ख्रीष्टियान
रक्षाशास्त्रको क्षेत्रमा परमेश्वरको अस्तित्वसित
सम्बन्धित ब्लाइज पास्कलको एउटा
महत्त्वपूर्ण तर्कलाई पास्कलको बाजी
भनेर चिनिन्छ ।
तिनको तर्कअनुसार यदि
परमेश्वर अस्तित्वमा हुनुहुन्न भने
एउटा नास्तिकले उहाँमाथि
विश्वास गरेर केही
पनि गुमाउँदैन ।
तर यदि उहाँ
अस्तित्वमा हुनुहुन्छ भने एउटा
नास्तिकले उहाँमाथि विश्वास गरेर
अनन्त जीवन पाउँछ
भने विश्वास नगर्नेले
अनन्त दण्ड ।
ब्लाइज
पास्कलको लागि सबैभन्दा
उपयुक्त शब्द हो,
जिनिअस । तिनी
असाधारण प्रतिभा भएका गणितज्ञ,
भौतिकशास्त्री, दार्शनिक, अन्वेषक, लेखक,
ईश्वरशास्त्री र ख्रीष्टियान
रक्षाशास्त्री थिए ।
तिनले यी सबै
क्षेत्रहरूमा झण्डै बिस वर्षको
अवधिमा ख्याति कमाएका थिए
। थोरै समयमा
धेरै उपलब्धि हासिल
गर्ने स्रष्टाहरूको वर्गभित्र
पर्छन् पास्कल ।
ब्लाइज
पास्कलको जन्म १९
जुन १६२३ मा
पिता एटिने पास्कल
र माता एन्टोनिटे
बेगोनबाट फ्रान्समा भएको थियो
। पास्कल बाल्यकालदेखि
नै विलिक्षण प्रतिभाका
धनी थिए ।
तिन वर्षको उमेरमा
आमा गुमाएका पास्कललाई
तिनका पिताले शिक्षा
दिएका थिए जसको
पेसा कर उठाउने
थियो ।
ख्रीष्टाब्द
१६५४ मा धार्मिक
परिवर्तनको अनुभव गरेका पास्कलले
दर्शनशास्त्र र ईश्वरशास्त्रबारे
प्रभावशाली कृतिहरू लेख्न थाले
। तिनका दुई
ओटा सर्वाधिक प्रसिद्ध
कृतिहरूमा लेटर्स
प्रोभिन्सिएल्स
र पेन्सिज पर्दछन् । वैज्ञानिक
क्षेत्रका चिन्तक पास्कलको परमेश्वरमाथि
गहन विश्वास थियो
। तिनी एक
भक्त ख्रीष्टियान थिए
।
सम्भाव्यताको
सिद्धान्तको विकास गणितको क्षेत्रमा
पास्कलको उल्लेखनीय योगदान थियो
। सुरुमा यसलाई
जुवाको क्षेत्रमा मात्र लागु
गरिएको भए तापनि
हाल अर्थशास्त्रमा यसको
अत्यधिक महत्त्व रहेको छ
। एक जना
लेखकले भनेका छन्, “अनिश्चयता,
जोखिम, निर्णय लिने काम
र भावी घटनाहरूको
मार्गलाई प्रभावित तुल्याउने व्यक्तिसाथै
समाजको क्षमतालाई हामीले जसरी
विचार गर्छौं त्यसलाई
सम्भाव्यताको सिद्धान्त र यसपछिका
आविष्कारहरूले परिवर्तन गरिदिए ।”
साहित्यको
क्षेत्रमा पास्कललाई फ्रान्समा सर्वाधिक
महत्त्वपूर्ण लेखकहरूको सूचीमा राखिन्छ
। तिनले ख्रीष्टाब्द
१६४२ मा पास्कलाइन
अर्थात् प्रारम्भिक क्याल्कुलेटरको आविष्कार
गरेका थिए ।
अठार
वर्षको उमेर पार
गरेपछि तिनको स्वास्थ्य उति
राम्रो भएन ।
आफ्नो उनन्चालिसौँ जन्मदिनको
दुई महिनापश्चात् १९
अगस्ट १६६२ मा
तिनी यस धरतीबाट
बिदा भएका थिए
।