ख्रीष्टियान
शिक्षाले स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय
योगदान पुर्याएको छ । यदि ख्रीष्टियान
शिक्षालाई जीवनमा उतार्ने हो
भने मानिस स्वस्थ
हुन्छ । येशूका
शिक्षाले उहाँका अनुयायीहरूलाई अस्पतालको
उदय गर्न अभिप्रेरित
गरे । वास्तवमा
येशू ख्रीष्ट महानतम
चिकित्सक हुनुहुन्छ । अस्पतालको
स्थापनामा उहाँको शिक्षाको भूमिकाको
एउटा नमुना यहाँ
पेस गरिएको छ
।
ख्रीष्टाब्द
१९३१ मा उत्तर
अमेरिकाका केही मिसनरीहरूले
दक्षिण अमेरिकाको उत्तर–पश्चिममा
पर्ने इक्वेडरको राजधानी
क्विटोमा सर्ट वेभ
ख्रीष्टियान रेडियोको थालनी गरे
। एचसीजेबी अर्थात्
द
भोइस
अफ
द
एन्डेस
नामक उक्त रेडियो
स्टेसन संसारमै पहिलो ख्रीष्टियान
मिसनरी रेडियो स्टेसन हो
। यसले दक्षिण
अमेरिकामा मात्र नभएर त्यसभन्दा
पर पनि आफ्नो
प्रसारणको पाल तन्काएको
थियो ।
केही
वर्ष बितेपछि छिमेकी
राष्ट्रका केही स्थानीय
मानिसहरू औषधीको सहायता खोज्दै
स्टेसनमा आइपुगे । रेडियोबाट
आत्माका खुराक पस्किने गरिन्थ्यो
। तर, रेडियोका
मान्छेहरूले शरीरको पनि सेवा
गर्छन् भन्ने अनुमान लिएर
तिनीहरू स्टेसनसम्म धाएका थिए
। परिणामत: ख्रीष्टाब्द
१९५५ मा स्टेसनले
एउटा अस्पताल खोल्यो
। आज यो
अस्पताल मुलुककै एउटा महत्त्वपूर्ण
अस्पताल बनेको छ जसबाट
हजारौँले सेवा पाइरहेका
छन् ।