ख्रीष्टियमत
र अन्य सबै
धार्मिक पद्धतिहरूबिच भएको मूलभूत
भिन्नता यही हो
कि अन्यमा मानिसहरूले
परमेश्वरको खोजी गरिरहेको
पाइन्छ भने ख्रीष्टियमतमा
परमेश्वरले मानिसहरूको खोजी गर्नुहुन्छ
।
थोमास अर्नोल्ड,
इतिहासकारसाथै
प्रशिक्षक
यदि
ख्रीष्टियमत वास्तवमै साँचो छ
भने यसमा मानिसको
विचारशक्ति र सृजनशीलतासहित
पुरै मनुष्यत्व सामेल
हुन्छ । ख्रीष्टियमत
सैद्धान्तिक रूपमा मात्र साँचो
छैन । बरु
यसमा जे छ
त्यसमा यो साँचो
छ; मानिसको सारा
जीवनको सबै क्षेत्रमा
यो साँचो छ
।
फ्रान्सिस स्काफर,
ईश्वरशास्त्री,
दार्शनिकसाथै
पास्टर
ख्रीष्टियमत
मानिसको समझले अहिलेसम्म स्पर्ष
गरेको महानतम बौद्धिक
पद्धति हो ।
फ्रान्सिस स्काफर,
ईश्वरशास्त्री,
दार्शनिकसाथै
पास्टर
जीवनको
सम्पूर्णताको लागि ख्रीष्टियमतले
एकीकृत उत्तर उपलब्ध गराउँछ
।
फ्रान्सिस स्काफर,
ईश्वरशास्त्री,
दार्शनिकसाथै
पास्टर
ख्रीष्टियमतको
प्रवेशद्वार जडसुत्रको जटिल चक्रव्यूहद्वारा
होइन तर ख्रीष्टको
व्यक्तित्वमाथिको सामान्य विश्वासद्वारा हो
।
नर्मन भिन्सेन्ट
पिल,
लेखक,
वक्तासाथै
सेवक
ख्रीष्टियमतले
सधैँ तर्क र
विश्वास दुवैलाई अङ्गालेको छ
।
दिनेस दिसुजा,
राजनीतिक
टिप्पणीकारसाथै
लेखक
यदि
ख्रीष्टियमत केवल मानिसको
आविष्कार हो र
बाइबल परमेश्वरको वचन
होइन भने नास्तिकहरूले
कसरी येशू ख्रीष्टलाई
व्याख्या गर्न सक्छन्
? इतिहासमा उहाँको अस्तित्वलाई तिनीहरूले
इन्कार गर्न सक्दैनन्
। कसरी उहाँले
शक्ति वा घुसविना,
हातहतियार वा पैसाविना
संसारमा यस्तो गहन छाप
छाड्नुभयो ?
जे. सी.
राएल,
बिशपसाथै
लेखक
रोमी
साम्राज्यको समयदेखि पश्चिमा जगत्मा
ख्रीष्टियमतद्वारा नै बौद्धिक
नेतृत्व उपलब्ध गराइएको थियो
। मध्यकालमा पेरिसमा,
अक्सफोर्ड, क्याम्ब्रिजजस्ता विश्वविद्यालयहरू कसले थालनी
गरे ? मण्डलीले ।
न्यान्सी पेर्सी,
लेखिका
ख्रीष्टियमत
धर्मको विषयमा होइन ।
यो विश्वासको विषयमा
हो; यो नियन्त्रण
गरिने विषयमा हो;
यो क्षमा पाउने
विषयमा हो ।
यो आनन्द पाउने
विषयमा हो र
घर पाउने विषयमा
हो ।
बिएर ग्रेल्स,
लेखकसाथै
टेलिभिजन
प्रस्तोता
ख्रीष्टियमतको
महिमा क्षमाद्वारा विजय
प्राप्त गर्नु हो ।
विलियम ब्ल्याक,
कविसाथै
पेन्टर