menu bar

Wednesday, September 30, 2015

अल्बानियाको कम्युनिस्ट संसद् भवनमा येशूको फिल्म देखाइयो



युरोपको दक्षिण पूर्वमा पर्ने एउटा राष्ट्रको नाउँ हो, अल्बानिया ख्रीष्टाब्द १९२० मा तिराना यस मुलुकको राजधानी बनेको थियो हालसम्म राजधानीकै रूपमा चिनिएको यो सहर मुलुककै सर्वाधिक ठुलो सहर हो राजधानीमा भएको संसद् भवन कम्युनिस्ट शासनकालको अन्त्यतिर निर्माण गरिएको थियो नास्तिकवादी साम्यवादको लागि यो एउटा श्रद्धापूर्ण भवन थियो

तर बिसौँ शताब्दीको अन्त्यतिर यस भवनभित्र जुन दृश्य देखा पर्यो त्यसले पक्कै पनि कैयौँको ध्यान खिचेको हुनुपर्छ त्यहाँ येशूको फिल्म देखाइएको थियो येशूको फिल्म प्रोजेक्ट एउटा इभान्जलिकल संस्था हो जसलाई क्याम्पस क्रुसेड फर क्राइस्ट नामक अन्तर्राष्ट्रिय संस्थाले ख्रीष्टाब्द १९८१ मा स्थापना गरेको थियो

अनुमानित ,००० मानिसहरूको भिडमा सरकारका उच्च ओहोदाका अधिकारीहरू पनि दर्शक बनेर आएका थिए, येशूको फिल्म हेर्न त्यो प्रदर्शन यति शक्तिशाली साबित हुन पुग्यो कि ७०० भन्दा बेसी मानिसहरूले प्रभु येशूमाथि विश्वास गरेको सङ्केत दिए फिल्म सकिएपछि सरकारद्वारा नियन्त्रित अल्बानियाको फिल्म इन्डस्ट्रिका प्रमुखले प्रतिक्रिय दिए, “यो एक पटक साम्यवादको मन्दिर थियो तर यसलाई अहिले पवित्र परमेश्वरको मन्दिरको रूपमा प्रयोग गरिँदै ”    

Leave Your Comments Here.


स्थानीयहरूले जीवन पाउन सकून् भनेर मिसनरी जर्जले जीवन त्याग गरे



एक जवान अङ्ग्रेज मिसनरीको नाउँ हो, जर्ज अटली तिनी अफ्रिकामा प्रभु येशूको सेवा गर्ने क्रममा सहिद भएका थिए

एक दिनको कुरो हो वैरभाव राख्ने स्थानीयहरू तिनलाई आक्रमण गर्न आए तिनीसित भरुवा बन्दुक थियो तिनी एउटा द्विविधामा फसे: बन्दुकले हानेर तिनीहरूलाई मारिदिने कि आफू तिनीहरूबाट मारिने तिनले पछिल्लोलाई रोजे तिनले हरेकलाई गोली हानेर मारिदिन सक्थे तर तिनले चाँडै नै निर्णय लिए यदि तिनले बन्दुकले हानेर कसैलाई मारिदिएको भए त्यसले मिसनलाई लाभको साटो बढी हानि पुर्याउँथ्यो भनी तिनले निष्कर्ष निकाले त्यसैले, मारिनलाई लगिएको थुमाको रूपमा तिनले आफ्नो जीवन तिलाञ्जलि दिए

पछि खोलामा तिनको मृत शरीरलाई फेला पारिँदा भरुवा बन्दुक पनि नजिकै थियो तिनले सर्वोच्च बलिदान गरे हराएका आत्माहरूका लागि तिनको बोझको तारिफ गरिनैपर्छ त्यहाँका स्थानीयहरूले जीवन पाउन सकून् भनेर तिनले मृत्युलाई रोजे, येशूले जस्तै: “तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो” (रोमी :) येशूले सारा संसारको निम्ति आफ्नो प्राण त्याग गर्नुभयो भने जर्जले त्यहाँका स्थानीयहरूका लागि     

Leave Your Comments Here.


