हे
मेरा मित्रहरू, पृथ्वीमा
एउटा स्थान छ
जहाँ मृत्यु, पाप
र न्यायको डरले
हामीलाई कहिल्यै बेचैन तुल्याउँदैन;
पृथ्वीमा भएको एउटै
मात्र सुरक्षित स्थान
जहाँ पापी खडा
हुन सक्छ ।
त्यो हो— गलगथा
।
डी. एल.
मुडी,
सुसमाचार
प्रचारकसाथै
प्रकाशक
ख्रीष्ट
परमेश्वरका पुत्र हुनुहुन्छ ।
उहाँ मानिसहरूका पापको
प्रायश्चित्तको लागि मर्नुभयो
र तिन दिनपश्चात्
फेरि बौरी उठ्नुभयो
। यो विश्वको
सबैभन्दा महत्त्वपूर्ण सत्यता हो ।
म ख्रीष्टमा विश्वास
गरेर मर्छु ।
वाचम्यान नी,
अगुवासाथै
शिक्षक
ख्रीष्टको
क्रूस वीरतापूर्ण कुरो
थिएन भनी मानिसहरूले
भनेका छन् ।
तर म तपाईंहरूलाई
भन्न चाहन्छु कि
मानवीय इतिहासमा अन्य कुनै
घटनाले भन्दा येशू ख्रीष्टको
क्रूसले मानिसका आत्माहरूमा बेसी
वीरता हालिदिएको छ
।
जोन जी.
लेक,
अगुवासाथै
मिसनरी
ख्रीष्टियमत
कुनै सुत्र होइन
तर येशू आफैको
व्यक्तित्व हो ।
ख्रीष्टियमत भनेको आचरण मिलाउनु
हो भनी कहिल्यै
नठान्नुस् बरु ख्रीष्टलाई
उहाँको शक्ति र सामथ्र्यसाथ
हामीमा जिउन दिनु
हो ।
माल्कोम स्मिथ
ख्रीष्ट
र उहाँको क्रूसारोहणलाई
बोध गर्न सिक्नुस्
। उहाँको लागि
गाउन सिक्नुस् र
भन्नुस्, “हे प्रभु
येशू, तपाईं मेरो
धार्मिकता हुनुहुन्छ र म तपाईंको पाप हुँ
। जे मेरो
हो त्यो तपाईंले
आफै बोक्नुभएको छ
र तपाईंको चाहिँ
मलाई दिनुभएको छ
। म जे
थिइनँ त्यो हुन
सकूँ भनेर तपाईं
जे हुनुहुन्थेन तपाईं
त्यो हुनुभएको छ
।
मार्टिन लुथर,
ईश्वरशास्त्रीसाथै
प्राध्यापक
ख्रीष्टले
जिउनुभएको जीवनले उहाँले भोग्नुभएको
मृत्युलाई योग्य तुल्यायो ।
र, उहाँले भोग्नुभएको
मृत्युले हामीले जिउने जीवनलाई
योग्य तुल्याउँछ ।
अज्ञात
अन्धकारमा
कुनै छनौट हुँदैन
। वस्तुहरूको भिन्नता
छुट्टयाउन हामीलाई सक्षम तुल्याउने
कुरो त ज्योति
हो र हामीलाई
ज्योति दिने ख्रीष्ट
हुनुहुन्छ ।
सी. टी.
ह्वाइटमेल
येशूले
आफ्नो जीवन तपाईंको
निम्ति जिउनुभयो र उहाँले
आफ्नो जीवन तपाईंको
निम्ति दिनुभयो । अब
उहाँले आफ्नो जीवन तपाईंद्वारा
जिउन चाहुनुहुन्छ ।
ज्याक्विलेन के.
हेस्ली
कोही
सिद्ध छैन ।
एक मात्र जो
सिद्ध हुनुहुन्थ्यो उहाँलाई
क्रूसमा चढाइयो ।
लोरेट्टा ल्यान,
क्रूसको
विजयलाई आएर हेर्नुस्
। ख्रीष्टका चोटहरू
तपाईंका चङ्गाइ हुन्; उहाँका
वेदना तपाईंका विश्राम
हुन्; उहाँका सङ्घर्ष
तपाईंका जित हुन्;
उहाँका आर्तनाद तपाईंका गीत
हुन्; उहाँका दर्द
तपाईं चैन हुन्;
उहाँको लाज तपाईंको
महिमा हो; उहाँको
मृत्यु तपाईंको जीवन हो
र उहाँको दु:खकष्ट तपाईंको उद्धार
हो ।
मत्ती हेन्री,
सेवकसाथै
लेखक