menu bar

Monday, September 14, 2015

येशूको मृत्युबारे १२ ओटा भनाइहरू (भाग २)



ख्रीष्ट स्वैच्छापूर्वक क्रूसमा जानुभयो तर हाम्रा पापले उहाँलाई त्यहाँ लगेका थिए
फ्रान्कलिन ग्राहाम, सुसमाचार प्रचारकसाथै मिसनरी 

ख्रीष्टियान समुदाय क्रूसको समुदाय हो किनकि क्रूसद्वारा नै यसलाई अस्तित्वमा ल्याइएको यसको आराधनाको केन्द्रबिन्दु एक पटक मारिनुभएका थुमा हुनुहुन्छ जो अहिले महिमित हुनुहुन्छ
जोन स्टट, पास्टर, ईश्वरशास्त्रीसाथै लेखक 

हामी शक्तिविहीन हुँदा हामीले केवल ख्रीष्टको क्रूसमा शक्ति पाउँछौँ हामी कमजोर हुँदा हामीले सामथ्र्य पाउँछौँ हाम्रो अवस्था आशाविहीन हुँदा हामीले आशाको अनुभव गर्छौं हाम्रा बेचैन ह्दयका लागि केवल क्रूसमा शान्ति पाइन्छ 
मिखाएल योसेफ 

यदि हामी हामीप्रति भएको परमेश्वरको प्रेमको प्रमाण चाहन्छौँ भने हामीले पहिले क्रूसमा हेर्नुपर्छ जहाँ परमेश्वरले हाम्रा पापका निम्ति आफ्ना पुत्रलाई बलिदानको रूपमा अर्पण गर्नुभयो कलवरी हाम्रा निम्ति परमेश्वरको प्रेमको वास्तविक, पूर्ण, अखण्डनीय प्रमाण हो
जेरी ब्रिज, ख्रीष्टियान लेखकसाथै वक्ता   

हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्भन्ने क्रूसमा व्यक्त उहाँको शोकाकुल वेदनाले पापीहरूप्रति भएको परमेश्वरको ह्दयलाई झल्काउँछ
जोन आर. राइस, सुसमाचार प्रचारक, पास्टरसाथै सम्पादक 

क्रूस संसारको इतिहासको केन्द्रबिन्दु हो ख्रीष्टको अवतार हाम्रा प्रभुको क्रूसारोहण यस्ता वृत्ताकार धुरी हुन् जसका वरिपरि सबै युगका घटनाहरू घुम्छन् ख्रीष्टको गवाही अगमवाणीको आत्मा थियो येशूको बढ्दो शक्ति इतिहासको आत्मा हो
अलेक्ज्यान्डर म्याकफर्लेन, ख्रीष्टियान सेवक 

परमेश्वरले आफ्नो प्रेम क्रूसमा प्रमाणित गर्नुभयो ख्रीष्ट झुण्ड्याइनुहुँदा, उहाँले रगत बगाउनुहुँदा उहाँ मर्नुहुँदा उहाँले संसारलाई भन्दै हुनुहुन्थ्यो, “ तिमीलाई माया गर्दछु
बिल्ली ग्राहाम, सर्वश्रेष्ठ प्रचारक

मैले ठुलाठुला भिडहरूलाई प्रचार गरेकोले वा धेरै पटक बाइबल पढेकोले स्वर्ग जाँदिनँ क्रूसमा आखिरी घडीमाहे येशू, ... मलाई सम्झनुहोस्भन्ने डाँकुजस्तै गरी स्वर्ग जाँदै छु
बिल्ली ग्राहाम, सर्वश्रेष्ठ प्रचारक

हामी साहसपूर्वक परमेश्वरको सिंहासनमा जान सक्छौँ किनकि क्रूसमा येशूले हाम्रो निम्ति जे गर्नुभयो त्यसको शक्तिमा हामी निर्धक्क छौँ
जोएस मेएर, ख्रीष्टियान लेखिकासाथै वक्ता 

क्रूसलाई सहनु दुर्भाग्य होइन; यो त्यो दु:खकष्ट हो जुन येशू ख्रीष्टप्रतिको एक मात्र बफादारीको फल हो
डाइट्रिच बोनहफर, पास्टरसाथै ईश्वरशास्त्री

क्रूसमा परमेश्वरले संसारका पापका निम्ति येशूलाई दण्ड दिँदै हुनुहुन्थ्यो परमेश्वरको न्यायको लागि पापीहरूलाई दण्ड दिनु आवश्यक थियो उहाँको अवर्णनीय प्रेममा उहाँ आफैले क्रूसारोहण हुनुभएका उहाँका पुत्रमा मूल्य चुकाउनुभयो
लेविस बी. स्मेडेस, लेखक, नीतिज्ञसाथै ईश्वरशास्त्री

हामीले प्रशस्तताको जीवन पाउन सकौँ भनेर येशूले हाम्रा लागि उत्कृष्ट मूल्य चुकाउनुभयो उहाँले हाम्रा सबै पाप स्वैच्छापूर्वक आफैमा लिनुभयो क्रूसमा आफ्नो जीवन अर्पण गर्नुभयो ताकि हामीलाई क्षमा मिल्न सकोस् हामीले उहाँमा नयाँ जीवन पाउन सकौँ
जोएस मेएर, ख्रीष्टियान लेखिकासाथै वक्ता 






Leave Your Comments Here.