कम
से कम ६
पटक उहाँ को
हुनुहुन्छ वा उहाँले
के गर्नुभयो भनी
नबताउनू भनी येशूले
आज्ञा दिनुभएको छ
।
१.
याइरसकी छोरीलाई पुनर्जीवन दिनुभएपछि
(लूका ८:५६)
२.
एक जना बहिरो
र गुँगो मानिसलाई
चङ्गाइ गर्नुभएपछि (मर्कूस ७:३६)
३.
कुष्ठरोगीलाई निको पार्नुभएपछि
(मत्ती ८:४)
४.
येशूको रूप परिवर्तनभएपछि
(मत्ती १७:९)
५.
उहाँले आफूले चाहनुभएको मण्डली
स्थापना गर्नेछु भन्नुभएपछि (मत्ती
१६:२०)
६.
उहाँले धेरैलाई निको पार्नुभएपछि
(मत्ती १२:१६)
यसको
समाधानको लागि विभिन्न
कुराहरूलाई याद गरिनुपर्छ
। कसैलाई नबताउनू
भन्ने येशूको आज्ञामा
प्रायश: प्रस्ट वा अङ्कित
गरिएको सर्त गाँसिएको
छ । एक
पटक येशूले आफ्ना
चेलाहरूलाई प्रस्ट रूपमा भन्नुभयो, “मानिसको
पुत्र मृतकबाट पुनरुत्थान
नहोउञ्जेल तिनीहरूले जे देखेका
थिए त्यो कसैलाई
नभन्नू भनी आज्ञा
दिनुभयो” (मर्कूस ९:९)
। भिड पछि
लाग्दा आफ्नो सेवामा बाधा
पुग्छ भनेर भिडलाई
पन्छाउन पनि कहिलेकाहीँ
येशूले त्यस्तो आज्ञा दिनुभयो
(मर्कूस ७:३६)
। अर्को अवसरमा,
चङ्गाइ प्राप्त कुष्ठरोगीलाई येशूले
“कसैलाई नभन” भन्ने
आज्ञा दिनुभएपछि लूका
हामीलाई बताउँछन् कि “उहाँको
चर्चा अझ बढी
जताततै फिँजियो, र ठूला
भीडहरू उहाँको कुरा सुन्न
र आफ्ना–आफ्ना
रोगहरूबाट निको हुन
जम्मा भए” (लूका
८:१५) ।
अन्त्यमा, मसीहसम्बन्धी आफ्ना दाबीहरूलाई येशूले
प्रदर्शन गर्न चाहनुभएन,
खास गरी यहूदीहरूका
बिचमा । मसीहको
बारेमा तिनीहरूको बुझाइ गलत
थियो । तिनीहरूले
राजनीतिक मसीहको अपेक्षा गरिरहेका
थिए जसले तिनीहरूलाई
रोमको जुवाबाट छुटकारा
दिन सकोस् ।
येशूले एक पटक
थोरै खाने कुराको
सहायताद्वारा ठुलो भिडलाई
खुवाउनुभएकोले तिनीहरूले उहाँलाई राजा
बनाउन खोजेका थिए
(यूहन्ना ६:१४–१५) ।
त्यो उहाँको उद्देश्य
थिएन । उहाँको
उद्देश्य त मानव–जातिको पापको लागि
मर्नुथियो ।