Monday, September 28, 2015

आफ्ना खोजहरूद्वारा लाखौँको ज्यान बचाउने वैज्ञानिक पास्चर ख्रीष्टियान थिए



लुई पास्चर फ्रान्सका रसाएनशास्त्रीसाथै सुक्ष्मजीवशास्त्री हुन् रोगको विरुद्ध लगाइने खोप पास्चरीकरणका लागि तिनका खोजहरू विश्वमा परिचित छन् रोगका कारण रोकथाममा तिनले आविष्कार गरेका अवधारणाहरूले लाखौँ मानिसहरूको ज्यान बचाएका छन् पास्चर संसारभरि नैसुक्ष्मजीवविज्ञानका पिताको रूपमा प्रसिद्ध छन् रेबिज, भ्यागुते रोग, साङ्घातिक खटिराजस्ता थुप्रै घातक रोगहरूको विरुद्धमा तिनले खोपहरूको विकार गरे पास्चरका धेरैजसो खोजहरू डार्बिनवादी सिद्धान्तको विपरीत देखिएका थिए जुन सिद्धान्तले तिनको समयमा आधार तयार पार्दै थियो निस्सन्देह, मानव जीवन बचाउनको लागि पास्चरले सर्वाधिक योगदान पुर्याए

अधिकांश वैज्ञानिकहरूले पास्चरलाई महानतम जीवशास्त्रीको रूपमा आदर गर्छन् पास्चरका खोजहरू स्वत: जनन डार्बिनवादी सिद्धान्तको विरुद्धमा देखा परेकाले त्यस बेला तिनले उग्र विरोधको सामना गर्नुपरेको थियो तर स्वत: जनन अर्थात् निर्जीव वस्तुबाट सजीव वस्तुको उदय हुन्छ भन्ने डार्बिनवादी सिद्धान्तलाई पास्चरको आविष्कारले धुजाधुजा बनाइदियो   

ख्रीष्टाब्द १८२२ मा फ्रान्समा जन्मेका लुई पास्चर एक भक्त ख्रीष्टियान थिए तिनले परमेश्वरमाथि अनन्ततामाथि विश्वास गर्दथे यी विख्यात वैज्ञानिकले आफ्नो प्राण त्याग्ने बेलामा तिनले एउटा हातले आफ्नी पत्नीलाई समातेका थिए भने अर्को हातले क्रूसको आकृतिलाई     

Leave Your Comments Here.


Sunday, September 27, 2015

लाखौँ मानिसहरूको ज्यान जोगाउने संस्था रेड क्रस ख्रीष्टियानद्वारा स्थापना भएको थियो



ख्रीष्टाब्द १८५९ मा व्यापारको सिलसिलामा नेपोलिएन तृतिलाई भेट्न जाँदा एकीकरणको निम्ति गरिएको इटालीको युद्धलाई हेन्री डुनान्टले आफ्नै आँखाले देखे युद्धको केही हप्तापश्चात् युद्धक्षेत्र नजिकै मण्डलीहरूमा राखिएका घाइतेहरूको उपचारमा तिनी अथक रूपमा खटिए तिनले भनेका छन्, “मेरो हातलाई चुम्बन गर्न इच्छा गर्ने ती घाइतेहरूका आँखालाई कहिल्यै भुल्नेछैनँ घाइतेहरूका निम्ति न्यूनतम तयारी मात्र गरिएको भए कैयौँ घाइतेहरूका ज्यान जोगिन्थे भन्ने तिनलाई लाग्यो तिनले आफ्ना अनुभवहरूलाई समेटी मेमोरी अफ सल्फेरिनो नामक पुस्तक लेखे फलत: ख्रीष्टाब्द १८६४ मा तिनीसहित अन्य चार सहकर्मीहरू सोर् राष्ट्रका चौबिस जना प्रतिनिधि मिलेर अन्तर्राष्ट्रिय रेड क्रसको स्थापना गरे रेड क्रसको स्थापना गर्न डुनान्टको पुस्तकले प्रेरणा दिएको थियो

