उन्नाइसौँ
शताब्दीको पूर्वाद्धमा स्कटल्यान्डमा जन्मेका
जोन गिब्सोन पाटोन
ख्रीष्टाब्द १८५८ मा
न्यु
हेब्रिडेस
नाउँ गरेको टापुमा
मिसनरी भएर गएका
थिए । हाल
भानुआतु नाउँले चिनिने यो
टापु प्रशान्त महासागरको
दक्षिणमा पर्छ ।
यी टापुका मानिसहरू
यति हिंसक थिए
कि तिनीहरूले मान्छेलाई
मारेर उसको मासु
खाने गर्थे ।
त्यस्ता आदिवासीहरूको बिचमा ख्रीष्टको सन्देश
सुनाउन पाटोनलाई हम्मेहम्मे परेको
थियो । तथापि
तिनको निरन्तर सङ्घर्ष
र कठिनाइपश्चात् त्यस
टापुका जङ्गलीहरू बिस्तारै–बिस्तारै
ख्रीष्टियान विश्वासतर्फ लम्के ।
स्थानीयहरूलाई सुसमाचार सुनाउने क्रममा
पाटोनले अनुभव गरेका मनग्गे
कठिनाइ र परमेश्वरको
प्रबन्धबारे हामी यहाँ
एउटा प्रसङ्गलाई ध्यान
दिनेछौँ ।
एक
रातको कुरो हो
। जोन पाटोनप्रति
वैरभाव राख्ने स्थानीयहरूले तिनको
मिसन केन्द्रलाई घेरे,
पाटोन र उक्त
केन्द्रलाई जलाउने उद्देश्यले ।
त्यस त्रासदीपूर्ण रातमा
पाटोन र तिनकी
पत्नीले छुटकाराको लागि परमेश्वरलाई
बिन्ती चढाए ।
बिहान भएपछि ती
आक्रमणकारीहरू भागेर गएको देख्दा
पाटोनका दम्पती छक्क परे
।
एक
वर्ष बित्यो ।
त्यसबिचमा आदिवासीको मुखियाले येशू
ख्रीष्टलाई अङ्गालिसकेको थियो ।
उक्त घटनाको स्मरण
गर्दै त्यस रातमा
किन तिनीहरूले पाटोनको
घरलाई नजलाएको भनेर
तिनले मुखियालाई सोधे
। मुखियाले छक्क
पार्ने जवाफ दिए,
“त्यहाँ तपाईंसँगै उपस्थित ती
सबै मानिसहरू को
थिए ?” त्यस्ता कोही मानिसहरू
त्यहाँ थिएनन् भनी पाटोनलाई
राम्ररी थाहा थियो
। तर मुखिया
आक्रमण गर्नदेखि डराए किनकि
हातमा तरवार लिएर
सेतो वस्त्र धारण
गरेका सयौँ मानिसहरू
मिसन केन्द्रलाई घेरेर
बसेको तिनले देखेका
थिए भनी तिनले
बताए ।