यो
९ फेबु्रअरी १७०९
मा भएको घटना
हो जुनबेला तिनी
केवल ५ वर्षका
थिए । रातको
११ बजिसकेको थियो
तिनी बसेको घरमा
आगलागी भयो ।
तिनी दोस्रो तलामा
छाडिए । कोही
एक जनाको सहायतामा
झ्यालबाट तिनको उद्धार गरियो
। पछि तिनकी
आमाले तिनलाई “आगोबाट
निकालिएको अगुल्टो” (जकरिया ३:२) को
रूपमा उल्लेख गरिन्
। यो अविस्मरणीय
घटनाले ती बालकको
मनमा अमिट छाप
छाड्यो । ती
बालक पछि जोन
वेस्लीको नाउँले संसारैभरि प्रसिद्ध
भए ।
मेथोडिज्मका
संस्थापक जोन वेस्ली
अठारौँ शताब्दीका एक प्रखर
वक्ता थिए ।
पवित्रताको अभियान र पेन्टिकोस्टलवादको
विकासमा तिनका रचनाहरूले महत्त्वपूर्ण
भूमिका खेलेका छन् ।
तिनले आफ्नो जीवन कालमा
झण्डै ४०,०००
ओटा प्रवचन तोडे
। तिनले कैयौँ
रचनाहरू छाडेर गएका छन्
।
पिता
समुएल वेस्ली र
माता सुसन्ना वेस्लीबाट
२८ जुन १७०३
मा जोन वेस्लीको
जन्म इङ्गल्यान्डमा भएको
थियो । समुएल
र सुसन्नाबाट जन्मेका
उन्नाइस जना सन्तानमध्ये
जोन पन्ध्रौँ सन्तान
थिए । जोनका
पिता ख्रीष्टियान पूजाहारी
थिए भने तिनकी
आमा सुसन्नाले आफ्नो
हरेक सन्तानलाई बाइबल
सिकाउनलाई हरेक दिन
समय निकाल्ने गर्थिन्
। उनको पालन
पोषणले जोनको आचरण र
शैक्षिक निर्माणमा उल्लेखनीय भूमिका
निर्वाह गरेको थियो ।
२४
मे १७३८ मा
लन्डनमा जम्मा भएको एउटा
सानो धार्मिक सभामा
जोन वेस्लीले एउटा
पृथक् अनुभव गरे
जसमा तिनको ह्दयले
अनौठो तवरले न्यानोपनको
महसुस गरे ।
तिनको यस आत्मिक
रूपान्तरणपश्चात् तिनले आफ्नो जीवन सुसमाचार
प्रचारमा समर्पित गरे ।
केवल विश्वासद्वारा ख्रीष्ट
येशूमा प्राप्त हुने उद्धारको
अनुभव नै आत्मिक
रूपान्तरण हो ।
ख्रीष्टाब्द १९३९ बाट
तिनले देशैभरि मेथोडिस्ट
समाजहरूको स्थापना गरे ।
तिनको समयमा पैदल,
घोडा वा रथबाट
स्थल मार्गको यात्रा
गर्ने चलन थियो
। तिनी प्रचारको
लागि औधी यात्रा
गर्थे— वार्षिक रूपमा ४,००० माइल
।
अक्सफोर्डमा
पढेका जोनले आफूलाई
विद्वान्को रूपमा साबित गरे
। तिनी चाँडै
नै सेवकको रूपमा
अभिषेक गरिएका थिए ।
अक्सफोर्डमा छँदा तिनी
एउटा समूहको सदस्य
बने जसले पवित्र
जीवन जिउने शपथ
हालेको हुन्थ्यो । त्यस
समूहका सदस्यहरूले दैनिक प्रार्थना
गर्थे; प्रभु–भोजमा नियमित
रूपमा सहभागी हुन्थे
अनि झ्यालखानाहरूमा बारम्बार
भेट्न जान्थे ।
बाइबल र अन्य
आराधनायुक्त पुस्तकहरू पढ्न पनि
तिनीहरूले उल्लेखनीय समय लगानी
गर्थे ।
आफ्नो
सेवा–कार्यको पछिल्लो
घडिमा जोन दास
प्रथाको विरुद्धमा खरो रूपमा
उत्रे । तिनले
यस अमानवीय प्रथाको
विरुद्धमा प्रवचन दिए अनि
लेख रचनाहरू प्रकाशित
गरे । ख्रीष्टाब्द
१७७४ मा तिनले
दास प्रथाको विरुद्धमा
पर्चा नै निकालेका
थिए । तिनी
जोन न्युटन र
विलियम विल्बरफोर्सका मित्र थिए जसको
पहलमा ख्रीष्टाब्द १८०७
मा इङ्गल्यान्डबाट दास
प्रथा कानुनत: निर्मूलन
भएको थियो ।
बीबीसीले
ख्रीष्टाब्द २००२ मा
प्रसारण गरेको इङ्गल्यान्डको इतिहासमा
१०० जना महानतम
ब्रिटिस नागरिकहरूको सूचीमा जोन
वेस्लीको नाउँ पचासौँ
स्थानमा परेको थियो ।
तिनी २ मार्च
१७९१ मा सधैँको
लागि आफ्नो अनन्त
घरमा प्रस्थान गरे
।