डा.
समुएल ब्लुमेनफिल्ड ख्रीष्टाब्द
१९२७ मा जन्मेका
अमेरिकाका लेखकसाथै शिक्षक हुन्
। तिनले शिक्षासित
सम्बन्धित १० ओटा
कृतिहरू प्रकाशित गरेका छन्
। सरकारी शिक्षाको
आरम्भ कहाँबाट भएको
होला भन्ने सम्बन्धमा
तिनले एउटा अनुसन्धान
गरेका थिए ।
सामूहिक रूपमा सिकाइने शिक्षाको
जरा सुधारवाद र
खास गरी जोन
काल्भिनमा पुगेको छ भनी
तिनले प्रस्ट्याएका छन्
।
तिनको
अनुसन्धानको एउटा चाखलाग्दो
पक्ष के हो
भने अनुसन्धानको क्रममा
तिनी ख्रीष्टियान बने
।
जोन
काल्भिनद्वारा लिखित इस्न्टिच्युट्स अफ
द
क्रिस्चियन
रिलिजन
नामक कृति पढेर
समुएलले येशूमाथि विश्वास गरेका
थिए । जोन
काल्भिन प्रभावशाली फ्रान्सेली लेखक,
ईश्वरशास्त्रीसाथै पास्टर थिए ।
ख्रीष्टाब्द १५३६ मा
ल्याटिन भाषामा छापिएको यो
पुस्तक प्राटेस्टेन्ट व्यवस्थित ईश्वरशास्त्रको एउटा
आधारभूत कृति थियो
जुन पाश्चात्य जगत्मा
अत्यधिक प्रभावशाली ठहरियो ।
आफ्नो
अनुसन्धानको क्रममा समुएलले सामूहिक
शिक्षाको अवधारणा कहाँबाट आएको
होला भन्ने सवालमा
सबै मार्गहरूले जोन
काल्भिनतर्फ नै डोर्याएको
पाए तिनले ।
प्राथमिक स्रोतहरूको अध्ययन गर्नु
तिनको खोजको आवश्यकता
थियो । यसै
क्रममा तिनले काल्भिनद्वारा लिखित
कृति पढे अनि
तिनले आफ्नो जीवन
प्रभु येशूमा सुम्पे
।