menu bar

Sunday, September 27, 2015

लाखौँ मानिसहरूको ज्यान जोगाउने संस्था रेड क्रस ख्रीष्टियानद्वारा स्थापना भएको थियो



ख्रीष्टाब्द १८५९ मा व्यापारको सिलसिलामा नेपोलिएन तृतिलाई भेट्न जाँदा एकीकरणको निम्ति गरिएको इटालीको युद्धलाई हेन्री डुनान्टले आफ्नै आँखाले देखे युद्धको केही हप्तापश्चात् युद्धक्षेत्र नजिकै मण्डलीहरूमा राखिएका घाइतेहरूको उपचारमा तिनी अथक रूपमा खटिए तिनले भनेका छन्, “मेरो हातलाई चुम्बन गर्न इच्छा गर्ने ती घाइतेहरूका आँखालाई कहिल्यै भुल्नेछैनँ घाइतेहरूका निम्ति न्यूनतम तयारी मात्र गरिएको भए कैयौँ घाइतेहरूका ज्यान जोगिन्थे भन्ने तिनलाई लाग्यो तिनले आफ्ना अनुभवहरूलाई समेटी मेमोरी अफ सल्फेरिनो नामक पुस्तक लेखे फलत: ख्रीष्टाब्द १८६४ मा तिनीसहित अन्य चार सहकर्मीहरू सोर् राष्ट्रका चौबिस जना प्रतिनिधि मिलेर अन्तर्राष्ट्रिय रेड क्रसको स्थापना गरे रेड क्रसको स्थापना गर्न डुनान्टको पुस्तकले प्रेरणा दिएको थियो

ख्रीष्टाब्द १८२८ मा स्विजरल्यान्डमा जन्मेका हेन्री डुनान्ट रेड क्रसका संस्थापकसाथै नोबेल शान्ति पुरस्कारका पहिलो प्रापक हुन् तिनी व्यापारीसाथै सामाजिक अभियन्ता पनि थिए  

डुनान्टको ख्रीष्टियान विश्वासले तिनलाई यस्तो संस्थाको स्थापना गर्न अभिप्रेरित गरेको थियो जसले मृत्युको मुखमा पुगेकाहरूलाई फर्काएर ल्याउन मद्दत गरोस् रेड क्रसले त्यही काम गर्छ रेड क्रसले लाखौँ मानिसहरूको ज्यान जोगाएको जुन संस्थालाई ख्रीष्टियानले स्थापना गरेका थिए

हेन्री डुनान्ट भक्त ख्रीष्टियान परिवारमा जन्मेका थिए समाजमा तिनको परिवारको उल्लेखनीय प्रभाव परेको थियो डुनान्टले मृत्युशैय्यामा भनेका थिए, “पहिलो शताब्दीमा जस्तै ख्रीष्टको एक चेला हुँ त्योभन्दा बढी केही होइन ” 

   

Leave Your Comments Here.