ख्रीष्टाब्द १८२८ मा स्विजरल्यान्डमा जन्मेका हेन्री डुनान्ट रेड क्रसका संस्थापकसाथै नोबेल शान्ति पुरस्कारका पहिलो प्रापक हुन् तिनी व्यापारीसाथै सामाजिक अभियन्ता पनि थिए  

डुनान्टको ख्रीष्टियान विश्वासले तिनलाई यस्तो संस्थाको स्थापना गर्न अभिप्रेरित गरेको थियो जसले मृत्युको मुखमा पुगेकाहरूलाई फर्काएर ल्याउन मद्दत गरोस् रेड क्रसले त्यही काम गर्छ रेड क्रसले लाखौँ मानिसहरूको ज्यान जोगाएको जुन संस्थालाई ख्रीष्टियानले स्थापना गरेका थिए

हेन्री डुनान्ट भक्त ख्रीष्टियान परिवारमा जन्मेका थिए समाजमा तिनको परिवारको उल्लेखनीय प्रभाव परेको थियो डुनान्टले मृत्युशैय्यामा भनेका थिए, “पहिलो शताब्दीमा जस्तै ख्रीष्टको एक चेला हुँ त्योभन्दा बढी केही होइन ” 

   

Leave Your Comments Here.


Saturday, September 26, 2015

स्वास्थ्यको क्षेत्रमा अपार योगदान पुर्‍याएकी नाइटिङ्गेल ख्रीष्टका सच्चा भक्त थिइन्



हातमा बत्ती लिएकी केटीको उपनामले चिनिने फ्लोरेन्स नाइटिङ्गेलको जन्म ख्रीष्टाब्द १८२० मा इटालीमा भएको थियो आज विश्वले उनलाई आधुनिक नर्सिङ्गको संस्थापकको रूपमा आदर गर्दछ मानवजातिको स्वास्थ्यको रेखदेखमा उनले अपार योगदान पुर्याएकी छन् रातमा पनि हातमा बत्ती लिएर घाइतेहरूको सेवा पुर्याएकीले उनलाईहातमा बत्ती लिएकी केटीको उपनाम दिइएको थियो अस्पतालमा उनले पुर्याएको सेवाको कारणले उनलाईसेवा गर्ने स्वर्गदूतभन्दा पनि अत्युक्ति नहोला प्राय: “पूर्वको तारापनि भनिएकी नाइटिङ्गेलको प्रयासमा सारा संसारभरि नर्सिङ्ग पेसा एउटा आदरणीय पेसा बनेको उनी सामाजिक सुधारकसाथै तथ्याङ्कशास्त्री पनि थिइन्    

नाइटिङ्गेल एक भक्त स्त्री थिइन् उनले आफ्नो कामको प्रेरणा प्रभु येशू ख्रीष्टबाट पाएकी थिइन् उनले जुन सफलता हात पारिन् त्यो ख्रीष्ट येशूको प्रेरणाविना प्राप्त गर्दिन थिइन् स्वास्थ्यको क्षेत्रमा अपार योगदान पुर्याएकी नाइटिङ्गेल ख्रीष्टका सच्चा भक्त थिइन्

सत्र वर्षको हुँदा उनलाई परमेश्वरले उहाँको सेवामा डाक्नुभएको थियो भनी उनले बताएकी थिइन् तर त्यो सेवा के थियो भनेर पत्ता लगाउन उनले २४ वर्षको उमेरसम्म कुर्नुपर्यो

ख्रीष्टाब्द १८६० मा नाइटिङ्गलले लन्डनस्थित सन्त थोमास अस्पतालमा नर्सहरूलाई तालिम दिन नाइटिङ्गेल स्कुलको स्थापना गरिन् उनको यही कार्यलाई नै आधुनिक नर्सिङ्गको थालनीको रूपमा हेरिन्छ आफ्नो सम्पूर्ण सेवालाई नाइटिङ्गेलले यस वाक्यमा उचित तवरले सारांशमा ल्याएकी छन्, “स्वर्गको राज्य भित्रपट्टि तर यसलाई हामीले बाहिर पनि ल्याउनुपर्छ

    

  

Leave Your Comments Here.


