menu bar

Friday, September 11, 2015

ब्रम्हाको खोजी गर्दै हिँडेका हिन्दु गुरुले अन्तत: येशू ख्रीष्टलाई भेट्टाए



सत्यताको खोजीमा भौतारी हिँडेका हिन्दु गुरुको नातेदारले एक दिन घरमा नयाँ करार (बाइबलको दोस्रो भाग) लिएर आयो हिन्दु धर्मशास्त्रसँगै हिन्दु समुदायको कट्टर ब्राम्हण परिवारमा हुर्केका ती गुरुले नयाँ करारको पठनसाथै अन्य मानिसहरूको साक्षीबाट येशूको दाबीबारे सिके, “बाटो, सत्य जीवन नै हुँ मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन” (यूहन्ना १४:)

ब्रम्हाको खोजी गर्दै हिँडेका गुरुले अन्तत: येशूलाई पाए तिनले घुँडा टेके आफ्ना सबै पापको क्षमाको निम्ति येशू ख्रीष्टलाई बिन्ती गरे प्रभु येशू तिनको जीवनमा आउनुभयो तिनको दृष्टिकोणमा आमूल परिवर्तन ल्याइदिनुभयो तिनी ख्रीष्टको एक प्रसिद्ध सुसमाचार प्रचारक कहलाइए तिनको नाउँ होरबी महाराज

ख्रीष्टाब्द १९४७ मा जन्मेका रबी महाराज भारतका सुसमाचार प्रचारकसाथै इस्टवेस्ट गस्पल मिनिस्ट्रजका संस्थापक हुन् ख्रीष्टियान भएपछि सत्यताको खोजीबारे तिनले आफ्नो कथालाई गुरुको मृत्यु नामक पुस्तकमा प्रकाशित गरे ख्रीष्टाब्द १९७७ मा छापिएको यो पुस्तक ६० भन्दा बढी भाषामा अनुवाद भइसकेको सर्वश्रेष्ठ प्रचारक बिल्ली ग्राहमसँगै काम गरेका महाराजले हजारौँ मण्डली, कलेजसाथै सभागृहमा प्रचार गरिसकेका छन् ख्रीष्टको सुसमाचारको सन्देश लिएर तिनी १०० भन्दा बेसी मुलुकहरू पुगिसकेका छन्   

Leave Your Comments Here.