मत्तीको
सुसमाचारमा उल्लिखित येशूको वंशावलीमा
सूचीकृत राजाहरूमध्ये एक हुन्,
आहाज । तिनी
यहूदाका एघारौँ राजा थिए
जसले ७४१–७२६
ख्रीष्टपूर्वसम्म शासन गरे
। तिनी योतामका
छोरासाथै उत्तराधिकारी थिए ।
तिनी यहूदाका राजा
हुँदा २० वर्षका
थिए र तिनले
१६ वर्षसम्म शासन
गरे । तर
“तिनले आफ्ना पुर्खा दाऊदले
गरेझैं परमप्रभुको दृष्टिमा जे कुरो
असल थियो त्यही
गरेनन्” (२ राजा
१६:२) ।
मूर्तिहरूको उपासना गरी तिनी
अन्यजातिका घिनलाग्दा चालमा मात्र
हिँडेनन् तर “तिनले
आफ्नो छोरालाई पनि
आगोमा होम गरे”
(२ राजा १६:३) ।
राजा आहाजको बारेमा
२ राजा १६;
यशैया ७–९ र २
इतिहास २८ मा
पढ्न पाइन्छ ।
राजा
आहाजको नाउँ उल्लेख
गर्ने २,८००
वर्ष पुरानो बुला
अर्थात् माटोको डल्लो फेला
पारिएको छ ।
यस खोजलाई राजा आहाजको छाप
नाउँ दिइएको छ । यो माटोको
डल्लोमा औँठा छाप
पनि देखिएको छ
जुन राजा आहाजको
हुन सक्छ ।
बिसौँ शताब्दीको अन्त्यतिर
यो पुरातात्त्विक खोज
बजारमा देखा परेको
थियो । आठौँ
शताब्दी ख्रीष्टपूर्वको मिति दिइएको
यस आविष्कारको स्थान
अज्ञात रहे तापनि
यसमा प्राचीन हिब्रू
भाषामा यसरी लेखिएको
छ, “योतामका छोरा
यहूदाका राजा आहाजको
।”
राजा
आहाजको ऐतिहासिकताको पुष्टि गर्ने बाइबल
बाहिरको यो एउटा
महत्त्वपूर्ण पुरातात्त्विक खोज हो
। यो दरबारका
दस्तावेजहरूलाई प्रमाणित गर्न राजा
आफैले प्रयोग गर्ने
छाप थियो ।
यस खोजमा आहाजको
नाउँ मात्र उल्लेख
गरिएको छैन तर
तिनी योतामका छोरा
थिए र तिनी
यहूदाका राजा थिए
भनेर सफासँग लेखिएको
छ जुन वर्णन
बाइबलको अभिलेखसित सोर्है आना
मेल खान्छ ।