मानिसहरूको
भिड जम्मा भएको
थियो । लाग्थ्यो,
त्यहाँ कुनै तमासा
हुँदै थियो ।
एक जना स्त्रीलाई
गलत किसिमले व्यभिचारको
दोष लागेको थियो
। त्यस्तो दोषीलाई
बाँधेर राखिन्थ्यो अनि उसको
शरीरमा उम्लिरहेको तेल खन्याइन्थ्यो
। तर त्यस्तो
अमानवीयसाथै क्रूर प्रथाको विरुद्धमा
उठ्ने जमर्को गरिन्
एक जना स्त्रीले
। उनी आरोपित
महिला र यातना
दिने व्यक्तिको बिचमा
खडा भइन् ।
उनले ती यातना
दिने व्यक्तिलाई यसरी
एक टकले हेरिरहिन्
कि त्यो मानिस
पछाडि हट्यो ।
ती स्त्रीको साहस
र उनले विश्वास
गरेका परमेश्वरको शक्ति
देखेर मानिसहरू छक्क
परे । उनको
नाउँ हो, मेरी
स्लेसर ।
मेरी
स्लेसर अफ्रिकी मुलुक नाइजेरियामा
मिसनरी भएर जाने
स्कटल्यान्डकी निर्भीक स्त्री हुन्
। स्थानीय बालबालिकाहरूको
बचावट र नारी
अधिकारको प्रवद्र्धको लागि उनले
उल्लेखनीय भूमिका निर्वाह गरेकी
छन् । नाइजेरियामा
बस्ने एफिक नाउँको
आदिवासीको बिचमा जुम्ल्याहा सन्तानलाई
मार्ने चलनलाई रोक्ने श्रेय
उनलाई नै जान्छ
।
पिता
रोबर्ट र माता
मेरीबाट जन्मेका सात सन्तानमध्ये
दोस्रो सन्तानको रूपमा मेरी
स्लेसरको जन्म २
डिसेम्बर १८४८ मा
स्कटल्यान्डमा भएको थियो
। गरिब परिवारमा
जन्मेकी मेरीका पिताको पेसा
जुत्ता बनाउने थियो ।
तर तिनी जँड्याहा
भएकोले तिनको त्यो पेसा
पनि गुम्न पुग्यो
। कामको खोजीमा
रोबर्टको परिवार डुन्डी भन्ने
ठाउँमा पुग्यो । तिनीहरूको
नयाँ घर भन्नु
नै एउटा कोठा
थियो जहाँ न
पानी उपलब्ध थियो
न बत्ती न
त शौचालय ।
तिनीहरू भुइँमा सुत्थे ।
दस
वर्षको उमेरदेखि मेरीले आधा
समय मिलमा काम
गरेर बिताउन थालिन्
त आधा समय
स्कुलमा पढेर ।
चौध वर्षको उमेरमा
उनले आफ्नो पुरै
समय काममा लगाउनुपर्यो
। उनी हप्ताको
५८ घण्टासम्म काममा
खट्थिन् ।
गरिबीमा
पौडी खेल्दै आएकी
मेरीको जीवनमा परमेश्वरको अद्भूत
योजना थियो ।
नाइजेरियामा मिसनरी भएर गएका
प्रभुका जनबाट प्रवचन सुनेपछि
उनको ह्दयमा मिसनरी
हुने रुचि बढेको
थियो । किशोरी
अवस्थामा प्रभु येशूलाई अङ्गालेपछि
उनले मिसनरी रिकर्ड
नामक पत्रिकामा विख्यात
मिसनरी डेभिड लिभिङ्गस्टोनको बारेमा
पढ्न पाएकी थिइन्
जसले उनको रुचिलाई
बढावा दियो ।
मेरीले
त्यो समयमा मिसनरी
हुने सपना देखेकी
थिइन् जुन समयमा
छोरी मान्छे मिसनरी
भएर गएको कथा
सुनिँदैनथ्यो । उनले
मिसनरीको लागि आवेदन
दिँदा उनलाई लागेको
थियो उनमा दुई
ओटा असमर्थता छ:
एकातिर उनी स्त्री
थिइन् भने अर्कोतिर
उनी श्रमिक वर्गकी
थिइन् । तथापि
परमेश्वरले मिसनरी बन्ने उनको
अन्तरबिन्तीलाई सुन्नुभयो । उनी
ख्रीष्टियान सन्देश लिएर “गोराहरूको
चिहान” भनेर चिनिने
पश्चिम अफ्रिका जानलाई तयार
भइन् ।
ख्रीष्टाब्द
१८७६ मा २८
वर्षको उमेरमा मेरी कालाबारको
लागि प्रस्थान गरिन्
जुन ठाउँ हाल
नाइजेरियामा पर्छ ।
सुसमाचारको खातिर त्यहाँ उनले
सङ्घर्षपूर्ण जीवन बिताइन्
। ती क्रूर
आदिवासीहरूलाई सभ्यताको उचाइमा पुर्याउन
उनले पुर्याएको योगदानको कारणले
आज उनको नाउँ
इतिहासमा अमर छ
।
कालाबारका
मानिसहरूका लागि मेरीको
प्रयासमा स्थापना गरिएको अस्पतालको
नाउँमा उनी जीवित
छिन् । उनकै
प्रयासमा स्कुलहरू खोलिए; बालबालिकाहरूले
लामो जीवन पाए;
जुम्ल्याहा मार्ने अन्धविश्वासी चलनमा
पूर्ण विराम लाग्यो;
नियमित जाँड खाने
र एक अर्काको
हत्या गर्ने अभ्यास
इतिहास बन्यो; सबैभन्दा ठुलो
उपलब्धि त त्यहाँका
आदिवासीहरूले परमेश्वर र बाइबलको
बारेमा सिक्न पाए ।
१३
जनवरी १९१५ मा
मेरी आफ्नो अनन्त
घरमा प्रवेश गरिन्
।