menu bar

Saturday, September 5, 2015

दाऊदलाई जनगणना लिन कसले सुर्‍यायो— परमप्रभुले (२ शमूएल २४:१) वा शैतानले (१ इतिहास २१:१–२) ?



शमूएलको पुस्तकअनुसार दाऊदलाई गणनाको लागि परमप्रभुले सुर्याउनुभयो, “फेरि परमप्रभुको क्रोध इस्राएलीहरूमाथि दन्कियो, अनि उहाँले दाऊदलाई तिनीहरूका विरुद्धमा सुर्याउनुभयो, तिनलाई इस्राएल यहूदाको गणना गर्नू भनी हुकुम गर्नुभयो” (२४:) तर इतिहासको अभिलेखमुताबिक गणनाको लागि दाऊदलाई शैतानले सुर्यायो, “शैतान इस्राएलको विरुद्ध उठेर दाऊदलाई आफ्नो प्रजा गन्नलाई सुर्यायो यसैले तिनले योआब आफ्ना फौजका अधिकृतहरूलाई बेर्शेबादेखि दानसम्मका इस्राएलीहरूको जनसंख्या लिएर तिनलाई बताउनू भनी आदेश दिए” (२१:) यी दुई ओटा विवरणलाई तुलना गरेर पढ्दा दाऊदलाई कसले जनगणना गर्न सुर्यायो भन्ने सम्बन्धमा विरोधाभास देखिन्छ

जनगणनाको पृष्ठभूमिबारे शमूएलको पुस्तकमा इतिहासको पुस्तकमा केही बताइएको यो कार्य दाऊदका छोरा अब्शालोमको विद्रोहअगि भयो या पछि भयो भनेर जान्ने कुनै उपाय छैन

तर यो प्रस्ट कि दाऊदले हासिल गरेको सैनिक सफलता आर्थिक वृद्धिको कारणले तिनको ह्दयमा अहम्को महल खडा हुँदै थियो जसबारे तिनी पूर्णत: सचेत थिएनन् जवान छँदा तिनले परमेश्वरमाथि पूर्ण रूपमा भरोस गर्थे भन्ने तथ्य तिनले गोल्यातसँग लडाइँ गरी त्यसमाथि प्राप्त गरेको विजयमा छर्लङ्ग हुन्छ तर जीवनका पछिल्ला वर्षहरूमा दाऊदको भरोसा भौतिक स्रोतहरूमा बढ्दै गएको देखिन्छ त्यसैले, परमेश्वरले दाऊदलाई पुन: एक चोटि घुँडा टेकाउन चाहनुहुन्थ्यो

जनगणना लिने काम आफैमा गलत होइन मोशाको समयमा दुई ओटा जनगणना लिइएका थिए जसबाट परमेश्वर बेखुसी हुनुभएन (गन्ती २६)

गणनाको लागि दाऊदलाई कसले सुर्यायो ? यसको उत्तर हुन्छपरमेश्वर शैतान दुवै धर्मशास्त्रमा एउटै कार्य वा घटनाको लागि परमेश्वर शैतान दुवै सामेल भएका अन्य नमुनाहरू पनि पाइन्छन्

अय्यूबको परीक्षामा परमेश्वरले शैतानलाई अनुमति दिनुभयो त्यसले त्यस अनुमतिलाई कार्यान्वयन गर्यो अय्यूब ) यद्यपि शैतान परमेश्वरका उद्देश्य बेग्लाबेग्लै थिए त्यसै गरी, येशूको क्रूसारोहणमा पनि परमेश्वर शैतान दुवै नै सामेल भए शैतानको उद्देश्य परमेश्वरका पुत्रलाई नष्ट गर्नु थियो (यूहन्ना १३:) जब कि परमेश्वरको उद्देश्य उहाँका पुत्रको मृत्युद्वारा मानवजातिलाई छुटकारा दिनु थियो (प्रेरित :१४३९)   

शैतानमाथि पनि परमेश्वरको अधिकार भन्ने तथ्यलाई हामीले भुल्नु हुँदैन शैतानले पहिले नै इच्छा गरेको कुरोलाई कार्यान्वयन गर्ने अनुमति दिएर परमेश्वरले आफ्नो आखिरी उद्देश्य पुरा गर्न सक्नुहुन्छ     



Leave Your Comments Here.