्तिका थियो ।
उनलाई थाहा थिएन
त्यो कहाँबाट आएको
थियो । सायद
उनका स्वर्गवासी
पतिले ल्याएको थियो
। उनले त्यस
पुस्तिकालाई उठाइन् र बडो
रुचिसाथ पढ्न थालिन्
। त्यो बङ्गाली
भाषामा लेखिएको लूकाको सुसमाचार
थियो । उनी
ब्राम्हण परिवारमा जन्मेको भए
तापनि आफ्नो अध्ययनद्वारा
उनले हिन्दु धर्मप्रति
आफ्नो सम्पूर्ण विश्वास
गुमाइसकेकी थिइन् । त्यसैले
उनको भोकलाई तृप्त
पार्ने उत्तम कुरोको खोजीमा
थिइन् उनी ।
त्यो सानो पुस्तिका
उनको लागि मिठो
फल नै साबित्
भयो । उनले
उत्सुकतापूर्वक ख्रीष्टियान विश्वासको बारेमा
अध्ययन गरिन् र त्यसले
उनलाई सन्तुष्ट पारेको
खण्डमा आफू ख्रीष्टियान
हुने घोषणा गरिन्
। पछि ख्रीष्टियान
विश्वासले उनलाई सन्तुष्ट पार्यो
र उनी ख्रीष्टका
सच्चा सेवक बनिन्
। उनको नाउँ
हो— पण्डिता रामाबाई
।
पण्डिता
रामाबाई भारतका सामाजिक सुधारक,
कवि, विद्वान्, स्त्रीहरूको
स्वतन्त्रताको लागि हिमायतीसाथै
शिक्षाका अगुवा हुन् ।
पुरै बाइबललाई अनुवाद
गर्ने उनी पहिलो
स्त्री हुन् ।
द
हाई
कास्ट
हिन्दु
वुमन्
नामक अङ्ग्रेजी भाषामा प्रकाशित
उनको कृतिले व्यापक
प्रचार–प्रसार पाएको थियो
। उनी नै
मुक्ति
मिसनका संस्थापक
हुन् जुन मिसन
खाँचोमा परेका विधवा, टुहुराटुहरी
र अन्धाहरूको निम्ति
आजको दिनसम्म सक्रिय
छ ।
उनी
भारतमा त्यस्तो समयमा बाँचेकी
थिइन् जुन समयमा
स्त्रीहरूलाई पढ्ने वा काम
गर्ने अनुमति थिएन;
तिनीहरू पुरुषहरूभन्दा नीच ठानिन्थे
। पतिबाट बच्चाबच्ची
जन्माउनुबाहेक समाजमा तिनीहरूको अन्य
महत्त्वपूर्ण भूमिका हुँदैनथ्यो ।
बाल विवाह व्यापक
थियो । कैयौँ स्त्रीहरू सानै
उमेरमा विधवा बन्थे अनि
परिवार र समाज
दुवैबाट तिनीहरू हेलाका पात्र
बन्थे । तिनीहरूलाई
सरापको रूपमा हेरिन्थ्यो र
तिनीहरू दर्दनाक जीवन जिउन
बाध्य हुन्थे ।
२३
अप्रिल १८५८ मा
पण्डिता रामाबाईको जन्म भारतमा
भएको थियो ।
तिनका पिता अनन्त
शास्त्री ब्राम्हण पूजाहारी, विद्वान्साथै
सुधारक थिए ।
विधुर भएपछि ४४
वर्षको उमेरमा अनन्तले ९
वर्षकी लक्ष्मीबाई नाउँ गरेकी
केटीसित बिहे गरे
। लक्ष्मीबाईले अनन्तको
निम्ति छोरी रामाबाई
(जो पछि पण्डिता
रामाबाईको नाउँले प्रसिद्ध भइन्)
र अर्को छोरो
जन्माइन् ।
रामाबाई
परिवार गरिब थियो
। तरै पनि
तात्कालीन हिन्दु समाजको विरुद्धमा
भए पनि अनन्तले
आफ्नी छोरीलाई शिक्षा
दिए । रामाबाई
पढ्नमा टाठी थिइन्
। १२ वर्षको
उमेरसम्म आइपुग्दा उनले १८,००० ओटा
संस्कृतका श्लोकहरू कण्ठस्थ पारिसकेकी
थिइन् । रामाबाई
मराठी भाषामा पनि
माहिर थिइन् जुन
भाषामा पछि उनले
बाइबललाई अनुवाद गरेकी थिइन्
। अन्तत: उनी
आठ ओटा भाषामा
पारङ्गत बनिन् ।
अनिकालमा
परेर पण्डिता रामाबाईले
आफ्ना प्रिय बुबासहित परिवारका अन्य
सदस्यहरू गुमाइन् । शान्तिको
खोजीमा भौतारिएका रामाबाई कलकत्ता
पुगिन् र त्यहाँका
ब्राम्हणहरू उनको ज्ञानदेखि
यति प्रभावित भए
कि तिनीहरूले उनलाई
“पण्डिता” को उपाधि
दिए ।
रामाबाई
बङ्गाली वकिल बिपिन
बिहारी मेधावीसित विवाह बन्धनमा
बाँधिइन् र तिनीहरूबाट
एक जना छोरीको
जन्म भयो ।
हिन्दु धर्मको दृष्टिकोणमा अनुचित
भए तापनि रामाबाईले
एक शुद्रसित बिहे
गर्ने आँट गरेकी
थिइन् ।
आफ्नो
जीवनको आखिरी वर्षहरूमा पण्डिता
रामाबाईले मराठी भाषामा बाइबल
अनुवादको थालनी गरिन् ।
उनले पहिले ग्रिक
र हिब्रू भाषा
सिकिन् । त्यसपछि
आफू जहाँ जाँदा
पनि उनले अनुवादलाई
निरन्तरता दिइन् । उनको
मृत्युको दुई वर्षअगि
उनकी छोरी मानोराम्बाईको
निधन भयो ।
रामाबाई बैरी हुँदै
गइन् तथापि उनले
बाइबल अनुवाद गर्न
भने छाडिनन् ।
उनी रोगले ग्रस्त
भइन् तर उनको
अनुवादको काम सकिएको
थिएन । त्यसैले
उनले सम्पादनको काम
सक्न परमेश्वरलाई थप
१० दिनको लागि
बिन्ती चढाइन् । दस
दिनपश्चात् उनले आफ्नो
सम्पादनको काम सकिन्
अनि ५ अप्रिल
१९२२ मा उनी
आफ्नो अनन्त घरमा
प्रस्थान गरिन् ।
उनी
ख्रीष्टियान भएकोले उनको ख्यातिलाई
दबाइएको भए तापनि
भारतका नारीवादी स्त्रीहरूले बिसौँ
शताब्दीको उत्तराद्र्धमा उनको काम
र सामाजिक योगदानलाई
चर्चामा ल्याएका थिए ।
ख्रीष्टाब्द १९८९ मा
रामाबाईको सम्मानमा भारत सरकारले
हुलाक टिकट निकाल्यो
। लेखक अमृतलाल
शाहले उनको बारेमा
भनेका छन्, “पण्डिता
रामाबाई सरस्वती आधुनिक भारतद्वारा
उत्पादित महानतम नारी थिइन्
र सारा इतिहासमा
उनी महानतम भारतीयहरूमध्ये
एक हुन् ।”