२
राजा ३:४ मा लेखिएको
छ, “मोआबका राजा
मेशाले भेडाहरू पाल्थे, अनि
तिनले इस्राएलका राजालाई
एक लाख भेडाका
पाठाहरू र एक
लाख भेडाहरूको ऊन
दिनुपथ्र्यो ।”
मृत
सागरको पूर्वमा पर्ने सानो
राज्य मोआबका शासक
थिए मेशा जसले
नवौँ शताब्दी ख्रीष्टपूर्वको
मध्यतिर शासन गरेका
थिए । तिनी
यहूदाका राजा यहोशापात
(८७०–८४८ ख्रीष्टपूर्व)
र इस्राएलका राजा
योराम (८५२–८४१
ख्रीष्टपूर्व) का समकालिक
थिए । २ राजा ३:४ यी
राजाको बारेमा बताउने बाइबलको
एउटै मात्र पद
हो । तर
उन्नाइसौँ शताब्दीको उत्तराद्र्धमा फेला
पारिएको शिलालेखले तिनको बारेमा
भएको हाम्रो ज्ञानको
सिमालाई बढाएको छ ।
ख्रीष्टाब्द
१८६८ को अगस्ट
महिनामा बाइबलमा उल्लिखित प्राचीन
सहर दीबोन (गन्ती
३२:३) मा
फेला पारिएको यस
शिलालेखलाई मेशा
शिलालेख
वा मोआबी पत्थर
नाउँ दिइएको छ
। यो ठाउँ
हाल मध्यपूर्वी मुलुक
जोर्डनमा पर्छ ।
मिसनरी एफ. ए.
क्लिनद्वारा फेला पारिएको
यस ऐतिहासिक पत्थरलाई
हाल फ्रान्सको पेरिसस्थित
लुभ्रे
सङ्ग्रहालयमा राखिएको
छ । यस
पत्थरको लमाइ ३
फिट ९ इन्च,
चौडाइ २ फिट
४ इन्च र
मोटाइ १ फिट
२ इन्च रहेको
छ । जोर्डनमा
फेला पारिएको यो
सबैभन्दा लामो ऐतिहासिक
शिलालेख हो ।
मोआबका
राजा मेशाद्वारा नवौँ
शताब्दीको मध्यतिर रचना गरिएको
यस शिलालेखले इस्राएलका
राजाहरूको क्षेत्रमाथि तिनले प्राप्त
गरेको विजयलाई अभिलेख
गर्छ ।
बाइबलको
ऐतिहासिकतासित यस महत्त्वपूर्ण
खोजको के सम्बन्ध
रहेको छ ? यो
सबैभन्दा विस्तृत शिलालेख हो
जसले इस्राएलको राज्य
(ओम्रीको घराना) को उल्लेख
गर्छ । इस्राएलका
परमेश्वर “यहोवे” को उल्लेख
गर्ने बाइबलबाहिरको यो
नै पहिलो सुनिश्चित
खोज हो ।
यस पत्थरमा “दाऊदको
घराना” (अर्थात् यहूदाका राज्य)
को पनि उल्लेख
गरिएको छ ।
थप रूपमा, मेशा शिलालेखले हामीलाई
नवौँ शताब्दी ख्रीष्टपूर्वको
राजनीतिकसाथै सैनिक परिस्थितिबारे जानकारी
दिन्छ (२ राजा
१–३ अध्यायहरू);
वरिपरिका भौगोलिक नाउँहरू (मोआब,
इस्राएल, दीबोन, अर्नोन, अरोएर)
को उल्लेख गर्छ
र बाइबल धर्मशास्त्रमा
उल्लिखित व्यक्तिवाचक नाउँहरू (यहोवे,
मेशा, ओम्री, ओम्रीका
छोरा [आहाब], दाऊद) लाई
पनि प्रस्तुत गर्दछ
।