Friday, September 25, 2015

जीवनभर नास्तिकवादी रहेका दक्ष लेखक जोन सी. राइट ख्रीष्टियान बने



ख्रीष्टाब्द १९६१ मा अमेरिकामा जन्मेका जोन सी. राइट विज्ञानसित सम्बन्धित आख्यान काल्पनिक उपन्यासमा कलम चलाउने अमेरिकाका दक्ष लेखक हुन् अरफान्स अफ खायोस, गोल्डेन एजजस्ता प्रसिद्ध उपन्यासहरू प्रकाशित गरिसकेका राइट पहिले वकिलसाथै अखबारका सम्पादक थिए

तिनको दर्शनशास्त्रले तिनलाई यस्तो दृष्टिकोणमा पुर्याएको थियो कि अलौकिकतासाथै आश्चर्यकर्महरूप्रति तिनको रत्ती पनि विश्वास थिएन तिनले ख्रीष्टियान धर्मलाई घृणा गर्थे तर्क नै तिनको ईश्वर थियो

एक दिन राइटले यसरी प्रार्थना गरे, “प्रिय परमेश्वर, मलाई थाहा कि तपाईं अस्तित्वमा हुनुहुन्न ज्यामितिमा दक्षता हासिल गरेको व्यक्तिले विपरीत कोणहरू बराबर हुन्छन् भनी प्रमाणित गर्न सक्छ भनी निश्चयतासाथ पुष्टि गर्न सक्छु तथापि, एउटा विद्वान्को हैसियतले भुलमा छु भन्ने काल्पनिक सम्भाव्यतालाई स्वीकार गर्न बाध्य छु तसर्थ, यदि भुलमा छु भने कुनै कुनै तरिकाले तपाईंले आफैलाई प्रकट गराउनुस् जसले तपाईंको अस्तित्वलाई प्रमाणित गरेको होस् तपाईंले जवाफ दिनुभएन भने मैले तपाईंमाथि विश्वास गर्छु या गर्दिनँ भन्ने कुरामा कि तपाईंले वास्ता गर्नुहुन्न कि मलाई विश्वस्त पार्ने साक्षी उपलब्ध गराउन तपाईंसित शक्ति नै छैन पहिलोले तपाईं दयालु हुनुहुन्न भनी तर्क गर्दछ भने पछिल्लोले तपाईं सर्वशक्तिमान् हुनुहुन्न भनेर जुनसुकै अवस्थामा पनि तपाईं आराधनाको लागि अयोग्य ठहरिनुहुन्छ यदि तपाईं अस्तित्वमा हुनुहुन्न भने यो प्रार्थना हावामा फालिएका शब्दहरू मात्र हुन्छन् मैले थोरै मर्यादाबाहेक केही गुमाउँदिनँ यस विषयमा तपाईंको दयालु सहकार्यको लागि पहिले नै धन्यवाद व्यक्त गर्दछु जोन राइट

यसको दुई दिनपश्चात् राइटलाई ह्दयघात भयो, तर तिनी मरेनन् पछि तिनी अस्पतालमा भर्ना भए दिनहरू बित्दै गए तिनले परमेश्वरको बारेमा धेरै दिनसम्म दर्शन देखे तिनका प्रार्थनाहरूको पनि जवाफ पाए तिनले फलत: ४२ वर्षको उमेरमा तिनले नास्तिकवादलाई त्यागे तिनी ख्रीष्टियान बने            

Leave Your Comments Here.