menu bar

Friday, September 4, 2015

मुलरको प्रार्थनाद्वारा कुहिरो हटेकोले जहाजको कप्तान ख्रीष्टियान बने



विश्वासका नायक हुन्, जर्ज मुलर ख्रीष्टाब्द १८०५ मा इङ्गल्यान्डमा जन्मेका मुलरको जीवनमा फिलिप्पी :१९ मा लिखित वचन वास्तवमै लागु भएको देख्न सकिन्छ, “मेरा परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्तिअनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ मुलर ख्रीष्टियानहरूका लागि प्रेरणाका पात्र हुन्, खास गरी परमेश्वरले हाम्रो प्रार्थना सुन्नुहुन्छ जवाफ दिनुहुन्छ भनी प्रार्थनामा समय बिताउने विश्वासीहरूका लागि तिनी आफ्नो हरेक आवश्यकताको निम्ति परमेश्वरमा भर पर्थे परमेश्वरले तिनको जीवनमा प्रार्थनाका जवाफहरू दिनुभएका कैयौँ सन्दर्भहरू छन् यहाँ हामी एउटालाई ध्यान दिनेछौँ

ख्रीष्टाब्द १८७७ को अगस्ट महिनामा जर्ज मुलर पानी जहाजबाट संसारको दोस्रो ठुलो एटलान्टिक महासागर पार गर्दै थिए तिनी चढेको जहाज बाक्लो कुहिरोभित्र प्रवेश गर्यो आगामी दिनको मध्यान्हसम्ममा मुलरलाई क्यानडाको क्युबेक पुग्नुपथ्र्यो भनी तिनले जहाजका कप्तान जोसेफ . डुटोनलाई बताए तर सुरक्षाको खातिर कप्तानले जहाजको गतिलाई कम गर्दै थिए भनी तिनले मुलरलाई जवाफ दिए त्यसो हुँदा मुलरलाई ढिलो हुने निश्चित थियो कुहिरो हटोस् भनी प्रार्थना गर्नका लागि जहाजको कुनै एउटा कोठा पाऊँ भनी मुलरले कप्तानलाई अनुरोध गरे त्यसो गर्नु समयको बरबादी मात्र हो भनी दाबी गर्दै कप्तान पनि मुलरको पछिपछि लागे मुलरले प्रार्थना गरिसकेपछि कप्तानले पनि प्रार्थना गर्न थाले तर मुलरले तिनलाई रोके, आंशिक रूपमा कप्तानको अविश्वासको कारणले मूलत: परमेश्वरले प्रार्थनाको जवाफ दिइसक्नुभएको थियो भन्ने मुलरको विश्वासको कारणले तिनीहरू माथि उक्लँदा देखे कि कुहिरो साँच्चै नै हटिसकेको रहेछ त्यसको केही समयपछि कप्तान ख्रीष्टियान बने        

Leave Your Comments Here.