लुई
पास्चर फ्रान्सका रसाएनशास्त्रीसाथै सुक्ष्म–जीवशास्त्री हुन् ।
रोगको विरुद्ध लगाइने
खोप र पास्चरीकरणका
लागि तिनका खोजहरू
विश्वमा परिचित छन् ।
रोगका कारण र
रोकथाममा तिनले आविष्कार गरेका
अवधारणाहरूले लाखौँ मानिसहरूको ज्यान
बचाएका छन् ।
पास्चर संसारभरि नै “सुक्ष्म–जीवविज्ञान” का पिताको
रूपमा प्रसिद्ध छन्
। रेबिज, भ्यागुते
रोग, साङ्घातिक खटिराजस्ता
थुप्रै घातक रोगहरूको
विरुद्धमा तिनले खोपहरूको विकार
गरे । पास्चरका
धेरैजसो खोजहरू डार्बिनवादी सिद्धान्तको
विपरीत देखिएका थिए जुन
सिद्धान्तले तिनको समयमा आधार
तयार पार्दै थियो
। निस्सन्देह, मानव
जीवन बचाउनको लागि
पास्चरले सर्वाधिक योगदान पुर्याए
।
अधिकांश
वैज्ञानिकहरूले पास्चरलाई महानतम जीवशास्त्रीको
रूपमा आदर गर्छन्
। पास्चरका खोजहरू
स्वत: जनन र
डार्बिनवादी सिद्धान्तको विरुद्धमा देखा
परेकाले त्यस बेला
तिनले उग्र विरोधको
सामना गर्नुपरेको थियो
। तर स्वत:
जनन अर्थात् निर्जीव
वस्तुबाट सजीव वस्तुको
उदय हुन्छ भन्ने
डार्बिनवादी सिद्धान्तलाई पास्चरको आविष्कारले धुजाधुजा
बनाइदियो ।
ख्रीष्टाब्द
१८२२ मा फ्रान्समा
जन्मेका लुई पास्चर
एक भक्त ख्रीष्टियान
थिए । तिनले
परमेश्वरमाथि र अनन्ततामाथि
विश्वास गर्दथे । यी
विख्यात वैज्ञानिकले आफ्नो प्राण
त्याग्ने बेलामा तिनले एउटा
हातले आफ्नी पत्नीलाई
समातेका थिए भने
अर्को हातले क्रूसको
आकृतिलाई ।